जेष्ठ सदस्यलाई सम्मान घरघर मै गर्दै, स्याड.जा टक्सार सुवेदी समाज नेपाल ।

-


     बिलक सुवेदी    
     फागुन २७ गते २०८० मा प्रकाशित


२७ फाल्गुण, कास्की

पुतलीबजार ६ टक्सार स्याड.जा जन्मस्थान तथा पुरख्यौली घर हुने सुवेदीहरुको संस्था स्याड.जा टक्सार सुवेदी समाज नेपालले आफ्ना ८० बर्ष माथिका जेष्ठ सदस्यलाई सम्मान गर्न घर दैलो मै पुगेको छ ।

संस्थाले जेष्ट नागरिक सम्मान कार्यक्रम अन्र्तगत आफ्नो छैटो साधारण सभामा ७० बर्ष माथिका जेष्ट सदस्यहरुलाई सम्मान गरिसकेको छ भने सो कार्यक्रममा उपस्थित हुन नसकेका ८० बर्ष माथिका जेष्ट सदस्य वा परिवारका सदस्यहरुलाई घर मै पुगेर सम्मान गर्ने संस्थाको उद्धेश्य अनुसार सो कार्यक्रम गरिएको संस्थाका अध्यक्ष तुलसी राम सुवेदीले बताए ।

जेष्ठ सदस्य सम्मान कार्यक्रम अन्र्तगत पुतलीबजार ६ नुवारका ४ जना जेष्ठ सदस्यलाई सम्मान गरिएको हो । सम्मान कार्यक्रममा नन्दलाल चुवाई, चुडामणी सुवेदी, पुतली सुवेदी र नन्दकला सुेवेदीलाई सम्मान गरिएको थियो ।

संस्थाले आफ्ना जेष्ठ सदस्यहरुलाई घर मै आएर सम्मान गर्नु एक श्रहानीय कार्य रहेको र यसकार्यमा आफुले पनि सहभागि भएर आफ्ना अग्रजहरु लाई सम्मान गर्न पाउंदा निकै खुशी लागेको नुवार खाम्पुर क्षेत्रका संयोजक राम प्रसाद सुवेदी ले बताए ।

यसैगरि सम्मानित ब्यक्ति चुडामणि सुवेदी ले बढ्दो उमेर र बुढौलीपनका कारण जहिंतहिं पुग्न नसक्ने आफुजस्ता उमेरले चौरासी काटेका जेष्ट सदस्यहरुलाई घर दैलो मै आएर संस्थाले सम्मान गरेको देख्दा खुशी लागेको बताउदै यस किसिमका सकरात्मक कार्यहरु सधै भईरहुन भन्ने कामना गरे ।

कार्यक्रममा उपस्थित जेष्ट सदस्यहरुलाई संस्थाका कार्यसमिति सदस्य तथा नुवार खाम्पुर क्षेत्रका संयोजक राम प्रसाद सुवेदी ले अबिर र संस्थाका अध्यक्ष तुलसी राम सुवेदीले दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रम संस्थाका सदस्य लेखनाथ खुवेदीले संचालन गरेका थिए ।