दिल्लीबाट पोखरा विमानस्थलमा पहिलो चार्टर्ड उडान हुँदै

-


     केन्द्रीय आवाज    
     मंसिर १३ गते २०८१ मा प्रकाशित


१३ मंसिर पोखरा
सञ्चालन भएको करिब २ वर्षमा छिमेकी देश भारतबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक आज चार्टर्ड उडान हुँदैछ । पोखरा विमानस्थलका सूचना अधिकारी जशोदा सुवेदीका अनुसार दिल्लीबाट आज जेल एयरको बिमान पोखरा आउन लागेको हो ।
पाइभेट सिंगल इन्जिन जेट बिमान आज साँझ ६ बजे पोखरा विमनस्थलमा अवतरणको तालिका छ । चार यात्रु लिएर आउने बिमान भोलि बिहान पोखराबाट बंगालादेशका लागि उडाउने सुवेदीले बताइन्। दुई वर्षको अवधिमा आजसहित ९ वटा अन्तर्राष्ट्रिय उडान हुने भएका छन् । आगामी डिसेम्बर २६ मा पनि चिनबाट चार्टर्ड उडान हुने भएको छ ।