समाचार

सेतीमोदी सहकारीको पश्चिम नेपाल अवलोकन भ्रमण सम्पन्न ।

३ चैत्रव्यवसायिक र व्यबहारिक कठिनाइहरुलाइ सामुहिक रुपमा समाधान गर्ने उदेश्यले स्थापित पोखरा २ मिरुवा स्थित सेतीमोदी बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरुलाई पश्चिम नेपालका बिभिन्न स्थानहरुको अवलोकन भ्रमण सम्पन्न गर्यो ।सहकार्य , सहकारि शिक्षा सम्वन्धी अध्ययनका लागि विभिन्न ठाउँहरूमा पुग्नु र सहकारी कर्मीहरुको र सहकारीहरूको कार्य हेर्ने बुझ्ने र त्यो सिकाइलाई सहकारीमा लिएर आउने र कार्यान्वयन गर्ने उद्धेश्यले पश्चिम नेपालको अवलोकन भ्रमण आयोजना गरिएको सेतीमोदी बचत तथा ऋण सहकारी संस्थाका सचिव शिबराज अधिकारीले बताए । भ्रमण स्याङ्जा… पुरा पढौ

गीताञ्जली साहित्य परिवारको २५५ औ साधना प्रभात सम्पन्न, २२ साहित्यकारहरुले रचना बाचन गरे ।

३ चैत्र पोखरागीताञ्जली साहित्य परिवार पोखराको २५५ औं साधना प्रभात एवम नियमित रचना वाचन कार्यक्रम सम्पन्न भयोे ।पोखरा १० स्थित गितामन्दिर परिसरमा रहेको संस्थाको सभाकक्षमा साहित्यकारहरुले आआफ्नो रचना बाचन गरेका थिए ।कार्यक्रममा पोखराका २२ जना नवोदित बाल साहित्यकार देखि बरिष्ठ साहित्यकारहरुले आ–आफ्नो रचना प्रस्तुत गरेका थिए । साहित्यकारहरुले साहित्यीक कोशेली पस्कने थलोका रुपमा गीताञ्जली साहित्य परिवार रहेको र प्रत्येक महिनाको पहिलो सनिवार नियमित रुपमा कार्यक्रम आयोजना गर्ने गरिएको, कार्यक्रममा बाल, नवोदित साहित्यकार देखि बरिष्ठ साहित्यकारहरुको जमघटले थप साहित्यीक उर्जा मिल्ने… पुरा पढौ

सुनको मूल्यमा प्रतितोला आठ सयले बृद्धी ।

१ चैत्र पोखरानेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला आठ सय बढेर प्रतितोला एक लाख २५ हजार ८ सय कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २५ हजार थियो । त्यसैगरी तेजावी सुनको मूल्य पनि प्रतितोला ८ सयले वृद्धि भई प्रतितोला १ लाख २५ हजार २ सय कायम भएको छ । बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार चार… पुरा पढौ

सत्ता गठबन्धनमा समस्या परेपछि आफूहरु नयाँ गठबन्धनमा लागेको —एमाले अध्यक्ष केपी शर्मा ओली

काठमाडौँ, ३० फागुननेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो सत्ता गठबन्धनमा समस्या परेका कारण आफूहरु नयाँ गठबन्धन तर्फ लागेकोे बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विश्वासको मतको प्रस्तावप्रति समर्थन गर्दै अध्यक्ष ओलीले नेपाली कांग्रेससँगको सहयात्रा असहज भएपछि प्रधानमन्त्री दाहालको चाहना र आफूहरुको सहयोगमा सरकार पुनःगठन भएको बताए । सरकार पुनःगठन हुँदैमा अस्थिरता हुन्छ भनेर प्रचार गर्न आवश्यक नभएको जिकिर गर्दै उनले भने, “हाम्रो आवश्यकताका आधारमा सरकार परिवर्तन भएको हो । यो काम… पुरा पढौ

जिसस कास्की द्वारा बित्तिय सुशासनको नतिजा सार्बजनिक ।

कास्की पोखरा, ३० फागुनजिल्ला समन्वय समिति कास्कीले जिल्ला स्थित पालिकाहरूको आर्थिक बर्ष २०७९÷८०को बित्तिय सुशासन जोखिम मुल्यांकनको को नतिजा सार्बजनिक गरेको छ । सार्बजनिक नतिजा अनुसार बित्तिय सुशासनमा रुपा गाउँपालिकाले ६७ अंक प्राप्त गरेको छ ।त्यस्तै माछापुच्छ्रे गाउँपालिकाले ६४ .५ , अन्नपूर्णले ६२, मादिले ६०.५ र पोखरा महानगर पालिकाले ६० अंक प्राप्त गरेका छ्न । मंगलबार विशेष सार्बजनिकिकरण कार्यक्रमको आयोजना गरि उक्त नतिजा सार्बजनिक गरिएको जि .स .स. कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिनुभयो ।प्रमुख पौडेलले कास्कीका पालिकाहरू सबैले साठी… पुरा पढौ

