
३ चैत्र पोखरा
गीताञ्जली साहित्य परिवार पोखराको २५५ औं साधना प्रभात एवम नियमित रचना वाचन कार्यक्रम सम्पन्न भयोे ।
पोखरा १० स्थित गितामन्दिर परिसरमा रहेको संस्थाको सभाकक्षमा साहित्यकारहरुले आआफ्नो रचना बाचन गरेका थिए ।
कार्यक्रममा पोखराका २२ जना नवोदित बाल साहित्यकार देखि बरिष्ठ साहित्यकारहरुले आ–आफ्नो रचना प्रस्तुत गरेका थिए ।

साहित्यकारहरुले साहित्यीक कोशेली पस्कने थलोका रुपमा गीताञ्जली साहित्य परिवार रहेको र प्रत्येक महिनाको पहिलो सनिवार नियमित रुपमा कार्यक्रम आयोजना गर्ने गरिएको, कार्यक्रममा बाल, नवोदित साहित्यकार देखि बरिष्ठ साहित्यकारहरुको जमघटले थप साहित्यीक उर्जा मिल्ने गरेको संस्थाका सचिब नरेन्द्र रानाभाटले बताए ।
कार्यक्रममा साहित्यकारहरुले देशको समसामयीक बिषयहरुको ब्याड.ग्यात्मक चित्रण , भजनकृतन, पिर बेदना लगायत माया पिरतीका सुगन्ध युक्तहरु रचनाहरु पस्केर कार्यक्रममा रौनकता थपेका थिए ।

त्यसै गरि साहित्यकारहरु नारायण प्रसाद बराल, ऋषिराम काफ्ले,बसन्त प्रसाद चालिसे,अल्पबिराम पोखरेली, धर्मराज पौडेल “अल्पायु”, गोबिन्द प्रसाद पराजुली, बिष्णु प्रसाद पराजुली,बलराम तिमिल्सीना, चन्द्रावती वाग्ले,ढुण्डीराज ज्ञवाली,जेसिका पौडेल, अन्वेशाा ज्ञवाली,इडिवा खतिवडा,बिष्णु माया पराजुली,तेज बहादुर गुरुड.,हरिचन्द्र आचार्य,शंकर ज्ञवाली, रुद्र बहादुर थापा, तुलसी राम सुवेदी, नरेन्द्र रानाभाट लगायतले आआफ्नो साहित्यीक कोशेली प्रस्तुत गरेका थिए भने प्रभात नायक बरिष्ठ टिप्पणीकार मदन भण्डारीले कार्यक्रमको सारको टिप्पणी गरेका थिए ।
संस्थाका बरिष्ठ उपाध्यक्ष धर्मराज पौडेल “अल्पायु”को अध्यक्षतामा संचालित कार्यक्रमको संचालन सचिव नरेन्द्र रानाभाटले गरेका थिए ।




