शिक्षा

पोखरा विश्वविद्यालयका साढे सात हजार विद्यार्थी दीक्षित ।

लेखनाथ, ८ फागुन ।पोखरा विश्वविद्यालयको १९ औँ दीक्षान्त समारोहमा विभिन्न तह र सङ्कायका गरी ७ हजार ६ सय ५१ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालय परिसर पोखरा–३० खुदी, ढुङ्गेपाटनमा विश्विद्यालयका सहकुलपति एवम् शिक्षामन्त्री अशोक राईको उपस्थितिमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष समेत रहेका प्रा.डा. भगवान् कोइरालाको प्रमुख आतिथ्यतामा मङ्लबार दीक्षान्त समारोह सम्पन्न भएको हो । समारोहमा वरिष्ठ मुटु शल्य चिकित्सक, समाजसेवी प्राडा भगवान् कोइरालाले नेपालको दोस्रो विश्वविद्यालय पोखरा विश्वविद्यालयको गुणस्तरलाई अझ बढाउन एकीकृत प्रयास आवश्यक हुने उल्लेख गरेका छन । उनले… पुरा पढौ

प्रदेश सरकारबाट प्राप्त गरेको सबै तलब भत्ता सामाजिक कार्यमा — विन्दुकुमार थापा

२७ माघ, पोखरा ।गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले प्रदेश सरकारबाट प्राप्त गरेको सबै तलब भत्ता सामाजिक कार्यमा खर्च गरेको बताएका छन् ।शनिबार पोखरामा पत्रकार सम्मेलनमार्फत आफ्नो एक वर्षे आम्दानी सार्वजनिक गर्दै सबै तलब सामाजिक कार्यमा खर्च गरेको बताएका हुन् ।सांसद थापाले आफुले एक वर्षमा ८ लाख ९६ हजार रुपैयाँ पारिश्रमिक पाएको र विभिन्न शीर्षकमा गरी ११ लाख १२ हजार रुपैयाँ सामाजिक काममा खर्चिएको बताए ।उनले आफ्नोअघिल्लो कार्यकालमा पनि सबै पारिश्रमिक सामाजिक कार्यमा खर्च गरेको बताए ।गण्डकी प्रदेश सरकारको पूर्वकानुन,… पुरा पढौ

स्याड.जा टक्सार सुवेदी समाज नेपालको साधारण सभा ज्येष्ठ सदस्यलाई सम्मान गर्दै सम्पन्न ।

२७ माघ, कास्कीपुतलीबजार ६ टक्सार स्याड.जा जन्मस्थान तथा पुरख्यौली घर हुने नेपालभर छरिएर रहेका सुवेदीहरुको संस्था स्याड.जा टक्सार सुवेदी समाज नेपालले आफ्ना ज्येष्ठ सदस्यलाई सम्मान गर्दे संस्थाको छैटौें साधारण सभा सम्पन्न गरयो । कार्यक्रममा प्रमुख अतिथि सुवेदी कल्याण प्रतिष्ठान(सुकल्प) नेपालका कुलाधीपती देवी प्रसाद सुवेदीले सुवेदी बन्धुहरुको आत्मीयता र भावनात्मक सम्बन्ध गाढा बनाउन संस्थाको उद्धेश्य अनुरुप समाजका ज्येष्ठ सदस्यहरुको सम्मान सहित उच्च शिक्षा हासिल गर्ने संस्थाका सदस्यहरुको कदर गर्दै गरिएको सम्मान कार्यक्रमले आफु निकै प्रवावित रहेको बताए ।कार्यक्रममा ७० बर्ष माथिका… पुरा पढौ

पोखराका फोटोग्राफर हरुले भिडियो ईडिटिङ तालिम लिए !

२८ पौष,पोखरा पोखरा फोटोग्राफर सघ पोखराको आयोजनामा दुई दिने भिडियो ईडिटिङ तालिम सम्पन्न भयो ! तालिममा पोखरा, म्याग्दी लगायतका फोटोग्राफरहरु को सहभागिता रहेको थियो ! दुई दिने भिडियो ईडिटिङ तालिमको समापनका क्रममा तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका आर्थिक बिकास महाशाखा प्रमुख मनोहर कडरियाले प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रमलाई सम्वोधन गर्दै कडरियाले ब्यवसायीहरुले तालिममा सिकेका कुरालाई ब्यवहारमा उतार्नु पर्ने बताउदै यस किसिमका ब्यवसायीक प्रर्वद्धनका कार्यक्रमहरुमा महानगरले सधै साथ दिने बताए । पोखरा फोटोग्राफर सघ ले हरेक बर्ष… पुरा पढौ

यसपालिको एसईई वैशाख ९ बाट

माध्यमिक शिक्षा परीक्षा एसईई वैशाख ९ गतेदेखि गर्ने निर्णय भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालनको निर्णय गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको बताए । स्थानीय तहको चुनावलाई ध्यान दिँदै वैशाख ९ गतेदेखि परीक्षा गर्न लागेको बोर्डले जनाएको छ । पछि कर्मचारीहरू निर्वाचनमा खटिने भएकाले परीक्षा प्रभावित हुनसक्ने भन्दै उनले वैशाख ९ बाट परीक्षा सञ्चालन… पुरा पढौ

