हेम्जामा दुई दिने स्वास्थ शिविर सम्पन्न

-


     केन्द्रीय आवाज    
     पौष १३ गते २०८२ मा प्रकाशित


१३ पौष
नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की जिल्ला शाखा र रोटरी क्लब अफ पोखरा भ्याली को संयुक्त आयोजनामा दुइ दिने स्वास्थ शिविर सम्पन्न भयो ।
दुई दिन सम्म संचालित शिविरमा ३ सय जना भन्दा बढि विरामीले विशेषज्ञ सेवा लिएको जनाईएको छ ।
कार्यक्रमका प्रमुख अथिति पोखरा महानगरपालिका वडा नं २५ कार्यबाहक अध्यक्ष शुभाष भण्डारी रहेका थिए ।
संस्थाका अध्यक्ष दिपेन्द्र अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन संस्थाका सचिव विशाल आर्यलले गरेका थिए भने रोटरी क्लब अफ पोखरा भ्यालीका नोमिनी प्रेसिडेन्ट नविन बराल ले स्वागत गरेका थिए ।
कार्यक्रममा कार्यक्रम संयोजक महादेब अधिकारी, रोटरी क्लब अफ पोखरा भ्यालीका संस्थापक अध्यक्ष जनपुकार मुनाकमी लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
साथै कार्यक्रम समापनका क्रममा अम्बिका माबि हेम्जाका बिधालय ब्यवस्थापन समितिका सदस्य झलक राना र शिक्षक अविभावक संघका अध्यक्ष बोधराज अधिकारीलाई एक थानवजन नाप्ने मेसिन ,एक थान ब्लड प्रेसर नाप्ने डिजिटल मेसिन,तथा औषधी र प्राथमिक उपचार सामाग्री समेत हस्तान्तरण गरिएको थियो ।
शिबिरमा बिरामिले रक्तपरिक्षण मा निःशुल्क CBC Fasting Blood sugar, Urine running, TG, ECG video X – Ray , , विशेषज्ञ सेवा साथै औषधी उपलब्ध गराएको थियो ।