सहकारी ठगि प्रकरणमा ६०० बढीलाई कारबाही, झन्डै ६०० जेलमा, लामिछानेको म्याद थप्ने तयारी

-


     केन्द्रीय आवाज    
     कार्तिक ७ गते २०८१ मा प्रकाशित


फाईल तस्बिर ,केपी शर्मा ओली

कार्तिक ७ काठमाडौँ
सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा हालसम्म ६ सय भन्दा बढीलाई कारबाही गरिएको र ५ सय ७५ भन्दा बढी जेलमा रहेका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको जानकारी अनुसार सहकारी ठगीमा हालसम्म ६ सय जनाभन्दा बढीलाई कानुनी कारबाही गरिसकिएको छ भने पाँच सय ७५ जनाभन्दा बढी अहिले पनि जेलमै रहेका छन । सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरु माथि सरकारले कानुनी कारवाही सुरु गरेको प्रम ओलीको भनाई रहेको छ ।
ओली नेतृत्वको सरकार गठन भएको एक सय दिन पुगेका अवसरमा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हालसम्म ६ सय जनाभन्दा धेरैलाई कानुनी कारबाही गरिएको छ र ५ सय ७५ बढी जेलमा छन । सहकारी ठगहरुलाई कारवाही गर्ने मात्र होइन, वचतकर्ताको वचत फिर्ता गर्नको लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधीकरण स्थापना गर्ने काम पनि सँगसँगै अघि बढाइँदै छ ।’
प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणको विषय एकछिन गरिने हल्ला र सुटिङजस्तो नरहेको बताउंदै भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरालाई नभई कानुनलाई गुरू मानेको बताए । उनले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारबाही हुने बताए ।
‘भ्रष्टाचारका कसुरमा फस्ने त्रास र त्यसबाट उम्किने आकांक्षा, भ्रष्ट र भ्रष्टाचारका मतियार जोगाउने उद्देश्यका साथ देशमा अस्थिरता र अराजकता फैलाउन खोज्ने तत्वहरू सक्रिय रहेको हामीले देखिरहेका छौं,’ प्रम ओलीले भन े। प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारवाही हुने स्पष्ट गरेका छन् ।
सहकारी ठगीको आरोपमा पक्राउ परेका तथा जेलमा रहेका हरुको संख्या १ हजार भन्दा बढी रहेपनि रास्वपा सभापति लामिछाने पक्राउ परेपछि सर्बसाधारणलाई सडकमा उतार्ने कोशिस भैरहेको प्रति प्रम ओलीले असन्तुष्टी प्रकट गरेका थिए ।

लामिछानेमाथिको अनुसन्धान जारी, दोश्रो पटक म्याद थपको तयारी
यसैबीच सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेमाथि प्रहरीले अनुसन्धान गर्ने क्रम जारी छ । कास्की जिल्ला अदालतले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न दिएको ६ दिनको समय पुरा भएपछि म्याद थप गर्न पुन अदालत लैजाने तयारी प्रहरीले गरेको बुझिएको छ।
बिहीबार उनलाई म्याद थपका लागी अदालतमा उपस्थित गराउने तयारीमा कास्की प्रहरी रहेको छ कास्कीका प्रहरी प्रमुख तथा एसपी श्यामबावु ओलियाका अनुसार बिहिबार दोस्रोपटक म्याद थप गर्न अदालतको अनुमति लिईने छ भने अन्य अनुसन्धानको प्रक्रिया चलिरहेको छ ।
रास्वपा सभापति लामिछाने कार्तिक २ गते वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ परेका हुन् । सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशीलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनको बयान पोखरामा मात्र नभएर रुपन्देहीमा समेत लिईएको छ जोशीलाई रुपन्देहीबाट पोखरा ल्याईने भएको प्रहरीले जनाएको छ भने लामिछाने लाई थप बयानको लागि रुपन्देही समेत लगिने बताईएको छ