पर्वतका फोटोग्राफरहरु होलीको रमाईलो छोडी सहयोग तिर ।

-


     तुलसी राम सुवेदी    
     चैत्र १२ गते २०८० मा प्रकाशित


१२ पर्वत
चैत्र ११ गते फागुपुर्णिमा को दिन होली मनाउन छाडी पर्वतका फोटोग्राफरहरु पर्वत स्थित कुस्मा नगरपालिका वडानं ३ दुर्लुड. का पुर्ण प्रसाद शर्माको घरमा सहयोग लिएर पुगे ।


शर्माको घरमा गत चैत्र आठ गते राती अचालक आगजनी भएको थियो भने आगजनीबाट शर्माको घर र गोठ पुर्ण रुपमा क्षती भएको थियो । साथै शर्माका छिमेकी धनीलाल बि.कको गोठ समेत उक्त आगलागिले क्षती भएको जनाईएको छ । अग्नि पिडीत शर्माको घर गोठ गरि करिव ३० लाख बराबरको क्षती भएको पुर्ण प्रसाद शर्माले जानाकारी दिएका छन ।


आफ्ना छिमेकी लाई परेको पिडा बाड्न आफुहरु त्यहा पुगेरै केहि सहयोग रकम जुटाएको पर्वत फोटोग्राफर सघका कोषाध्यक्ष सुरेश राज रेग्मीले बताए ।

फोटोग्राफरहरुबाट उठाईएको सहयोग रकम रु १० हजार १ सय १५ नगद शर्माको घर मै पुगेर हस्तान्तरण गरिएको थियो ।
ठुलो धनराशीको रकमले नभएपनि पर्वतका फोटोग्राफरहरुबाट उठाईएको सहयोग रकमले शर्मा जीको पिडामा मलहम लगाउने कोशिष गरिएको पर्वत फोटोग्राफर सघका अध्यक्ष नारायण बहादुर के.सीले बताए ।