छोरीको कलेजो दानले बाबुको जीवन लम्बियोे ।

फागुन २९ लेखनाथपोखरा ३० खुदीका ६४ वर्षीय वासुदेव लामिछानेलाई आफ्नी छोरीले दिएको कलेजोले जिवन लम्बिएको छ ।लामिछानेलाई विसं २०७५ तिर कलेजोमा समस्या देखियो । उनले करिव चार वर्ष औषधी खाएर रोग निको पार्ने प्रयास गरे पनि विस्तारै औषधीले काम गर्न छाड्यो । एक वर्ष देखि रोगले गाल्न थाले पछि लामिछानेको स्वास्थ्य अवस्था गम्भीर हुन पुगेको थियो । लामिछानेको कलेजो क्षतिग्रष्त भएर राम्रोसँग काम नगरेकाले चिकित्सकले अन्तिम चरणको उपचारका रुपमा कलेजो नै प्रत्यारोपण गर्नका लागि सुझाएका थिए ।देशभित्र सबै ठाउँमा कलेजो… पुरा पढौ

जेष्ठ सदस्यलाई सम्मान घरघर मै गर्दै, स्याड.जा टक्सार सुवेदी समाज नेपाल ।

२७ फाल्गुण, कास्की पुतलीबजार ६ टक्सार स्याड.जा जन्मस्थान तथा पुरख्यौली घर हुने सुवेदीहरुको संस्था स्याड.जा टक्सार सुवेदी समाज नेपालले आफ्ना ८० बर्ष माथिका जेष्ठ सदस्यलाई सम्मान गर्न घर दैलो मै पुगेको छ । संस्थाले जेष्ट नागरिक सम्मान कार्यक्रम अन्र्तगत आफ्नो छैटो साधारण सभामा ७० बर्ष माथिका जेष्ट सदस्यहरुलाई सम्मान गरिसकेको छ भने सो कार्यक्रममा उपस्थित हुन नसकेका ८० बर्ष माथिका जेष्ट सदस्य वा परिवारका सदस्यहरुलाई घर मै पुगेर सम्मान गर्ने संस्थाको उद्धेश्य अनुसार सो कार्यक्रम गरिएको संस्थाका अध्यक्ष तुलसी राम… पुरा पढौ

आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा पूजा, आराधना गर्दै मनाइयो ।

२५फाल्गुन पोखरा ।महाशिवरात्रि पर्व आज देशभरका शिवालय मन्दिरहरुमा पूजा, आराधना गर्दै मनाइयो ।प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाउने गरिन्छ । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको छ ।वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु आज बिहानै देखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई… पुरा पढौ

पोखरा महानगरद्वारा नोक्सानी व्यहोरेका कृषि फार्मलाई समर्थन मूल्य प्रदान

२४ फाल्गुण,कास्की ।पोखरा महानगरपालिकाले उत्पादन लागतमा नोक्सानी व्यहोरेका महानगरका १६ कृषि फार्मलाई न्यूनतम समर्थन मूल्य प्रदान गरेको छ ।पोखरामा बुधबार आयोजित कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले किसानलाई रकम हस्तान्तरण गरे । महानगरले ६० हजार चार सय ४१ केजी च्याउ, २५ हजार चार सय १७ केजी गोलभेँडा, ९ हजार पाँच सय २० केजी सिमी र २ सय ९१ केजी कोदो गरी ९५ हजार छ सय ६९ केजी कृषि उपजको रु २६ लाख ७९ हजार सात सय ६१ समर्थन मूल्य प्रदान गरेको… पुरा पढौ

धौलागिरि क्षेत्र पवित्र धार्मिक तपोभूमि ः अध्यक्ष ओली

फाल्गुन २३,बाग्लुङनेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले धौलागिरि क्षेत्र पवित्र धार्मिक तपोभूमि रहेको बताए ।धार्मिक तपोभूमिका रुपमा दामोदर कुण्डदेखि त्रिवेणी धामलाई समेटेर निर्माण भइरहेको पञ्चकोटले देशप्रतिको मायालाई प्रगाढ बनाउन मद्दत पुगेकोे उनले बताए । बागलुङ नगरपालिका–६ पञ्चकोटमा यही फागुन ९ गतेदेखि सञ्चालित अनन्तश्री ब्रह्माण्डीय महायज्ञको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पञ्चकोटले मानवीय भावनालाई पनि थप बलियो बनाएको बताए । “दामोदर कुण्ड, मुक्तिनाथ र त्रिवेणीधामलाई पवित्र कालीगण्डकीले जोडेको छ, यहाँको धार्मिक क्षेत्रको प्रसार गर्नका लागि… पुरा पढौ