२३औँ विश्व रक्तदाता दिवसमा पोखरामा रक्तदान तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

-


     केन्द्रीय आवाज    
     असार १ गते २०८३ मा प्रकाशित


पोखरा, १ असार ।
“मानवताको एक थोपाः रगत दिउँ, जीवन बचाऔं” भन्ने मूल नारालाई आत्मसात गर्दै २३औँ विश्व रक्तदाता दिवसको अवसरमा पोखरामा रक्तदान, जनचेतनामूलक ¥याली, सदस्यता वितरण तथा दीर्घकालीन रक्तदाताहरूको सम्मानसहितको विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम Nepal Voluntary Blood Donors Society Kaski का अध्यक्ष दिपेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो। प्रमुख अतिथि Dr. Abhishek Maskey (नेपाल मणिपाल शिक्षण अस्पतालका निर्देशक) ले पानसमा दीप प्रज्वलन गरी तथा रक्तदातालाई रक्तथैली हस्तान्तरण गर्दै कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो।

रक्तदान र सम्मान

कार्यक्रमअन्तर्गत २५ जना स्वयंसेवी रक्तदाताले उत्साहपूर्वक रक्तदान गरेका थिए। साथै ५० पटकभन्दा बढी रक्तदान गरी समाजमा निरन्तर प्रेरणादायी योगदान पुर्‍याउँदै आएका अनुभवी रक्तदाताहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो।

सम्मानित रक्तदाताहरूको दीर्घ सेवाको प्रशंसा गर्दै वक्ताहरूले रक्तदानलाई मानव जीवन बचाउने सबैभन्दा सरल, सुरक्षित र उत्कृष्ट मानवीय सेवा भएको बताएका थिए।

जनचेतनामूलक ¥याली

कार्यक्रमअघि मानवअधिकार चोकबाट सुरु भएको जनचेतनामूलक ¥याली महेन्द्रपुल हुँदै होटल दि–भिलेजमा पुगेर औपचारिक समारोहमा परिणत भएको थियो। ¥यालीमार्फत रक्तदानको महत्व, आवश्यकता तथा जीवनरक्षामा यसको भूमिकाबारे आम नागरिकमा सचेतना फैलाउने प्रयास गरिएको आयोजकले जनाएको छ।

विशिष्ट अतिथिहरूको उपस्थिति

कार्यक्रममा Nepal Red Cross Society Gandaki Province का अध्यक्ष सूर्यप्रसाद ढकाल, पोखरा महानगरपालिका वडा नं. १० का सदस्य पूर्णचन्द्र न्यौपाने, वडा नं. १५ का सदस्य आशिष भण्डारी, कास्की जिल्ला रेडक्रसका निवर्तमान सभापति डण्डराज शर्मा, प्रादेशिक रक्तसञ्चार प्रमुख अर्जुन ज्ञवाली, नेपाल थोक औषधि व्यवसायी संघका केन्द्रीय सचिव गोपाल अधिकारी, रोटरी क्लब अफ पोखरा भ्यालीका अध्यक्ष विजयराज आचार्य, नगर युवा परिषद् पोखराका कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपाने तथा उपशाखा–२५ का सभापति नेत्रमणि भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

वक्ताहरूको धारणा

वक्ताहरूले रक्तदानलाई मानव जीवन रक्षाको सबैभन्दा सहज र प्रभावकारी माध्यमका रूपमा व्याख्या गर्दै यसको नियमित अभ्यास आवश्यक रहेकोमा जोड दिएका थिए। साथै सुरक्षित र पर्याप्त रगत आपूर्तिका लागि स्वयंसेवी रक्तदाताको योगदान अपरिहार्य रहेको उनीहरूको भनाइ थियो।

स्वागत, सञ्चालन र निष्कर्ष

कार्यक्रममा उपाध्यक्ष उपेन्द्र अधिकारीले अतिथिहरूलाई स्वागत गर्नुभएको थियो भने सचिव विशाल अर्यालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

आयोजकका अनुसार कार्यक्रमले रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै नियमित रक्तदाताहरूको योगदानलाई सम्मान गर्दै समाजमा मानवीय सेवाको सकारात्मक र प्रेरणादायी सन्देश प्रवाह गर्न सफल भएको छ।