समाचार

गण्डकीमा माओवादीले लियो समर्थन फिर्ता ।

२३ फाल्गुण पोखरा ।माओवादीले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार प्रदेश सभा सचिवालय पुगेर माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालय मा बुझाएको दलका नेता हरिबहादुर चुमानले जानकारी दिए । मंगलबार मात्र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादीबाट सरकारमा सहभागी भएका दुई मन्त्रीहरूलाई मन्त्रीमण्डलबाट बर्खास्त गरेका थिए । अब माओवादीले समर्थन फिर्ता लिए सँगै सुरेन्द्रराज नेतृत्वको गण्डकी सरकार अल्पमतमा परेको छ । पुरा पढौ

पशुपतिनाथ क्षेत्रमा महाशिवरात्रि पर्वको भव्य तयारी

काठमाडौँ, २३ फागुनयही फागुन २५ गते शुक्रबार परेको महाशिवरात्रि पर्वलाई लक्षित गरी काठमाङडौको पशुपतीनाथ मन्दिर क्षेत्रमा भव्य तयारी भएको छ । महाशिवरात्रिका लागि यतिखेर पशुपति क्षेत्रमा साधुसन्तहरु आउने क्रम सुरु भइसकेको छ । महाशिवरात्रि पर्वलाई लक्षित गरि पशुपतीनाथ मन्दिर क्षेत्रमा मासुजन्य पदार्थ एवं मदिरा बिक्रीमा रोक लगाइएको छ ।साथै पाशुपत क्षेत्रको सजावटको काम पनि सुरु भएको पशुपति विकास कोषले जनाएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सूचना जारी गरी भोलि बुधबार देखि फागुन २७ गतेसम्म गौशाला–मित्रपार्क सडकदेखि पूर्व, पशुपतिनाथ क्षेत्रको… पुरा पढौ

सरकारका नवनियुक्त मन्त्रीहरूले लिए शपथ ।

काठमाडौं, २३ फागुन प्रचन्ड सरकारका नवनियुक्त १६ जना मन्त्रीले शपथ लिएका छन् ।राष्ट्रपति भवन शितल निवासमा बुधबार एक समारोह बीच तीन जना उपप्रधानमन्त्री सहित १६ जना मन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।पुनर्गठित मन्त्रिपरिषद्का तीन सदस्यले भने सोमबारै शपथ लिएका थिए ।सरकारमा एमालेको नेतृत्व रघुवीर महासेठले गरेका छन् । उनले उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रालय सम्हालेका छन् भने पदम गिरी कानुन न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ… पुरा पढौ

राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने

राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशले फागुन २४ देखि २६ गतेसम्म ल्होछार मेला गर्ने भएकाे छ । संघले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्जुश्री सम्बत २८६० डुक ल्हो सोनाम ल्होछार तमु ल्होछार र २५५१ औं ग्याल्पो ल्होछारको शुभ अबसरमा बृहत ल्होछार सांस्कृतिक कार्यक्रम २०८० आयोजना गरिने जानकारि दिएकाे हाे ।तामाङ समुदायकाे ल्हाेछार पर्वलाई राष्ट्रिय पर्वको रूपमा स्थापित गरि यसकाे महत्व र औचित्यबारे जानकारि दिने गरि मेलाकाे आयाेजना गरिएकाे राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशका अध्यक्ष दावा फिन्जो तामाङले बताउनुभयाे । ल्होछार समारोहको… पुरा पढौ

अमेरिकाको अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवमा नेपालका फोटो तथा भिडियो प्रर्दशनी हुदै ।

पोखरा, ९ फागुनयहि मार्च १ देखि ३ गतेसम्म अमेरिकाको म्यारील्याण्डमा अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवमा नेपालका फोटो तथा भिडियो प्रर्दशनी हुने भएका छन । सो महोत्सवमापोखराका पत्रकार कृष्णमणि बरालले भिडियो डकुमेन्ट्री र फोटो प्रदर्शन गर्ने भएका हुन् ।सो माहोत्सवका लागि उनी त्यहाँ नेपालका लाटोकोसेरो तथा हुचिल सम्बन्धी डकुमेन्ट्री र फोटो प्रदर्शन गर्ने गरी छनोट भएका हुन् ।नेपालमा संरक्षणका क्षेत्रमा भएका काम र संरक्षणमा चुनौती विषय समेटेर बनाएको १० मिनेटको भिडियो डकुमेन्ट्री र नेपालमा लाटोकोसेरो तथा हुचिलको उद्धार, उपचारका प्रयास, संरक्षण समस्या र… पुरा पढौ

