१ चैत्र पोखरा
नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला आठ सय बढेर प्रतितोला एक लाख २५ हजार ८ सय कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २५ हजार थियो ।

त्यसैगरी तेजावी सुनको मूल्य पनि प्रतितोला ८ सयले वृद्धि भई प्रतितोला १ लाख २५ हजार २ सय कायम भएको छ । बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार चार सय थियो ।
चाँदीको पनि प्रतितोला ५० ले वृद्धि भई प्रतितोला १ हजार ५ सय १५ मा कारोबार भइरहेको महासघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावट सँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो ।




