पर्यटन

‘लेक टु लेक साइकल ट्र्याक’ को गुरुयोजनाका लागि छलफल

कार्तिक २९ पोखरापोखरा महानगरपालिकाभित्रका तालहरुलाई जोड्ने गरी निर्माण गर्न लागिएको ‘लेक टु लेक साइकल ट्र्याक’को गुरुयोजनाका लागि छलफल गरिएको छ । विकास साझेदार एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने उक्त ट्र्याकको रुटका विषयमा सरोकारवालासँग छलफल गरिएको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ८५ किमी लम्बाइको लेक टु लेक जोड्ने साइकल ट्र्याक पोखराका लागि महत्त्वपूर्ण पर्यटकीय पूर्वाधार बन्ने विश्वास व्यक्त गरे । उनले भने, ‘यसले संसार भरीका साइकल प्रेमीलाई पोखरामा आकर्षण गर्नेछ, पर्यटकलाई हिमाल हेर्दै तालको किनारमा गरिने साइक्लिङको… पुरा पढौ

फ्रान्सका राजदूत र पोखरा महानगर प्रमुखबीच भेटवार्ता

कार्तिक २९ पोखरानेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्टेभाल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबीच भेटवार्ता भएको छ । पहिलो पटक पोखरा आएकी राजदूत कार्टेभाल र नगरप्रमुख आचार्यबीच दुईपक्षीय हितका विषयमा छलफल भएको हो । अन्नपूर्ण हिमाल आरोहणको ७५औँ वर्षका अवसरमा पोखरामा विशेष कार्यक्रम आयोजना गर्ने सन्दर्भमा छलफल केन्द्रित भएको नगर प्रमुख आचार्यले बताए ।उनका अनुसार भेटमा राजदूत कोर्टेभालले सन् २०२५ मा हिमाल आरोहणको ७५औँ वर्षगाँठमा पोखरामा विशेष कार्यक्रम आयोजना गर्ने फ्रान्सेली सरकारको चाहाना रहेको बताएकी थिइन् ।फ्रान्सेली नागरिक मौरिस हर्जोगले… पुरा पढौ

आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द

२०८१ कार्तिक २३ पोखरा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए)आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो ।प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ । यी काम पूरा गर्न रु १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ । स्तरोन्नतिका क्रममा राति १०ः०० देखि बिहान ८ः००… पुरा पढौ

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ, १९ कात्तिक । प्रतिकूल मौसमले मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा काठमाडौँबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार लुक्ला गन्तव्यमा बाक्लो तुवालोका कारण हवाई उडान हुन सकेको छैन । “मौसममा आएको खराबीका कारण दुर्गम क्षेत्रको उडान प्रभावित भएको छ । सुगम क्षेत्रका विमानस्थलको उडान नियमित रूपमा सञ्चालन भइरहेको छ”, उनले भने ।काठमाडौँ विमानस्थलमा आन्तरिकतर्फ इन्स्ट्रयुमेन्ट फ्लाइट रुल्स (आइएफआर) उडान मात्र भइरहेको… पुरा पढौ

पोखराको भाइटीका महोत्सवमा, १२ देशका ५६ पर्यटकले लगाए भाइटीका

कार्तिक १८पोखरातिहारका अवसरमा होटल संघ पोखरा नेपालले आइतबार पोखराको लेकसाइडमा आयोजना गरेको १७ औँ भाइटीका महोत्सवमा १२ देशका ५६ पर्यटकले सहभागिता जनाएका छन् ।पर्यटकको उल्लेख्य उपस्थितिका कारण तीन चरण गरेर उनीहरुलाई टीका लगाइएको थियो । नेपाली संस्कृति संरक्षण गर्दै पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजक संघका अध्यक्ष एवं महोत्सव संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । होटल ल्याण्डमार्कमा भएको महोत्सवका सहभागी पर्यटकलाई रेन्वो चिल्ड्रन होम नेपालका विद्यार्थीले टीका लगाइदिएका थिए ।सप्तरंगी टीका ग्रहण गरेका पर्यटकलाई विद्यार्थीले ढाका टोपी लगाइदिए… पुरा पढौ

अन्नपूर्ण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक

कार्तिक १५ , पोखराम्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्मा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा हालसम्मकै धेरै पर्यटकले भ्रमण गरेका छन् । दसैँ तिहारको बिदाको समयलाई सदुपयोग गर्दै आन्तरिक पर्यटक अन्नपूर्ण हिमाल आधार शिविरमा पुगेका हुन् । यहाँ पुग्ने पदमार्गको पहिचान भएको १३ वर्षको अवधिमा यसपटक धेरै पर्यटक आएको पदमार्गका अभियन्ता तेज गुरुङले जनाए ।उनका अनुसार दसैँपछि अहिलेसम्म करिब तीन हजार पर्यटकले अन्नपूर्ण आधार शिविरको भ्रमण गरेका छन् । यो सिजनमा आन्तरिक सँगसँगै विदेशी पर्यटकसमेत उल्लेख्य मात्रामा आधार शिविरमा पुगेको गुरुङले जानकारी… पुरा पढौ

