
२९ बैशाख,पोखरा
“दान गरिएको रगतको प्रत्येक थोपामा जिवन बगेको हुन्छ, प्रत्येक स्वस्थ्य युवायुवतीहरुले आफ्नो १८ औं जन्मोत्सवसंगै रक्तदानको शुभारम्भ गरौं ” “ रक्तदान नै जिवन दान हो ” भन्ने मुलमन्त्रका साथ स्थापित नेपाल स्वयंसेवी रक्तदाता समाजको प्रारम्भिक अधिवेशन सम्पन्न भएको छ ।

संस्थाका केन्द्रिय अध्यक्ष तथा रक्त सम्राट प्रेमसागर कर्माचार्य को प्रमुख आतिथ्यतामा कार्यक्रम संचालन भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कर्माचार्यले रगतको अभावबाट कसैले अकालमा ज्यान गुमाउन नपरोस भनेर समाजमा डटेर लागेको र देशभर ३८ शाखा स्थापना गर्न सकिएको बताए । उनले गत साता मात्रै आफुले बझाड.मा १७८ औं पटक रक्तदान सहित बझाड.मा ३८ औ शाखा बिस्तार गरेर आएको स्मरण गरे ।
साथै उनले अझै पनि युवा पुस्तामा रक्तदान गर्नुपर्छ भन्ने धारणको बिकाश भै नसकेको बताउदै आफु बिभिन्न जिल्लामा गई उत्प्रेरणका लागि रक्तदान गर्ने गरेको बताए ।

साथै कार्यक्रमका बिशिष्ठ अतिथि प्रहरी तालिम केन्द्र गण्डकी प्रदेशका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक मुकुन्द मरासिनीले सधै लिने मात्र सोच रहेको समाजमा दिने सोच र सकरात्मक भावना ओतप्रोत भएको जमात देख्दा आफुलाई खुशी लागेको बताए ।
साथै उनले यस प्रकारको सकरात्मक सोचले सभ्य समाज निमार्ण गर्ने कुरामा आफु बिश्वस्त रहेको समेत बताए । उनले यसरी निस्वार्थ भावमा स्वस्फुर्त रुपमा लागेका अभियान्तहरुलाई हार्दिक धन्यवाद दिदै संस्थाले गरेको काम र समाजमा देखिएको यस प्रकारको सकरात्मक कदममा आफु प्रभावित भएको बताउदै यो मानवीय सेवाको यात्रामा आफुपनि सहभागि हुने बताए ।
त्यसैगरि नेपाल रेडक्रस सोसाईटी कास्की शाखाका सभापती डण्डराज शर्माले रक्तदान नै जिवन दान हो भन्ने मुलमन्त्रका साथ स्थापित नेपाल स्वयंसेवी रक्तदाता समाजले मानिसको जिवन रक्षाका लागि महान सोचले गरेको कामको उच्च सम्मान ब्यक्त गरे ।

त्यसै गरिै संस्थाका अध्यक्ष दिपेन्द्र अधिकारीले दाताको उदारताले बनेको रक्षाको पुल र बिरामीहरुको सवैभन्दा कम्जोर घडीमा दिईएको जिवन रेखा रहेको र सवैको सकरात्मक साथ र सहयोगका लागि आफु आभारी रहेको बताए ।
नेपाल स्वयंसेवी रक्तदाता समाजले दुर्लभ रगत देखि अत्यावश्यक रगतको प्रवन्ध मिलाउदै आएको छ । यो एक स्वयंसेवी संस्था हो जस्ले आपत बिपतका बेलामा समाजका हरेक समुदाय लाई सहयोग पुरयाउदै आएको छ ।
कार्यक्रममा प्रादेशिक रक्त संचार सेवा पोखराका प्रमुख अर्जुन ज्ञावली ,नेपाल औषधी ब्यवसायी संघका केन्द्रिय सदस्य गोपाल अधिकारी, संस्थाका सल्लाहकार स्वर्णराज पन्त , नेपाल रेडक्रस सोसाईटी हेम्जा शाखाका सभापति नेत्रपाणि भण्डारी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

साथै कार्यक्रम स्थल मै स्वस्फुर्त रुपमा जन्मदिनको उपलक्ष्यमा संस्थाका सल्लाहकार स्वर्णराज पन्त लगायतका रक्तदाताहरुले रक्तदान समेत गरेका थिए ।
संस्थाका अध्यक्ष दिपेन्द्र अधिकारीको सभापतित्वमा आयोजित कार्यक्रममा पुर्व अध्यक्ष एबम संस्थाका सल्लाहकार जितेन्द्रमान शाक्यले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम संचालन संस्थाका सदस्य बिशाल अर्यालले गरेका थिए ।
साथै दीपेन्द्र अधिकारीको नेतृत्वमा ११ सदस्यीय नया कार्यसमिति समेत सर्वसम्मत चयन गरियो । जस अन्र्तगत उपाध्यक्ष उपेन्द्र अधिकारी, सचिब विशाल अर्याल, कोषाध्यक्ष लेखनाथ रेग्मी रहेका छन भने कार्यसमिति सदस्यहरुमा सुमन सापकोटा,महादेव अधिकारी,हिरामणी भूषाल,रामचन्द्र बगाले,कृष्ण खड्गा,प्रबोध महतो कोइरी र कृष्ण के.सी. रहेका छन ।






