एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल पाकिस्तानसँग पराजित

-


     केन्द्रीय आवाज    
     श्रावण ६ गते २०८१ मा प्रकाशित


श्रावण ६ ,पोखरा
नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल दोस्रो खेलमा पाकिस्तानसँग पराजित भएको छ ।
नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १०९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले २० ओभर पूरै खेलेर ६ विकेटको क्षतिमा १०८ रन बनाउन सफल भएको थियो ।
जवाफी ब्याटिङ गर्दै पाकिस्तानले १ विकेटको क्षतिमा नेपालले दिएको लक्ष्य पूरा गरेको हो ।