
मंसिर १५ पोखरा
जापान सरकारको अनुदान सहयोगमा निर्माण सम्पन्न भएको पोखरा खानेपानी सुधार आयोजना नेपाल–जापानले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) की प्रतिनिधि तानाको तोमोले नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवलाई आयोजना हस्तान्तरण गरेका हुन् ।
परियोजनाका लागि जाइकाले चार अर्ब ८१ करोड ३० लाख रुपैयाँ जापानी येन अनुदान सहायता प्रदान गरेको थियो ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायत २५ जना व्यक्ति तथा संस्थालाई आयोजना निर्माणका क्रममा पु¥याएको योगदानको कदर गर्दै सम्मान समेत गरिएको छ ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को अनुदान सहयोगमा उक्त आयोजना निर्माण गरिएको हो ।
आयोजनाबाट पोखरा महानगरपालिका क्षेत्रभित्रको करिब तीन लाख ५० हजार जनसङ्ख्या प्रत्यक्ष लाभान्वित हुने जनाईएको छ । पुरुञ्चौरमा निर्माण गरिएको ट्रिटमेन्ट प्लान्टमा शुद्धीकरण गरिएको पानी वितरणका लागि २० इन्चका चार वटा पाइपबाट पोखरासम्म ल्याइएको छ । २० लाख लिटर क्षमताका तीन वटा ट्याङ्की निर्माण गरिएको छ । आयोजनाले पोखरामा चार करोड ५० लाख लिटर पानी उपलब्ध गराउने छ । पोखरामा पानी वितरणका लागि एक सय ११ किलोमिटर क्षेत्रमा पाइपलाइन विस्तार गरिएको छ ।
एक हजार थान पानीका मिटर, छ हजार धाराका पाइपसमेत जडान गरिएको छ ।




