
पोखरा भाद्र १५
काठमाङौका फोटोग्राफर बरिष्ठ फोटोग्राफर तथा सिनेमाटोग्राफर मञ्जुकुमार श्रेष्ठलाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कारबाट सम्मान गरिएको छ ।
पोखरा फोटोग्राफर संघको ४४ औं साधारण सभाको अवसर पारेर श्रेष्ठलाई उक्त सम्मान प्रदान गरिएको हो । उहांलाई नगद रु २५ हजार ५ सय ५५ रुपैयाँ सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो । फोटोग्राफी तथा सिनेमाको क्षेत्रमा लामो समय देखि उल्लेख्य योगदान पु¥याउदै आएका श्रेष्ठ बरिष्ठ सिनेमाटोग्राफर हनुहुन्छ । उहाले जिवनरेखा,बिश्वास,मायालु,सन्तान,तिलहरी,कन्यादान,बाडुली,लोभिपापी,परिवार,अधिकार,गोपिकृष्ण,संकल्पसम्पिति,पुकार,प्रेमपिण्ड,अर्पण,टुहुरो,महामाया,झझल्को,दाजुभाई,राजमति,बरपिपल,सिउँदोको सिन्दुर लागाएत दर्जनौ फिल्म तथा डकुमेन्ट्रीहरु छायाँकन तथा निर्देशन गरिसक्नु भएको छ । उहांले पछिल्लो समय आफुसंग भएको ज्ञान फोटोग्राफरहरुका लागि तालिम र अन्तरकृयाका माध्यमवाट प्रदान गर्दै आउनु भएको छ ।
सम्मान ग्रहण पश्चात श्रेष्ठले फोटोग्राफर संघ सम्पूर्ण फोटोग्राफरहरुको आस्था र विस्वासको संस्था रहेको बताउदै यस्ता संघ संस्थाहरु मार्फत फोटोग्राफीलाई अघि बढाउन सजिलो हुने कुरा बताउनु भयो साथै पोखरा फोटोग्राफर संघले आफुलाई सम्झेर सम्मानित गरेकोमा निकै नै हर्षित भएको उहांले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका पर्यटन तथा उद्योग मन्त्री माननिय मित्रलाल बस्यालले फोटोग्राफी क्षेत्रका धरोहर ब्यक्तित्वलाई सम्मान गर्ने परिपाटीको खुलेर प्रशंशा गर्नुभयो फोटोग्राफीका माध्यम वाट देशमा पर्यटनको प्रचुर सम्भावना रहेकोले सबै फोटोग्राफरहरुलाई यस पेशाप्रति खुलेर लाग्न आग्रह गर्र्नुभयो ।
कार्यक्रममा नेपाल फोटोग्राफर महासंघका उपाध्यक्ष तथा प्रतिभा छनोट समितिका संयोजक दुर्गा प्रसाद पौडेलले सन्मानित व्यक्तित्व मञ्जु कुमार श्रेष्ठको जिवनी बारेमा बताउदै प्रतिभा छनोट प्रकुयाका बारेमा बताउनु भएको थियो । साथै पुरस्कृत ब्यत्ति मञ्जु कुमार श्रेष्ठको बायोग्राफीको भिडियो समेत प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै बिशेष अतिथि कैलाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खडानन्द अधिकारीले फोटोग्राफी विधा आजको निकै आवश्यकता भएको बताउनुभयो । साथै उहाले अहिले आर्टिफिसियल प्रविधिमा प्रवेश गरिसकेको र फोटोग्राफीका बारेमा तालिम आवश्यक भएमा त्यसका लागी सहकारी सहयोग गर्न तयार रहेको समेत बताउनुभयो । त्यसै गरि अर्का बिशेष अतिथि फोटोग्राफर संघ गण्डकीका अध्यक्ष नारायण बहादुर के. सीले फोटोग्राफरहरु माझ एकता ,भाइचारा र बिभिन्न जिल्लाका फोटोग्राफरहरु विच आपसी चिनजान गर्नमा ठूलो भुमिका खेलेको बताउनुभयो ।
सो कार्यक्रममा शुभकामना महिला विकास संस्थाकी सचिव पुष्पा श्रेष्ठ, , सिद्धार्थटोल विकास संस्थाका अध्यक्ष भवानी माकाजु, कपडा ब्यवसायी एशोशियसन कास्की उपाध्यक्ष चोक गुरुङ, पूर्व अध्यक्षहरु राममणि पौडेल, बलराम शर्मा, फोकस बुलेटिन संयोजक घनश्याम पौडेल ,चितवन फोटोग्राफी संघका अध्यक्ष हरि पन्त, पर्वत फोटोग्राफर संघका अध्यक्ष विजय जैसी, काठमाडौं फोटोग्राफर संघका अध्यक्ष हरि प्रसाद घिमिरे, निर्वतमान अध्यक्ष रामचन्द्र पोख्रेल, पोखरा फोटोग्राफर संघका संरक्षक तथा रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कारका अक्ष्यकोष दाता गणेश छवि लगाएतले सुभकामना मन्तब्य राख्नु भएको थियो । साथै कार्यक्रममा संस्थाले सधै झै यस बर्ष पनि प्रकासन गरेको फोकस बुलेटिन बिमोचन सहित नयां बनेका आजिवन तथा साधारण सदस्यहरुलाई सम्मान साथै आफ्ना सदस्यका १२ कक्षा उत्र्रीण भएका छोरा छोरीहरुलाई सम्मान गरेको थियो ।
कार्यक्रममा पोखरा फोटोग्राफर संघका सचिव लक्ष्मीपति पौडेलले वार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए भने संघका कोषाध्यक्ष अग्निधर तिम्सिनाले यस आर्थिक वर्ष को आयव्याय प्रतिवेदन गर्नुभएको थियो । पोखरा फोटोग्राफर संघ पोखरा नेपालका अध्यक्ष भक्त तामाङ को अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष नन्दकला पौडेलले स्वागत तथा सचिव लक्ष्मीपति पौडेलले संचालन गर्नु भएको थियो ।






