पोखरा पर्यटकीय राजधानी घोषणा ।

-


     तुलसी राम सुवेदी    
     चैत्र ४ गते २०८० मा प्रकाशित


४ चैत्र , पोखरा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरे । प्रधानमन्त्री ‘प्रचण्ड’ले सभालाई सम्बोधन गर्नु पुर्व पर्यटन राजधानीको लोगो सार्वजनिक तथा स्मृती स्तम्भको अनावरण गरेका थिए ।
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न पोखरामा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत सहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।
साथै पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकता पूर्वक आवश्यक सहयोग, र सहकार्य गर्ने समेत उनले आश्वासन दिए ।
‘पोखराको विकास निर्माणमा विद्यमान तथा सम्भावित समस्या समाधानका लागि समेत यथोचित पहल तथा समन्वय गरिने बताउदै प्रधानमन्त्री प्रचण्डले भने पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट आवश्यक साझेदारी र सहयोग प्राप्त गर्न तथा निजी क्षेत्रका लगानीकर्ताहरूबाट आकर्षित गर्न सरकारले आवश्यक पहल गर्ने बताए ।
उनले आगामी महिना आयोजन गर्न लागिएको लगानी सम्मेलनले समेत यस कार्यमा महत्वपूर्ण सहयोग पु¥याउने विश्वास व्यक्त गरे।