
१२ माघ २०८१
बिभिन्न चाड पर्वको अवसरमा विश्वशान्तिको कामना गर्दै बौद्ध धर्मालम्वीहरुले गरिने पुजा जस्तै पिर्तीहरुको आत्मा शान्तिको कामना साथै परिवारका सदस्यहरुको शुखशान्ति तथा भाग्य बृद्धिका लागि एक हजार सामाग्री द्धारा गरिने तोङ्छ्योइ पुजा पोखराको टासी छयोलिड. गुम्बामा सम्पन्न भयो ।
पोखराको टासी छयोलिङ गुम्बामा ४ दिन सम्म आयोजना गरिएको यस तोङ्छ्योइ पुजा पर्वत भुका देउराली नमूना गाउं निवासी स्वर्गीय शुक बहादुर गुरुङ तथा स्वर्गीय डिल् कुमारी गुरुङको सम्झनामा उनकी छोरी हाल हङकङ निवासी नवोबुद्ध गुम्वा हङकङका संस्थापक पदम कुमारी गुरुङ साथै माईती परिवार तथा दिदीबहिनीहरु (चेली)को तर्फबाट आयोजना गरिएको हो ।



भगवान बुद्धको बचनलाई पालना गरि विश्वमा शान्ति फिजाउनका लागि विश्वशान्तिको कामना गर्दै बौद्ध धर्मलाई नेपालीहरुको तर्फबाट हङकङ जस्तो शहरमा गुम्वा स्थापना गर्नु चानचुने कुरा नभएको र अहिले नेपालमा आएर पनि तोङ्छ्योइ पुजामा पदम कुमारी गुरुङ तथा उनको परिवारको तर्फबाट पु¥याएको योगदानको पल टासी छयोलिड. गुम्बाका प्रमुख धर्मगुरु गोपाल लामाले उच्च सम्मान साथै धन्यवाद ज्ञापन गरे ।
साथै धर्मगुरु गोपाल लामाले भगवान बुद्धको बचनलाई पालना गरि विश्वमा शान्ति फैलाउन सधै सक्नुहोस भन्ने कामना गर्दै पदम कुमारी गुरुङलाई गुरु रिन्पोछेको प्रतिमालाई हस्तान्तरण सहित खादाले सम्मान गरे ।
४ दिन सम्म आयोजित तोङ्छ्योइ पुजामा स्वर्गीय शुक बहादुर गुरुङ तथा स्वर्गीय डिल् कुमारी गुरुङका जेठा छोरा शेर काजी गुरुङ, कान्छा छोरा श्री पञ्च काजी गुरुङ, जेठी छोरी सुमित्र गुरुङ, माहिली छोरी कुश कुमारी गुरुङ ,सहिली छोरी पदम कुमारी गुरुङ, काइली छोरी मीना कुमारी गुरुङ , कान्छी छोरी धन कुमारी गुरुङ तथा उनीहरुका परिवार सदस्यहरुबाट पुजा आयोजना गरिएको थियो ।
सवैको साथ र सहयोगले आफुले विश्वशान्तिको कामना गर्दै हङकङ जस्तो शहरमा गुम्वा स्थापना गर्न सफल भएकोमा सवै सहयोगी मनलाई नवोबुद्ध गुम्वा हङकङका संस्थापक पदम कुमारी गुरुङले धन्यवाद ज्ञापन गरिन ।
साथै अन्त्यमा पल टाशी छ्योलिङ् (गोपाल गुम्बा) गुम्बा रामघाट पोखराले पुजाको आयोजना गर्ने सम्पुर्ण गुरुङ परिवारको मनोकामना पूरा होस् भन्ने कामना सहित अभिशेक ग्रहण गरि सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्दै पुजा सम्पन्न भएकोे थियो ।





