
नेकपा ९एमाले० तनहुँको मङ्गलबार राति सम्पन्न दशौँ निर्वाचनको मतगणना अनुसार निर्वाचित पदाधिकारीहरु सामूहिक तस्बिरमा । अधिवेशनले हरिराज कंडेलको अध्यक्षतामा नयॉ कार्यसमिति चयन गरेको छ । तस्बिर : कृष्ण न्यौपाने/ रासस
२ जेठ तनहुँ
नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी भएका छन । मङ्गलबार राति सम्पन्न अन्तिम मतपरिणाम अनुसार २ सय ९२ मत प्राप्त गरी उनी विजयी भएका हुन ।
अध्यक्षका प्रतिस्पर्धी विष्णुभक्त सिग्देलले २ सय ४ मत प्राप्त गरेको निर्वाचन कमिटीका अध्यक्ष पदमलाल लामिछानेले जानकारी दिए । यसैगरी, उपाध्यक्षमा राजेश्वर ढकाल, सचिवमा प्रदीपराज अधिकारी, उपसचिव खुलामा खिमबहादुर कुमाल, उपसचिव महिलामा सुनिता नेपाली विजयी भएको निर्वाचन कमिटीले जनाएको छ ।
अधिवेशनले ९९ सदस्यीय जिल्ला कमिटी र पाँच सदस्यीय लेखा कमिटी समेत निर्वाचित गरेको छ । कुल ५ सय ८५ मतदातामध्ये ५ सय ६० जनाले मतदान गरेको जनाईएको छ । रासस