जलवायुको असरबारे ध्यानाकर्षण गर्न कालापत्थरमा पत्रकार सम्मेलन

२०८१ कार्तिक १२ गते लुक्ला (सोलुखुम्बु),‘दिगो पर्यटनका लागि हिमाल बचाऔँ’ नाराका साथ पहिलो संस्करणको ‘एभरेष्ट टुरिजम अवार्ड, २०२४’ आयोजना हुने भएको छ । आज सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको कालापत्थर (५,६५३ मिटर उचाइ)मा आयोजित पत्रकार सम्मेलनमा आयोजक एएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्ट प्रालिका अध्यक्ष सत्यकला तामाङ लामाले अवार्ड कार्यक्रम आगामी डिसेम्बरमा काठमाडौँमा हुने जानकारी दिए ।मुलुकको पर्यटन क्षेत्रको विकास, प्रचारप्रसार तथा प्रवर्द्धनमा उल्लेख्य योगदान पु¥याउने राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय क्षेत्रका विभिन्न व्यक्ति तथा संस्थालाई मूल्याङ्कनका आधारमा सम्मान तथा अवार्ड वितरण गरिने उनले… पुरा पढौ

पोखरामा दिनदिनै हावाहुरीसहित बर्षा, फेवातालको बीचमा फसेका सात जनाको उद्दार

कार्तिक २ पोखरापोखरामा आज पनि हावाहुरीसहित वर्षा भएको छ । जसका कारण फेवातालको बीचमा फसेका सात जनाको उद्दार गरिएको छ । सशस्त्र प्रहरी बल कालिका गणबाट खटिएको रेस्क्यु टिमले उनीहरुको सकुशल उद्दार गरेको हो । गणपति एसपी अरुणकुमार शर्माका अनुसार हवाहुरीसँगै पानीको छाल आउँदा तीन वटा डुंगामा सवार सात जना फेवातालको बीचमा फसेका थिए ।भरतपुरका २८ वर्षीय रिजन श्रेष्ठ, काठमाडौँकी ३१ वर्षीया अर्चना भट्टराई, ललितपुरका २२ वर्षीय समीर शेर्पा, १९ वर्षीय सफल थापा मगर, २२ वर्षीय आयुष थापा मगर, ३०… पुरा पढौ

पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्नका लागि पहल भइरहेको छ ः मन्त्री पाण्डे

आश्विन ८ पोखरासंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्नका लागि पहल भइरहेको बताएका छन् । यसका लागि आफूले भारत र चीन सरकारका अधिकारीसँग कुरा गरेको र नेपाल सरकारको विभिन्न तहबाट पनि यो बिषयलाई उच्च प्राथमिकतामा राखेर पहल भइरहेको मन्त्री पाण्डेले स्पष्ट पारे । नेपाली कांग्रेस गण्डकी प्रदेश र्कासमितिले पोखरामा आयोजना गरेको भेटघाट कार्यक्रममा उनले नेपालमा विमानस्थलको संख्या धेरै तर विमान कम भएको भन्दै ती विमान उड्ने नेपाली आकाशसमेत सुरक्षित नभएको सन्देश प्रवाह हुँदा पर्यटकको आगमन बढ्न… पुरा पढौ

उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो

असोज ४ पोखरा “उपल्लो मुस्ताङ पर्यटकका लागि ‘भर्जिन एरिया’ मानिन्छ । यहाँ भएका पर्यटकीय गन्तव्यको पहिचान, पूर्वाधार निर्माण र प्रवर्द्धन भएसँगै करोडौँ लगानीमा सुविधायुक्त होटल सञ्चालन भए तर “अर्धनिषेधित क्षेत्र कायम राखि भएपछि झञ्झटिलो प्रक्रिया पूरा गरी महँगो शूल्क तिर्नुपर्ने भएपछि पर्यटक चाहेर पनि उपल्लो मुस्ताङ आउन नसक्दा व्यवसायी पलायन हुनुपर्ने बाध्यता आएको ब्यवसायीहरु बताउछन ।कलात्मक पहाड, उजाड मरुभूमिजस्तै भूगोल, माटोले बनाइएका घर, हिमाली जीवनशैली, पुरानो तिब्बती संस्कृति, ऐतिहासिक महत्त्वका दरबार, गुम्बा, छोर्तेन, कोरलानाका उपल्लो मुस्ताङका आकर्षण हुन् । बौद्ध… पुरा पढौ