पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनी नागरिक पक्राउ

-


     केन्द्रीय आवाज    
     मंसिर १२ गते २०८१ मा प्रकाशित


मंसिर १२ पोखरा
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट संरक्षित वन्यजन्तु घोरलको सिंङसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा युक्रेनी नागरिक २१ वर्षीय पीलीप जील्को भीस्की रहेका छन् ।
विमानस्थलको आन्तरिक प्रस्थान गेटको एक्सरे मेसिनमा चेकजाँचको क्रममा भीस्कीको झोलामा घोरलको सिंङ फेला परेको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
विमानस्थलमा सुरक्षार्थ खटिएको प्रहरीले जानकारी गराएपछि वडा प्रहरी कार्यालय रामबजारबाट अनुसन्धान अधिकृतसहितको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
उनलाई आवश्यक कारवाहीका लागि पोखरा–१५ नयाँगाउँस्थिते अन्नपूर्ण संरक्षण क्षेत्रको कार्यालयमा पठाइएको डीएसपी शर्माले जानकारी दिए ।