बालाचतुर्दशी पर्वका अवसरमा आज शतबीज छरिँदैछ , पञ्चासेमा सत्बिज छर्नेको भिड ।

-


     तुलसी राम सुवेदी    
     मंसिर १५ गते २०८१ मा प्रकाशित


पञ्चासे

तुलसी राम सुवेदी
१५ मंसिर, कास्की

आज मार्गशीर्षकृष्ण चतुर्दशी अर्थात बालाचतुर्दशी पर्वका अवसरमा आज बिहान देखि नै कास्कीका पञ्चासे, भलाम, घार्मी, आर्वाबिजय , रामघाट, केदारेश्वर , गुप्तेश्वर लगायत शिवालय मन्दिरमा शतबीज छर्नेको घुइँचो लागेको छ ।
यसैगरी काठमाडौँको पशुपतिनाथ मन्दिर, वाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध, बहिरो गणेश, विश्वरुप, मृगस्थली हुँदै भागलभुगल महादेव नजिकै पुगेर शतबीज छर्ने काम समापन गरिने छ ।


यसैगरी कास्की, स्याङ्जा र पर्वतको संगमस्थल पर्यटकीय स्थान साथै धार्मिक, जैविक विविधता, साँस्कृतिक र प्राकृतिक दृष्टिले महत्वपूर्ण स्थानका रुपमा परिचित स्थान पञ्चासे मा मेला सहित कास्की लगायत वरपरका जिल्लाबाट आएका हजारौं भक्तजनहरुको उपस्थिती ले सद्वीज छर्ने श्रद्धालु भक्तजनहरुको घुईचो हुने गर्दछ ।
रातभर बत्ती बालेर बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छर्दछन् ।

समुन्दी सतहबाट २ हजार ५ सय १७ मिटर उचाईमा रहेको यस स्थानमा पुग्नका लागि पोखराबाट भञ्ज्याङ्सम्म गाडीको यात्रापछि करिव डेढ घण्टामा पञ्चासेडाँडाँमा पुग्न सकिन्छ । ७५२५ हेक्टर क्षेत्रफल जंगल र कास्की, स्याङ्जा र पर्वत गरी तीन जिल्लाको संगम बनेर रहेको पञ्चासे पहाडी शितलता, पर्यावरणीय सौन्दर्यात्मक परिदृश्य र मनमोहक हिमालहरुको सुन्दर दृश्यावलोकन यहाँका मूल बिशेषता नै हुन् ।


पर्वतको चित्रे बाट पनि यो स्थानमा आउनका लागि सजिलो पैदल मार्ग रहेको छ । पछिल्लो समयमा पञ्चासे क्षेत्रको मनोरम दृष्य अवलोकनका लागि आन्तरिक तथा बाह्रय पर्यटकहरुको आगमन समेत बढ्दै गएको छ ।

यस ठाउँबाट मनोरम पहाडी दृश्यावलोकन, हिमश्रृंखलाहरुको अवलोकन , थरी थरीका लाली गुरांस , सुनाखरी फुल,बिभिन्न जडीबटीहरुको अवलोकनका साथै स्थानीय संस्कृतिमा रम्न मन पराउने पर्यटकहरु बढिमात्रामा पुग्ने गरेको पाईन्छ । नेपालमा सबैभन्दा बढी प्रजातीका सुनाखरी पाईने स्थानका रुपमा यो स्थान प्रख्यात रहेको छ ।
यो स्थानमा आन्तरिक तथा बाह्य पर्यटक आउनका लागि पोखरा बाट नजिक रहेकोले पनि पर्यटकको गन्तब्य बनाउनु पर्ने कुरा आगन्तुकहरु बताउछन ।

यहाँ सिद्धबराह मन्दिर, ताल लगायतका परम्परागत धार्मिक स्थलहरु छन् । जंगलकोबीचमा रहेको पञ्चासे तालमा कुनै पनि पतझर देख्न पाइदैन । तालमा पात खसेमा चराचुरुङ्गीहरुले फाल्छन भन्ने जनविश्वास रहेको छ ।
पंचासे क्षेत्रको उच्च स्थानमा परम्परादेखि नै सिद्धबाबाको पुजा गर्ने चलन रहेको छ ।
प्राकृतीक सम्पदाले भरपुर्ण यो ठाउमा परापुवकालमा ऋषिमुनीहरुले आएर तपस्या गरेका कुटीहरुका भग्नावशेषहरु समेत रहेको देख्न सकिन्छ भने कहिल्यै पानी नसुक्ने कुवा , कहिल्यै फोहोर नहुने पोखरी यहांका बिशेषता हुन ।

अहिले यस क्षेत्रमा हेलीकेप्टर अवतरणका लागि हेलिप्याडको समेत निमार्ण गरिएको छ । यस स्थानको ताल देखि सिद्धबराह मन्दिर सम्मको पैदल मार्गको दुवै भागमा आफना पिर्तीहरुको मृतआत्माको शान्तिको लागि हिन्दुधर्मालम्वीहरुले सत्बिजका रुपमा अन्न छर्ने प्रचलन रहेको पाईन्छ । साथै यहा आएर सदबिज छरी सिद्धबाबाको दर्शन गर्नाले आफनो मनोकांछा पुराहुने जन विश्वास रहेको पाईन्छ ।

धार्मिक, साँस्कृतिक, जैविक विविधता, र प्राकृतिक तथा पर्यटकीय दृष्टिकोवाट पनि महत्वपूर्ण ठाउ रहेको हुंदा यो ठाउमा आउन आगन्तुकहरुको संख्या बढीरहेकोछ