समाचार

नेपाल परोपकार महासंघका संस्थापक अध्यक्ष गौतम पुरस्कृत ।

चैत्र ९ पोखरा ।राष्ट्रिय परोपकार महासंघ नेपालका संस्थापक अध्यक्ष भागवत् भाष्कर पं. कमलनयन गौतम पुरस्कृत भएका छन् । उनी एक लाख एक हजार रुपैयाँ राशिको शिक्षा पुरस्कारबाट पुरस्कृत भएका हुन् ।पोखरा महानगरपालिका वडा नं. ५ प्रस्याङस्थित हेरम्वप्रसाद–पार्वती कोइराला शिक्षा प्रतिष्ठान गौतमले पुरस्कृत गरेको हो ।सो अवसरमा बाराही मावि, धर्मस्थली आधारभूत विद्यालय र पोखरा चिसाखोला विद्धाश्रमका उत्कृष्ट ६ जना विद्यार्थीलाई जनही पाँच हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको छ ।कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा प्रेमनारायण अर्यालले संस्कृत शिक्षाको महत्व बढ्दै गइरहेको… पुरा पढौ

पोखराको पूरानो विमानस्थल भित्र मानवीय सहायतास्थल बनाउने तयारी ।

८ चैत्र पोखरा ।पोखराको पूरानो विमानस्थल भित्र भूकम्प, बाढी÷पहिरोलगायत प्राकृतिक विपद्का बेलामा खोज, उद्धार, आपत्कालीन राहत तथा पुनःस्थापना सहज बनाउन पोखरामा मानवीय सहायतास्थल निर्माण गरिने भएको छ ।पोखरा विमानस्थलभित्रको एक हजार पाँच सय वर्गमिटर क्षेत्रभित्र उक्त सहायतास्थल निर्माण अघि बढाइएको हो ।आपत्कालीन राहत र उद्धारका साथै विपद्को समयमा द्रुत तथा समन्वयात्मक प्रतिकार्यलाई यसले सहयोग पुर्याउने कार्यक्रमका परियोजना प्रमुख मोती थापाले बताए ।उनका अनुसार विश्व खाद्य कार्यक्रमले युरोपेली युनियनसँगको साझेदारीमा रू २ करोड लगानीमा निर्माण सुरु गरेको र सहायतास्थल आगामी चार… पुरा पढौ

चैतभित्र विद्यालयमा पुस्तक पु¥याउन केन्द्रलाई मन्त्रालयको निर्देशन

चैत ७ गते भक्तपुरशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई चैत मसान्तभित्र स्थानीय तहहरुमा विद्यालय तहको पाठ्यपुस्तक पु¥याउन निर्देशन दिएको छ । प्राय सधै जसो स्थानीय तहहरुमा विद्यालय तहका पाठ्यपुस्तक समयमा नपुग्दा बिधार्थीहरुले समस्या झेल्दै आईरहेका थिए । कक्षा ५ देखि १० सम्मको एक करोड ७५ लाख थान पुस्तक छपाइको जिम्मेवारी पाएको केन्द्रलाई मन्त्रालयले विसं २०८१ वैशाख २ गतेदेखि सुरु हुने नयाँ शैक्षिक सत्रका लागि विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्नेगरि व्यवस्था गर्न निर्देशन दिएको हो । कक्षा १… पुरा पढौ

पोखरा–मुग्लिन सडक विस्तार तिब्र, सडक छेउका दर्जनौ मठमन्दिर प्रभावित बन्दै ।

चैत्र ७ तनहुँपोखरा–मुग्लिन सडक विस्तार तिब्र रुपमा बढिरहेको छ भने सडक किनारका दर्जनौ मठमन्दिर सडक निमार्णले प्रभावित पार्ने जनाईएको छ । आयोजना अन्तर्गत तनहुँको पश्चिम खण्डमा मापदण्डभित्र निर्माण गरिएका मठमन्दिर करिब ७० वटा मठमन्दिर भत्किन सक्ने आयोजनाले जनाएको छ ।प्रमुख जिल्ला अधिकारीको संयोकत्वमा गठित मुआब्जा निर्धारण समितिको हालै बसेको बैठकले मन्दिरको क्षतिपूर्तिका लागि मुआब्जा निर्धारण गरिसकेको छ । तनहुँ खण्डका लागि मात्रै रु ३४ लाख मुआब्जा वितरण गर्नुपर्ने देखिएको छ भने कोत्रे देखि कास्कीको सेती पुलसम्मको लगत लिने काम भैरहेको… पुरा पढौ

टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइलमा दैनिक डेटा चलाउन सकिने

