प्रथम राष्ट्रिय ड्रागन बोट रेसको उपाधि वाटर स्पोर्ट्स नेपाललाई ।

-


     तुलसी राम सुवेदी    
     चैत्र १२ गते २०८० मा प्रकाशित


१२ चैत्र पोखरा ।
यहि चैत्र ११ र १२ गते लेखनाथको बेगनासतालमा सञ्चालित प्रथम राष्ट्रिय ड्रागन बोट रेसको उपाधी वाटर स्पोर्ट्स नेपालले हात पारेको छ । ५ सय मिटर तर्फको प्रतिष्प्रर्धामा १ मिनेट ५७ सेकेण्डमा निर्धारित दुरी पार गर्दै वाटर स्पोर्ट्स नेपालले प्रथम स्थान हासिल गर्न सफल भएको हो । प्रतियोगितामा नेपाल र्याफ्टिङ एजेन्सी एसोसिएसन (नारा) द्वित्तीय, विभागीय टिम नेपाली सेना तृतीय र बेगनासताल डुंगा व्यवसायी समितिको समूह सान्त्वना भएको छ ।

त्यसैगरि २ सय मिटरतर्फको ड्रागन बोट रेसको उपाधी नेपाल ¥याफ्टिङ एजेन्सी एसोसिएसन (नारा) ले हात पार्न सफल भए । त्यसै गरि वाटर स्पोर्ट्स नेपाल द्वितीय, हर्पन फेवा मत्स्य सहकारीको जलारी समूह तृतीय,र खास्टे न्युरेनी मत्स्य सहकारीको समूहले सान्त्वना स्थान हासिल गरेको छ ।यस्तै महिलाहरुतर्फ ५ सय मिटरको प्रतिष्प्रर्धामा बेगनासताल डुंगा व्यवसायी समितिको समूह प्रथम हुन सफल भएको छ भने बेगनासताल मत्स्य व्यवसायी समितिको समूह द्वित्तीय र जलारी दिदी बहिनी समुह, फेवा तृतीय भएको छ ।
महिलाहरुतर्फकै २ सय मिटरको प्रतिष्पर्धामा बेगनासताल मत्स्य व्यवसायी समितिको समूह प्रथम हुन सफल भएको छ भने बेगनासताल डुंगा व्यवसायी समितिको समूह द्वित्तीय र जलारी दिदी बहिनी समुह, फेवा तृतीय भएको छ ।
प्रतियोगितामा पाँच सय मिटरमा प्रथम हुनेले २ लाख, द्धितिय हुनेले १ लाख ५० हजार र तृतिय हुनेलाई ७५ हजार र २ सय मिटरमा प्रथम हुनेलाई १ लाख द्धितियलाई ५० हजार र तृतियलार्ई रु. २५ हजार पुरस्कार प्रदान गरिनेछ ।

पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्डको आयोजना र होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथ र ड्रागन बोर्ड एशोसियसन गण्डकी प्रदेशको सह आयोजनामा आइतबारबाट शुरु भएको प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले उद्घाटन गरेका थिए ।