
५ चैत्र , पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मन्त्रिपरिषद् पुर्नगठन गरेका छन् ।
अल्पमतमा रहेका मुख्यमन्त्री पाण्डेले सत्ता टिकाउन राजीव गुरुङ उर्फ दीपक मनाङेलाई मन्त्री बनाएर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

मनाङेले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सहित सपथ लिए । मनाङे स्वतन्त्र चुनाव जितेर पछि एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका थिए । आइतबार उनले एकीकृत समाजवादी पार्टी परित्याग गरेको घोषणा गरे पछि उनलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री नियुक्त गरेका हुन । मनाङे चौथौ पटक मन्त्री बनेका हुन् । मनाङेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले आज नै सपथ गराएका हुन् ।
मुख्यमन्त्री पाण्डेले आफूलाई स्वतन्त्र भन्ने मनाङे सहितका सांसदलाई समेटेर मन्त्रिपरिषद् पुर्न गठन गरेका हुन् ।
गण्डकी प्रदेशको पुर्नगठित मन्त्रिपरिषद् मा सुरेन्द्रराज पाण्डे, मुख्यमन्त्री, महेन्द्र ध्वज जिसी—कृषि तथा भूमि व्यवस्था तथा सामाजिक विकास मन्त्री, सरस्वती अर्याल, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री, राजीव गुरुङ उर्फ दीपक मनाङे भौतिक पूर्वाधार विकास मन्त्री,, जीतप्रकाश आले, आर्थिक मामिला मन्त्री,र दीपेन्द्रबहादुर थापा, उद्योग, पर्यटन र वन मन्त्री रहेका छन ।






