समाचार

बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने

काठमाडौँ, २ जेठसरकारले बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका आवश्यक पहल गर्ने बताएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा पेस गर्नुभएको सरकारको आगामी आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रममा बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका आवश्यक पहल गर्ने उल्लेख गरेको छ । बैंक तथा वित्तीय संस्थाका समस्या समाधानका लागि कानुनी तथा नीतिगत प्रबन्ध र केही नयाँ व्यवस्थासमेत कार्यन्वयन गर्ने नीति सरकारले लिन लागेको हो… पुरा पढौ

नेकपा (एमाले) तनहुँको अध्यक्षमा कँडेल विजयी

२ जेठ तनहुँनेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी भएका छन । मङ्गलबार राति सम्पन्न अन्तिम मतपरिणाम अनुसार २ सय ९२ मत प्राप्त गरी उनी विजयी भएका हुन । अध्यक्षका प्रतिस्पर्धी विष्णुभक्त सिग्देलले २ सय ४ मत प्राप्त गरेको निर्वाचन कमिटीका अध्यक्ष पदमलाल लामिछानेले जानकारी दिए । यसैगरी, उपाध्यक्षमा राजेश्वर ढकाल, सचिवमा प्रदीपराज अधिकारी, उपसचिव खुलामा खिमबहादुर कुमाल, उपसचिव महिलामा सुनिता नेपाली विजयी भएको निर्वाचन कमिटीले जनाएको छ । अधिवेशनले ९९ सदस्यीय जिल्ला कमिटी र पाँच सदस्यीय लेखा… पुरा पढौ

राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौँ, १ जेठसङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । बैठकको शुभारम्भमा राष्ट्रपति पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकारको आगामी आवको नीति तथा कार्यक्रम पेस गरेका छन् । राष्ट्रपतिबाट सरकारको वार्षिक बजेटअघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास रहँदै आएको छ । संयुक्त बैठकका विशेष अतिथिका रुपमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्वसभामुख अग्निप्रसाद सापकोटा, संवैधानिक… पुरा पढौ

बर्षा लागे संगै फेवाताल सरसफाइ अभियानको बर्षा लागे संगै फेवाताल सरसफाइ अभियान शुरु ।

बैशाख ३१ पोखराबर्षादको समय सुरु हुनलागे संगै फेवातालमा बढ्दै गएको जलकुम्भी झारका नियन्त्रणका लागि सरसफाइ अभियान शुरु गरिएको छ ।आईतवार वातावरण संरक्षणका लागि महाअभियान कास्कीको आयोजनामा ‘वातावरण एवं सम्पदा संरक्षणमा नागरिक खबरदारी’ को नारासहित अभियान सुरु गरिएको हो ।पोखरा महानगरपालिका–१८ खपौदी ढल्केबरबाट डुङ्गा तथा अन्य साधनको मद्दतमा ताललाई ढाकेको जलकुम्भी झार बाहिर निकाल्न सुरु गरिएको छ ।वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक एवं नागरिक अभियन्ता रामबहादुर पौडेलले अभियान कम्तीमा दुई साता निरन्तर चल्ने जनाए ।सरसफाई अभियानमा नेपाली सेना, सशस्त्र प्रहरीबल,… पुरा पढौ

पुम्दीकोटको शिव मूर्ति गण्डकी क्षेत्रकै आकर्षणः प्रदेश प्रमुख भट्ट

पोखरा, ३१ वैशाख ।गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पोखराको पुम्दीकोट स्थित शिव मूर्ति गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको बताए ।यहाँको प्रमुख पर्यटकीय आकर्षण बनिरहेको पुम्दीकोटमा आइतबार अवलोकन गर्दै प्रदेश प्रमुख भट्टले विशाल शिव मूर्ति आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दा पर्यटनलाई टेवा पुगेको बताउदै सरकारले पोखरालाई पर्यटनको राजधानी घोषणा गरिसकेको सन्दर्भमा यस्ता पर्यटकीय गन्तव्यले अझ महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । ‘विशाल मूर्तिले यहाँ पर्यटकको बसाइ लम्ब्याउनुका साथै धार्मिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बनाउन सहयोगी समेत बनेकोमा खुशी… पुरा पढौ

