
पोखरा, ९ फागुन
यहि मार्च १ देखि ३ गतेसम्म अमेरिकाको म्यारील्याण्डमा अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवमा नेपालका फोटो तथा भिडियो प्रर्दशनी हुने भएका छन । सो महोत्सवमा
पोखराका पत्रकार कृष्णमणि बरालले भिडियो डकुमेन्ट्री र फोटो प्रदर्शन गर्ने भएका हुन् ।
सो माहोत्सवका लागि उनी त्यहाँ नेपालका लाटोकोसेरो तथा हुचिल सम्बन्धी डकुमेन्ट्री र फोटो प्रदर्शन गर्ने गरी छनोट भएका हुन् ।
नेपालमा संरक्षणका क्षेत्रमा भएका काम र संरक्षणमा चुनौती विषय समेटेर बनाएको १० मिनेटको भिडियो डकुमेन्ट्री र नेपालमा लाटोकोसेरो तथा हुचिलको उद्धार, उपचारका प्रयास, संरक्षण समस्या र चुनौतीबारे प्रदर्शन गरिने बरालले बताए ।
उनले महोत्सवमा ३ प्रजातिको लाटोकोसेरोको ‘फोटो स्टोरी’ प्रदर्शन गर्ने जानकारी दिए । बराल लामो समयदेखि पोखरा रहेर पत्रकारीता गर्दै गिद्ध संरक्षण अभियानमा सम्लग्न छन ।
उनले नेपालमा चरा लगायत वन्यजन्तु संरक्षणका लागि पछिल्लो समयमा भएका संरक्षण उत्सव, सचेतना कार्यक्रमले वन्यजन्तु संरक्षण गर्नु पर्छ भन्ने सन्देश गाउँ गाउँ सम्म पुगेको बताएका छन ।
यस्ता अभियानले वन्यजन्तुको चोरी निकासी खुलम खुला हुने क्रम रोकिएको भएतापनि संरक्षणमा भने चुनौती नयाँ नयाँ रहेको बताए् । वन्यजन्तुको भित्र भित्र चोरी सिकारी, विदेश निर्यात हुने क्रम अझै पनि नरोकिएकोे उनको दुखेसो छ । नेपालमा १३ वर्ष देखि लाटोकोसेरो तथा हुचील संरक्षणका लागि नेपाल लाटोकोसेरो तथा हुचील उत्सव हुँदै आएको छ ।
११ औँ संस्करणको लाटोकोसेरो तथा हुचील संरक्षण उत्सवको सन्दर्भ पारेर नेपालमा संरक्षणका क्षेत्रमा भएका काम र संरक्षणमा चुनौती विषय समेटेर तयार पारिएको १० मिनेटको भिडियो र नेपालमा लाटोकोसेरो तथा हुचीलको उद्धार, उपचार र प्रकृतिमा पुर्न फकाउने गरी व्यवस्थापनमा चुनौती समेटेर तीन प्रजातिका लाटोकोसेरो उद्धारका फोटो प्रदर्शनी अमेरिकाको मिनोसोटा प्रदेशको मिनोपोलिस सहरमा गर्दै गरेको उनले बताए ।




