नेकपा (एमाले) कास्कीको ११ औं जिल्ला अधिवेशन आजदेखि सुरु ।

-


     तुलसी राम सुवेदी    
     चैत्र १० गते २०८० मा प्रकाशित


१० चैत, पोखरा ।

नेकपा (एमाले) कास्कीको ११ औं जिल्ला अधिवेशन आजदेखि सुरु भएको छ । अधिवेशनको उद्घाटन नेकपा (एमाले) का महासचिव संकर पोखरेल ले गरे ।
एमालेको कास्की जिल्ला कमिटीको अधिवेशन उद्घाटन गर्दै महासचिव पोखरेलले राजनीतिक स्थिरताका लागि नयाँ दल होइन, भएकै दलहरु बलिया हुनुपर्ने बताएका छन् ।
विश्वमा नीति र नेतृत्वको विकल्प राजनीतिक दलहरुबाट खोज्ने प्रणाली नै स्थापित भएको उनको जोड थियो । अमेरिका, चीन, बेलायत र भारतको उदाहरण दिँदै पोखरेलले पुरानो पार्टीले नै रुपान्तरण गरिरहेको बताए ।


अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । यसका लागि कास्कीका ७२ वटा वडा, जनसंगठन, सल्लाहकार परिषद्, तिन ईलाका कमिटि, शाखा कमिटि, सल्लाहकार कमिटि र आयोजक कमिटि गरी ९३५ जना प्रतिनिधिका सहभागिता हुने जनाईएको छ ।
एमालेले प्रतिनिधि चयनमा महिला, जनजाती, दलित र अन्य समुदायको प्रतिनिधित्व र समावेसीतालाई ध्यान दिईएको बताएको छ ।

अधिवेशनलाई सफल बनाउन जिल्ला अध्यक्ष मन बहादुर गुरुङको अध्यक्षतामा मूल व्यवस्थापन कमिटि गठन गरिएको र सो कमिटिमा जिल्ला कमिटिका सबै सदस्यहरु, लेखा कमिटि, पालिका तथा ईलाका कमिटिका अध्यक्षहरु रहेका छन् । अधिवेशनको बन्द शत्र चैत्र ११ गते पोखरा सभागृहमा संचालन हुने छ ।