पोखरा विश्वविद्यालयका साढे सात हजार विद्यार्थी दीक्षित ।

लेखनाथ, ८ फागुन ।पोखरा विश्वविद्यालयको १९ औँ दीक्षान्त समारोहमा विभिन्न तह र सङ्कायका गरी ७ हजार ६ सय ५१ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालय परिसर पोखरा–३० खुदी, ढुङ्गेपाटनमा विश्विद्यालयका सहकुलपति एवम् शिक्षामन्त्री अशोक राईको उपस्थितिमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष समेत रहेका प्रा.डा. भगवान् कोइरालाको प्रमुख आतिथ्यतामा मङ्लबार दीक्षान्त समारोह सम्पन्न भएको हो । समारोहमा वरिष्ठ मुटु शल्य चिकित्सक, समाजसेवी प्राडा भगवान् कोइरालाले नेपालको दोस्रो विश्वविद्यालय पोखरा विश्वविद्यालयको गुणस्तरलाई अझ बढाउन एकीकृत प्रयास आवश्यक हुने उल्लेख गरेका छन । उनले… पुरा पढौ

राजनीतिक दलको वार्षिक आयमा ह्रास ।

८ फाल्गुण काठमाडौँ ।राजनीतिक दलको वार्षिक आयमा ह्रास आएको छ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र जनमत पार्टी घाटामा चलेको तिनीहरूको आर्थिक विवरणले देखाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालको आयव्ययको विवरणमा मात्रै नाफा देखाइएको छ । घाटामा चलेको विवरण देखाएका दलले मोटो रकम मुद्दती निक्षेपमा राखेका छन् । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले समेत सञ्चित राखे पनि बचतमा घाटा देखाएको छ ।… पुरा पढौ

प्रदेश सरकारबाट प्राप्त गरेको सबै तलब भत्ता सामाजिक कार्यमा — विन्दुकुमार थापा

२७ माघ, पोखरा ।गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले प्रदेश सरकारबाट प्राप्त गरेको सबै तलब भत्ता सामाजिक कार्यमा खर्च गरेको बताएका छन् ।शनिबार पोखरामा पत्रकार सम्मेलनमार्फत आफ्नो एक वर्षे आम्दानी सार्वजनिक गर्दै सबै तलब सामाजिक कार्यमा खर्च गरेको बताएका हुन् ।सांसद थापाले आफुले एक वर्षमा ८ लाख ९६ हजार रुपैयाँ पारिश्रमिक पाएको र विभिन्न शीर्षकमा गरी ११ लाख १२ हजार रुपैयाँ सामाजिक काममा खर्चिएको बताए ।उनले आफ्नोअघिल्लो कार्यकालमा पनि सबै पारिश्रमिक सामाजिक कार्यमा खर्च गरेको बताए ।गण्डकी प्रदेश सरकारको पूर्वकानुन,… पुरा पढौ

स्याड.जा टक्सार सुवेदी समाज नेपालको साधारण सभा ज्येष्ठ सदस्यलाई सम्मान गर्दै सम्पन्न ।

२७ माघ, कास्कीपुतलीबजार ६ टक्सार स्याड.जा जन्मस्थान तथा पुरख्यौली घर हुने नेपालभर छरिएर रहेका सुवेदीहरुको संस्था स्याड.जा टक्सार सुवेदी समाज नेपालले आफ्ना ज्येष्ठ सदस्यलाई सम्मान गर्दे संस्थाको छैटौें साधारण सभा सम्पन्न गरयो । कार्यक्रममा प्रमुख अतिथि सुवेदी कल्याण प्रतिष्ठान(सुकल्प) नेपालका कुलाधीपती देवी प्रसाद सुवेदीले सुवेदी बन्धुहरुको आत्मीयता र भावनात्मक सम्बन्ध गाढा बनाउन संस्थाको उद्धेश्य अनुरुप समाजका ज्येष्ठ सदस्यहरुको सम्मान सहित उच्च शिक्षा हासिल गर्ने संस्थाका सदस्यहरुको कदर गर्दै गरिएको सम्मान कार्यक्रमले आफु निकै प्रवावित रहेको बताए ।कार्यक्रममा ७० बर्ष माथिका… पुरा पढौ

पत्रकार महासंघ कास्कीका सचिव माधव बराल पुरस्कृत, मीना र हुम गुरुङ्गलाई सम्मान ।

२२ माघ, पोखरा ।नेपाल पत्रकार महासंघ कास्कीका सचिव माधव बराल पुरस्कृत भएका छन् । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसर पारेर प्रेस चौतारी, कास्कीले स्थापना एवं सञ्चालन गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार २०८०’ बाट बराल पुरस्कृत भएका हुन् ।उनलाई २२ हजार २ सय २२ रुपैयाँ नगद सहित सम्मान पत्र र दोसल्लाले नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले पुरस्कार अर्पण गरे । २०५९ सालबाट पत्रकारिता थालनी गरेका पोखरा २८ कालिकाका स्थायी बासिन्दा बरालले… पुरा पढौ