पोखरामा दिनदिनै हावाहुरीसहित बर्षा, फेवातालको बीचमा फसेका सात जनाको उद्दार

-


     केन्द्रीय आवाज    
     कार्तिक २ गते २०८१ मा प्रकाशित


s'lx/f]sf afah'b 8'Ëf ;o/ ub}{ ko{6s kf]v/f, @& kf]v/f M kf]v/fsf] km]jftfndf s'lx/f]n] 9sdSs 9flsPsf] ;do 8'Ëf ;o/ ub}{ cfGtl/s ko{6s . t:jL/ M /flwsf sF8]n÷/f;;

कार्तिक २ पोखरा
पोखरामा आज पनि हावाहुरीसहित वर्षा भएको छ । जसका कारण फेवातालको बीचमा फसेका सात जनाको उद्दार गरिएको छ । सशस्त्र प्रहरी बल कालिका गणबाट खटिएको रेस्क्यु टिमले उनीहरुको सकुशल उद्दार गरेको हो । गणपति एसपी अरुणकुमार शर्माका अनुसार हवाहुरीसँगै पानीको छाल आउँदा तीन वटा डुंगामा सवार सात जना फेवातालको बीचमा फसेका थिए ।
भरतपुरका २८ वर्षीय रिजन श्रेष्ठ, काठमाडौँकी ३१ वर्षीया अर्चना भट्टराई, ललितपुरका २२ वर्षीय समीर शेर्पा, १९ वर्षीय सफल थापा मगर, २२ वर्षीय आयुष थापा मगर, ३० वर्षीय कृष्ण सुनार र २२ वर्षीय प्रशान्त लामाको उद्वार गरिएको एसपी शर्माले बताए । बिहीबार पनि हावाहुरीकै कारण फेवातालमा फसेका दुई जनाको उद्दार गरिएको थियो ।