समाचार

पर्वतका फोटोग्राफरहरु होलीको रमाईलो छोडी सहयोग तिर ।

१२ पर्वतचैत्र ११ गते फागुपुर्णिमा को दिन होली मनाउन छाडी पर्वतका फोटोग्राफरहरु पर्वत स्थित कुस्मा नगरपालिका वडानं ३ दुर्लुड. का पुर्ण प्रसाद शर्माको घरमा सहयोग लिएर पुगे । शर्माको घरमा गत चैत्र आठ गते राती अचालक आगजनी भएको थियो भने आगजनीबाट शर्माको घर र गोठ पुर्ण रुपमा क्षती भएको थियो । साथै शर्माका छिमेकी धनीलाल बि.कको गोठ समेत उक्त आगलागिले क्षती भएको जनाईएको छ । अग्नि पिडीत शर्माको घर गोठ गरि करिव ३० लाख बराबरको क्षती भएको पुर्ण प्रसाद शर्माले… पुरा पढौ

तराई–मधेश क्षेत्रमा आज होली मनाइँदै ।

चैत १२ गते ,पोखरातराई–मधेश क्षेत्रमा आज फागु पुर्णिमा (होली) मनाइँदै छ । पहाडी क्षेत्रमा हिजो फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाउने गरिन्छ भने त्यस्कोे भोलिपल्ट तराई–मधेशमा फागुपर्व मनाउने चलन छ । काठमाडौं र पोखरा उपत्यका लगायत पहाडी भेगमा फाल्गुण शुक्ल पूर्णिमाका दिन फागुपर्व धुमधामका साथ मनाइएको छ । अष्टमीका दिन गाडिएको चिर पूर्णिमाको राति ढलाई दहन गरेपछि यो पर्व सम्पन्न हुन्छ । तराई–मधेशमा भने पूर्णिमाको राति ‘होलिका दहन’ गरेपछि भोलिपल्ट होली मनाउने चलन छ ।तराईमा विभिन्न रंग तथा अबिर दलेर, पिचकारीले… पुरा पढौ

बेगनासतालमा राष्ट्रिय ड्रागन बोट रेस शुरु ।

लेखनाथ , ११ चैत्र ।बेगनासतालमा आज देखि राष्ट्रिय ड्रागन बोट रेस शुरु भएको छ ।पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्डको आयोजना र होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथ र ड्रागन बोर्ड एशोसियसन गण्डकी प्रदेशको सह आयोजनामा बाट सुरु भएको प्रथम राष्ट्रिय ड्रागन बोट रेसको उद्घाटन युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि श्रेष्ठले खेललाई सांस्कृति, प्राकृतिकको महत्व दिएर झाँकी रयाली सहितको उपस्थितिमा हुने खेलले बेगनासताललाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउने विश्वास व्यक्त गरे । साथै मन्त्री श्रेष्ठले खेलकुदको… पुरा पढौ

लोकसेवा आयोगको जनविश्वास टुट्न दिनु हुँदैन , प्रदेश प्रमुख भट्ट

चैत्र ११ पोखरा ।गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले परीक्षा प्रणालीको गुणस्तरीयतालाई कायम राख्दै लोकसेवा आयोगप्रतिको जनविश्वास टुट्न दिन नहुने बताएका छन् । प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशको तेस्रो वार्षिकोत्सवको उद्घाटन गर्दै प्रदेश प्रमुख भट्टले आयोगले आफ्नो गरिमालाई कायम राख्दै नेपालको संविधान र प्रचलित कानुन भित्र रहेर आफ्ना गतिविधि प्रभावकारी रुपमा अगाडि बढाउन सुझाव दिए ।लोकसेवा आयोगले आफ्नो योग्यता, निष्पक्षता र स्वच्छता आजका मितिसम्म पनि कायमै राख्न सफल भएकामा धन्यवाद दिदैै प्रदेश प्रमुख भट्टले आयोगले अझ बढी प्रभावकारी रुपमा अगाडि… पुरा पढौ

नेकपा (एमाले) कास्कीको ११ औं जिल्ला अधिवेशन आजदेखि सुरु ।

१० चैत, पोखरा । नेकपा (एमाले) कास्कीको ११ औं जिल्ला अधिवेशन आजदेखि सुरु भएको छ । अधिवेशनको उद्घाटन नेकपा (एमाले) का महासचिव संकर पोखरेल ले गरे ।एमालेको कास्की जिल्ला कमिटीको अधिवेशन उद्घाटन गर्दै महासचिव पोखरेलले राजनीतिक स्थिरताका लागि नयाँ दल होइन, भएकै दलहरु बलिया हुनुपर्ने बताएका छन् ।विश्वमा नीति र नेतृत्वको विकल्प राजनीतिक दलहरुबाट खोज्ने प्रणाली नै स्थापित भएको उनको जोड थियो । अमेरिका, चीन, बेलायत र भारतको उदाहरण दिँदै पोखरेलले पुरानो पार्टीले नै रुपान्तरण गरिरहेको बताए । अधिवेशनले नयाँ… पुरा पढौ