एमसिसि चुनाव पछि पास गर्ने गठबन्धनकाे तयारी- शिक्षा मन्त्री देवेन्द्र पाैडेल

एमसिसि चुनाव र गठबन्धनका काे साइनाे नभएको तर गठबन्धन र एमसिसि बिच भने सम्बन्ध रहेको हुदा यथास्थितिमा एमसिसि पास नहुने शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पाैडेलले बताए । नेपाल प्रेस सेन्टर बागलुङले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा माआ‌ेवादी नेता समेत रहेका शिक्षा मन्त्री पाैडेलले एमसिसि बारे राजनीतिकदलमा दुईवटा धारणा रहेकोसंसद नचलिरहेकाे समयमा एमसिसि बारे केही समय माग गरि चुनाव पछि पारित गर्ने बताए । अब हुने चुनाव पछि एमसिसि बारे विबाद भइसकेपछि संसदमा रहेका सबै राजनीति दलको राष्ट्रिय सहमतिमा… पुरा पढौ

विद्यालय पुनः निर्माणका लागि एक अर्ब ३३ करोड अपुग

विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ३१ जिल्लाका सामुदायिक विद्यालय पुनःनिर्माण गर्न एक अर्ब ३३ करोड ६० लाख रकम अपुग हुने भएको छ । गत आर्थिक वर्षमा सम्झौता भएर सम्पन्न हुने प्रक्रियामा रहेका पुनःनिर्माणका लागि रकम अपुग भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका अधिकारीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई आज ब्रिफिङ गरेका छन् । मन्त्री पौडेललाई बुझाइएको विवरण अनुसार हालसम्म विद्यालय व्यवस्थापन समितिमार्फत पाँच हजार ५६४, निर्माण व्यवसायीमार्फत ३७७, गैरसरकारी संस्थाबाट ७०३ गरी छ हजार ६४७ विद्यालय पुनःनिर्माण भएका छन् । विद्यालय व्यवस्थापन… पुरा पढौ

सीटीईभीटीलाई गाउँ–गाउँमा लैजानुपर्छ : शिक्षा मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्​ (सीटीईभीटी)लाई विकट ठाउँमा लैजानुपर्ने बताएका छन् । मंगलबार सीटीईभीटी कार्यरत कर्मचारीसँगको छलफलमा मन्त्री पौडेलले प्राविधिक शिक्षातर्फ नागरिकको पहुँच विस्तार गर्न सीटीईभीटीलाई गाउँ गाउँमा लैजानुपर्ने बताए । उनले भने, ‘सीटीईभीटी भनेको शिक्षा मन्त्रालय मातहतको हो । जहाँ गरिबी छ त्यहाँ लगेर रोजगारमुलक दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक छ ।’ उनले यस कार्यमा मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । आंशिक रुपमा उत्पादनसँग जोडिएकाले प्राविधिक शिक्षालाई जनतासँग जोड्नुपर्ने उनको… पुरा पढौ

शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रियामा लैजाने कार्य सुरु

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव, सहसचिव, शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक र शिक्षकसेवा आयोगका पदाधिकारीहरुसँग मंगलबार मन्त्रालयमा भएको छलफलमा शिक्षामन्त्री पौडेलले आयोग नियमावली संशोधन प्रक्रियामा लैजान निर्देशन दिएका हुन्। आयोगमा पदाधिकारी नियुक्त भएसँगै वार्षिक कार्यतालिका बनाए पनि नियमावली संशोधन नहुँदा आयोगको वार्षिक कार्यतालिका नै प्रभावित भएको छ। त्यसैले नियमावली संशोधन गर्न मन्त्रीले चासो देखाएका हुन्। शिक्षामन्त्री पौडेलले आयोगको गतिविधि अघि बढाउन… पुरा पढौ

अखिल(क्रान्तिकारी)मा नयाँ कमिटी

खिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलनले प्रकाश शाहीलाई अध्यक्ष निर्वाचित गरेको छ । सम्मेलनले वैज्ञानिक समाजवादी शिक्षाका लागि संघर्ष गर्ने निर्णयसमेत गरेको छ । शनिबार सकिएको सम्मेलनले २० भन्दा बढी महिलासहित १ सय ५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । नवनिर्वाचित केन्द्रीय समितिमा उपाध्यक्ष नरेन्द्र विक, महासचिव मिलन राई, सचिव वीरेन्द्र शाह र कोषाध्यक्ष रूपा बुढामगर छन् । समितिमा महिलाबाट कलसा शाही, करिश्मा भट्टराई, रूपासिंह ठकुरी, छायाँ सापकोटा, यशोदा बम, सुषमा चौधरी, कला अधिकारी, सपना मगर, कपिला अधिकारी,… पुरा पढौ