संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँ ः नेता निधि

-


     केन्द्रीय आवाज    
     वैशाख २९ गते २०८१ मा प्रकाशित


२९ वैशाख जनकपुरधाम

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने बताएका छन् ।

निधिले जनकपुरमा सञ्चारकर्मीहरुसँग संक्षीप्त कुराकानी गर्दै वर्तमान सत्तापक्षले सहकारी ठगी प्रकरणका विषयमा छानबिन समिति बनाउन नदिएको आरोप लगाए । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने माथि लागेको सहकारी ठगी प्रकरणको आरोप सत्य हो वा होइन भन्ने विषयको संसदीय छानबिन मार्फत छिनोफानो हुनुपर्ने कुरामा उनको जोड थियो ।

गृहमन्त्री लामिछानेले संसदमा स्पष्टीकरण दिएर मात्र नहने बताउदै त्यसका लागि संसदीय छानबिन समिति गठन नै एक मात्र निकास रहेको निधिको दावी रहेको छ । छानबिन समिति गठन गर्न सरकार तयार नभएसम्म सदन चल्न नदिने अडान दोहोर्याउँदै उनले सांसदहरुले जनसरोकारका विषय सदनमा उठाउन नपाएपछि सदनको बैठक बस्नुको कुनै अर्थ नरहेको स्पष्ट पारे ।
चितवन, भैरहवा तथा पोखरामा सहकारीमा भएका अनियमितताबारे प्रहरीले छानबिन समेत गरेको नेता निधिले उल्लेख गरे । फरक प्रसङ्गमा उनले मुलुकभरिका आगलागी पीडितलाई सरकारी पक्षबाट आवश्यक सहयोगका लागि उनले आग्रह गरे ।