राष्ट्रिय भूमि आयोग विघटन

काठमाडौँ, १० चैतसरकारले राष्ट्रिय भूमि आयोग विघटन गरेको छ । भूमि समस्या समाधानका लागि अर्को आयोग गठन गर्नुपर्ने भएकाले वर्तमान आयोग विघटन गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।“आयोग गठन आदेश, नियमावलीमा भएको व्यवस्थाअनुसार अर्को आयोग पुनःगठन गर्न वर्तमान भूमि आयोग विघटनको निर्णय भएको हो”, मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “सम्भवतः एक साताभित्र पुनः अर्को भूमि आयोग गठन हुन्छ ।” सदाका लागि आयोग विघटन नगरिएको उनले स्पष्ट पारे । भूमिसम्बन्धी… पुरा पढौ

लुम्बिनीबाट समृद्धि र शान्तिको लागि योगदान गर्न आह्वान ।

लुम्बिनी चैत १० गते विश्वका १९ मुलुकका राजदूत र नेपालका लागि ४५ देशका अवैतनिक वाणिज्यदूतले गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट समृद्धि र शान्तिको लागि योगदान गर्न आह्वान गरेका छन् ।परराष्ट्र मन्त्रालय र अवैतनिक वाणिज्यदूतहरुको संस्था अनररी कन्सुलर कप्र्स नेपाल (एचसिसीएन)द्वारा संयुक्त रुपमा यहाँ आयोजित सम्मेलनमा शान्ति बिना समृद्धि सम्भव नहुने भन्दै विश्वका सबैलाई समाजमा शान्ति कायम गर्नेतर्फ केन्द्रित हुन राजदूत र अवैतनिक वाणिज्यदूतले आह्वान गरेका हुन् । ‘समृद्धिका लागि विश्व शान्ति’ नाम दिइएको सो सम्मेलनका सहभागीले मायादेवी मन्दिर परिसरमा विश्व शान्तिका लागि… पुरा पढौ

पोखरा मै मिर्गौलाको सफल प्रत्यारोपण ।

चैत्र ९ पोखरा ।पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । अस्पतालले आफ्नै जनशक्तिबाट सफल प्रत्यारोपण गरिएको जनाएको छ । तनहुँको व्यास नगरपालिका–१० की ३५ वर्षीया सम्झना गुरुङको मिर्गौला सफल प्रत्यारोपण गरिएको हो । उनलाई लमजुङ सुन्दरबजार नगरपालिका बस्ने बहिनी सुमिना गुरुङले मिर्गौला दान गरेकी थिईन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको सो अस्पतालमा प्रत्यारोपण सेवा सुरु भएको २० महिनापछि पहिलोपटक पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकै जनशक्तिबाट प्रत्यारोपण गरिएको र अव मिर्गौलाको उपचारका लागि अनयत्र धाउन नपर्ने अस्पतालका… पुरा पढौ

एमाले अध्यक्ष ओली पोखरा आउने

चैत्र ९, पोखरा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वपप्रधानमन्त्री केपी शर्मा ओली पोखरा आउने भएका छन् । एमाले कास्कीको ११औं जिल्ला अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली शनिबार पोखरा आउन लागेका हुन् ।जिल्ला अधिवेशन चैत १० र ११ मा पोखरामा हुँदैछ । अधिवेशनको सबै तयारी पूरा भएको जनाईएकोछ । अधिवेशनमा कास्कीभरका १० हजार बढी नेता कार्यकर्ताको सहभागिता रहने एमालेले दावी गरेको छ ।अधिवेशनलाई एकताको अधिवेशन तथा आगामी २०८४ सालको निर्वाचन लक्षित शक्ति प्रदर्शनका रुपमा लिइएको जनपरिचालन उपसमिति संयोजक नवराज ओझाले जानकारी… पुरा पढौ

आज विश्व पानी दिवस ।

चैत्र ९ पोखरा । पोखरा । आज विश्व पानी दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइयो । विश्वमा देखा परेको स्वच्छ खानेपानीको सङ्कट र यसको समाधानमा व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रलाई सजग, सचेत, सक्षम र सबल बनाउनका लागि संयुक्त राष्ट्रसङ्घले सन् १९९३ देखि मार्च २२ लाई विश्व पानी दिवसका रुपमा मनाउन थालेको हो । यो विश्व पानी दिवस पानी र सरसफाइ सङ्कट समाधान गर्नका लागि परिवर्तनको गतिको बारेमा केन्द्रित छ । पानी नै बहुर्राष्ट्रिय विवाद र वैमनस्यताको जड… पुरा पढौ