काठमाडौँ, चैत्र ०६,नेपाल टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइलमा दैनिक रूपमा मोबाइल डेटा प्रयोग गर्न सकिने भएको छ ।नेपाल टेलिकमले उपलब्ध गराइरहेको एफटिटिएच (फाइबर टु द होम) प्रविधिमा आधारित एनटी फाइबरका विभिन्न प्याकेज लिँदा त्यसै अनुसारको मोबाइल डेटा उपलब्ध हुन्छ ।टेलिकमले उपलब्ध गराइरहेको विभिन्न प्याकेजमध्ये वार्षिक एफटिटिएच कम्बो प्याकेज र एफटिटिएच डेटा प्याकेज प्रयोग गर्ने प्रयोगकर्ताहरूले यो सुविधा उपयोग गर्न सक्नेछन् ।वार्षिक एफटिटिएच कम्बो प्याकेजअन्तर्गत ५० एमबिपिएस र १०० एमबिपिएस डेटाका साथै १ एनटिटिभी र १ टेलिफोन प्रयोग गर्ने सेवाग्राहीले… पुरा पढौ

अर्थमन्त्री वर्षमान पुन र चिनियाँ राजदूत छन् सोङबीच शिष्टाचार भेटवार्ता ।

काठमाडौँ, ६ चैतअर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच शिष्टाचार भेटवार्ता भएको छ । आज अर्थमन्त्रालयमा भएको भेटघाटमा द्विपक्षीय आपसी हित र सहकार्यका विषयमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ । भेटमा अर्थमन्त्री पुनले चिनियाँ सहयोग तथा लगानीमा निर्माणाधीन विकास आयोजनाका कामलाई तीव्रता दिन आग्रह गरे । त्यस्तै, लगानी प्रक्रियामा रहेका आयोजना शीघ्र अघि बढ्ने विश्वास पनि उनले व्यक्त गरे । पछिल्ला दशकमा चीनले आर्थिक विकास र गरिबी निवारणका क्षेत्रमा गरेको काम विश्वकै लागि उदाहरणीय रहेको… पुरा पढौ

सुशासनका सवालमा कुनै सम्झौता नहुने – प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ, ६ चैतप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन कायम गर्ने सवालमा आफूले कसैसँग पनि कुनै पनि सम्झौता नगर्ने बताएका छन् । आज प्रतिनिधिसभाका सांसदहरूले सोधेका प्रश्नहरूको आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले अनुसन्धानबाट कैफियत देखिएमा कसैले पनि उन्मुक्ति नपाउने स्पष्ट पारे । “सुशासन कायम गर्ने सवालमा म कुनै पनि सम्झौता गर्दिनँ,” प्रधानमन्त्री प्रचण्डले भने, “यसमा आफ्नो र अरुको पार्टी भन्ने आग्रह र पूर्वाग्रह मैले राख्दिनँ । यदि अनुसन्धानबाट कैफियत देखिएमा कसैलाई पनि कारबाही गर्न कुनै पनि कुराले रोक्ने छैन ।” सुशासनको सङ्कल्प… पुरा पढौ

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, मनाङे चौथो पटक मन्त्रि बने ।

५ चैत्र , पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मन्त्रिपरिषद् पुर्नगठन गरेका छन् ।अल्पमतमा रहेका मुख्यमन्त्री पाण्डेले सत्ता टिकाउन राजीव गुरुङ उर्फ दीपक मनाङेलाई मन्त्री बनाएर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मनाङेले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सहित सपथ लिए । मनाङे स्वतन्त्र चुनाव जितेर पछि एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका थिए । आइतबार उनले एकीकृत समाजवादी पार्टी परित्याग गरेको घोषणा गरे पछि उनलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री नियुक्त गरेका हुन । मनाङे चौथौ पटक मन्त्री बनेका हुन्… पुरा पढौ

पोखरा पर्यटकीय राजधानी घोषणा ।

४ चैत्र , पोखराप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरे । प्रधानमन्त्री ‘प्रचण्ड’ले सभालाई सम्बोधन गर्नु पुर्व पर्यटन राजधानीको लोगो सार्वजनिक तथा स्मृती स्तम्भको अनावरण गरेका थिए ।पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न पोखरामा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत सहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।साथै पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकता पूर्वक आवश्यक सहयोग, र सहकार्य गर्ने समेत उनले आश्वासन दिए ।‘पोखराको विकास निर्माणमा विद्यमान… पुरा पढौ

दयाशंकर स्मृति पुरस्कार पत्रकार दीपेन्द्र र मरणोपरान्त त्रिभुवनलाई पुरस्कृत गरियो ।

४ चैत पोखरानेपाल पत्रकार महासंघ कास्की द्धारा संचालित दयाशंकर स्मृति पुरस्कार पोखराका पत्रकार दीपेन्द्र श्रेष्ठ र मरणोपरान्त त्रिभुवन पौडेललाई पुरस्कार प्रदान गरिएको छ । पत्रकार श्रेष्ठ र स्वर्गीय त्रिभुवन पौडेलकी आमा र उनकी श्रीमती प्रतिभा पौडेललाई आज एक कार्यक्रमका बिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरस्कार हस्तान्तरण गरेका हुन् ।प्रधानमन्त्री दाहालले श्रेष्ठ र पौडेल परिवारलाई १÷१ लाख रुपैयाँ राशि नगद र सम्मानपत्र प्रदान गरे । पुरस्कार प्रदानपछि कार्यक्रमलाई सम्वोधन गर्दे प्रधानमन्त्री ‘प्रचण्ड’ले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र… पुरा पढौ