२३ फाल्गुण पोखरा ।
माओवादीले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बुधबार प्रदेश सभा सचिवालय पुगेर माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालय मा बुझाएको दलका नेता हरिबहादुर चुमानले जानकारी दिए ।
मंगलबार मात्र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादीबाट सरकारमा सहभागी भएका दुई मन्त्रीहरूलाई मन्त्रीमण्डलबाट बर्खास्त गरेका थिए । अब माओवादीले समर्थन फिर्ता लिए सँगै सुरेन्द्रराज नेतृत्वको गण्डकी सरकार अल्पमतमा परेको छ ।