नर्सहरूको सेवा सुविधामा एकरूपता ल्याईने ः प्रधानमन्त्री प्रचण्ड

३० वैशाख काठमाडौँप्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताएका छन् । चौधौँ राष्ट्रिय नर्सिङ सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नर्सहरूको सेवा–सुविधा सन्तोषजनक एवं एकरूपता नभएकाले त्यसलाई सुधार गर्नुपर्ने बताएका छन् । नर्सहरूको सेवा–सुविधामा एकरूपता छैन, निजी अस्पताल, निजी नर्सिङ कलेज, नर्सिङ होममा सरकारको न्यूनतम पारिश्रमिकसरह सेवा सुविधाको सुनिश्चिता हुनुपर्छ”, प्रधानमन्त्री दाहालले भने, “उत्पादित जनशक्तिलाई स्वदेशमै रोजगारीको व्यवस्थाका निम्ति आवश्यक नीतिगत प्रबन्ध गरिनेछ ।” पछिल्लो समय स्वास्थ्य सेवा प्रवाह र सेवा बिस्तारका क्षेत्रमा नेपालले… पुरा पढौ

गण्डकी प्रदेशका कला, साहित्यको प्रचारप्रसारमा लाग्नु प¥यो ः मुख्यमन्त्री

बैशाख ३०,पोखरागण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशका कला र साहित्यलाई विश्वभर फैलाउन प्रचारप्रसारमा लाग्नुपर्ने बताएका छन् ।गण्डकी प्रज्ञा प्रतिष्ठान पोखराको तेस्रो स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले त्यस्तो बताएका हुन् ।उनले देशमा ख्याति प्राप्त लेखनाथ पौडेल, भानुभक्त आचार्य, माधव घिमिरे जस्ता स्रष्टाहरु यसै क्षेत्रमा जन्मीएको हुंदा, गण्डकी प्रदेश कला, साहित्यमा निकै धनी रहेको समेत बताए । साथै मुख्यमन्त्री अधिकारीले लोक संस्कृतिमा समेत धनी मानिएको गण्डकी प्रदेशलाई कला र साहित्यमा अगाडि बढाउँदै विश्वभर फैलाउन जरुरी रहेको बताए… पुरा पढौ

नेपाल स्वयंसेवी रक्तदाता समाजको साधारण सभा तथा अधिवेशन सम्पन्न ।

२९ बैशाख,पोखरा“दान गरिएको रगतको प्रत्येक थोपामा जिवन बगेको हुन्छ, प्रत्येक स्वस्थ्य युवायुवतीहरुले आफ्नो १८ औं जन्मोत्सवसंगै रक्तदानको शुभारम्भ गरौं ” “ रक्तदान नै जिवन दान हो ” भन्ने मुलमन्त्रका साथ स्थापित नेपाल स्वयंसेवी रक्तदाता समाजको प्रारम्भिक अधिवेशन सम्पन्न भएको छ । संस्थाका केन्द्रिय अध्यक्ष तथा रक्त सम्राट प्रेमसागर कर्माचार्य को प्रमुख आतिथ्यतामा कार्यक्रम संचालन भएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कर्माचार्यले रगतको अभावबाट कसैले अकालमा ज्यान गुमाउन नपरोस भनेर समाजमा डटेर लागेको र देशभर ३८ शाखा स्थापना गर्न सकिएको… पुरा पढौ

संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँ ः नेता निधि

२९ वैशाख जनकपुरधाम नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने बताएका छन् । निधिले जनकपुरमा सञ्चारकर्मीहरुसँग संक्षीप्त कुराकानी गर्दै वर्तमान सत्तापक्षले सहकारी ठगी प्रकरणका विषयमा छानबिन समिति बनाउन नदिएको आरोप लगाए । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने माथि लागेको सहकारी ठगी प्रकरणको आरोप सत्य हो वा होइन भन्ने विषयको संसदीय छानबिन मार्फत छिनोफानो हुनुपर्ने कुरामा उनको जोड थियो । गृहमन्त्री लामिछानेले संसदमा स्पष्टीकरण दिएर मात्र नहने बताउदै त्यसका लागि संसदीय… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्ड ः अर्जुन र सुस्मिता उत्कृष्ट खेलाडी

बैशाख २९,पोखरा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्टस् अवार्डमा पुरुषतर्फ अर्जुन र महिलातर्फ सुस्मिता वर्ष खेलाडी घोषित भए । उनीहरुले जनही एक÷एक थान स्कुटर, ट्रफी र मेडल पुरस्कार प्राप्त गरे । वर्ष उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा अर्जुनसहित भलिबलका हिमाल सुनारी र टेनिसका प्रदीप खड्का परेका थिए । यसैगरी महिलामा सुस्मितासहित आर्चरीकी अनुस्का शेरचन र भलिबलकी अरुणा शाही मनोनयनमा थिए । उत्कृष्ट प्रशिक्षकको अवार्ड भलिबलका रमेश केसीले प्राप्त गरे । उनीसँगै मनोनयनमा परेका टेनिसका नीरज… पुरा पढौ