समाचार

गण्डकीका मुख्यमन्त्रीको हैसियत कामचलाउ

बैशाख २९ पोखरासर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर गर्ने निणर्य तत्काल नगर्न नगराउन अन्तरिम आदेश गरेको हो । सोही विषयमा आगामी जेठ ८ गते पेसी तोक्दै अग्राधिकार दिनेसमेत आदेश गरेको छ । आदेशमा भनिएको छ, “मुख्यमन्त्रीको पद कायम रहने वा नरहने विषयमा र प्रदेशसभाको मुख्यमन्त्री नियुक्ति प्रयोजनका लागि संविधानले तोकेको बहुमत सङ्ख्या कति हो सो प्रश्नसमेतको न्याय निरुपण हुने… पुरा पढौ

अमेरिका पठाइदिने भन्दै साढे पाँच करोड ठगी गर्ने गिरोह पक्राउ

बैशाख २८ गते काठमाडौँकाठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग रु पाँच करोड ५० लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ घर भइ हाल काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–११ कपन बस्ने ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोक साविक कर्थली गाविस–१ घर भई हाल काठमाडौँ गोकर्णेश्वर–५ जोरपाटी बस्ने ४२ वर्षीय ङिमबुटी शेर्पा तथा सन्धुपाल्चोक जुगल गाउँपालिका–१ घर भई हाल गोकर्णेश्वर–५ जोरपाटी बस्ने १९ वर्षीया निमा शेर्पा… पुरा पढौ

एमालेलाई बलियो बनाउनुको विकल्प छैन ः मुख्यमन्त्री अधिकारी

फाईल तस्बिर
बैशाख २८,तनहुँ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पार्टी सङ्गठनलाई बलियो बनाउनुको विकल्प नरहेको बताएका छन् ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको दशौँ जिल्ला अधिवेशनको उद्घाटन समारोहमा उनले एमालेको सङ्गठनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका हुन ।नेकपा (एमाले)का स्थायी कमिटी सदस्य रहेका अधिकारीले पार्टीभित्र गुट, उपगुट नरहेकाले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न आग्रह गरे ।उनले पार्टी सुदृढ, बलियो बनाउँदै देशको ठूलो पार्टी बनाउनेतर्फ सबै नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताए ।एमालेको नेतृत्वमा सुखी नेपाली, समृद्ध नेपाल अभियान साकार हुने बताउँदै मुख्यमन्त्री अधिकारीले सोही दिशातर्फ… पुरा पढौ

पोखरामा नेपाल–चीन संयुक्त फार्मास्युटिकल कन्फेरेन्सको विस्तारित कार्यक्रम पोखरामा ।

बैशाख २८ पोखरा वैशाख २५ देखि २९ गतेसम्म काठमाडौँमा सञ्चालन भैरहेको नेपाल–चीन संयुक्त फार्मास्युटिकल कन्फेरेन्सको विस्तारित कार्यक्रम पोखरामा सम्पन्न भयो । पोखरा विश्वविद्यालयअन्तर्गत स्कूल अफ हेल्थ एण्ड अलाइड साइन्सेजको संयोजनमा भएको कार्यक्रममा नेपाल र चीनका फार्मास्युटिकल साइन्स सम्बन्धित प्राज्ञिक तथा विज्ञ सहभागी थिए । नेपालका प्रा.बालमुकुन्द रेग्मी तथा चीनका प्रा. झीवेन चाङको संयुक्त अध्यक्षतामा सञ्चालित कार्यक्रममा पोखरा विश्वविद्यालय स्कूल अफ हेल्थ एण्ड अलाइड साइन्सेजकी निर्देशक विमला भट्टले यस प्रकारका कार्यक्रमले दुई देशका फार्मास्युटिकल साइन्सेज विषयका विज्ञ तथा अनुसन्धाताबीचका सहकार्यका थप… पुरा पढौ

सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब रु एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने ।

२८ वैशाख, काठमाडौँ, नेपाल सरकारले विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने अमेरिकी डलर ९०,२४,३१२ (करिब रु एक अर्ब २० करोड) बराबरको अनुदान सहायता स्वीकार गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले इजरायल घटनामा परी निधन भएका ६ नेपालीको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्बन्धित ठेगानासम्म पुर्याउँदा लागेको कूल खर्च रु २८ लाख ३६ हजार आठ सय ३४ सम्बन्धित पक्षलाई भुक्तानी… पुरा पढौ

राष्ट्रियसभाः संसदीय छानबिन समीति गठन गर्न प्रमुख प्रतिपक्षको माग

बैशाख २८ गते काठमाडौँ२८ वैशाखः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको सहकारीको रकम अनियमितताका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा दलका तर्फबाट धारणा राख्दै नेता सिटौलाले उक्त समिति गठन नभए सदनका बैठक सञ्चालनमा सहजता नआउने स्पष्ट गरे । “संसदमा पटक–पटक संसदीय छानबिन समिति गठन गरौँ भनेर कुरा उठाउदै आएका छौँ”, उनले भने, “जहाँनिर शक्ति छ त्यहाँ छानबिन बन्द छ । गृहमन्त्रीको राजीनामा मागिएको छैन । कुरा… पुरा पढौ

आठौँ पोखरा स्पोर्ट्स अवार्डको, तयारी पुरा ।

पोखरा २७ वैशाख ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८० को सम्पूर्ण तयारी पुरा भएको छ । आयोजकले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर दिएको जानकारी अनुसार अवार्ड समारोह भोलि (शुक्रबार) दिउँसो २ः४५ बजेदेखि पोखरा सभागृह हलमा सुरु हुनेछ । वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार गरेर ७ विधामा अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष तथा मुल… पुरा पढौ

कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा कार्की नियुक्त आजै शपथ लिए ।

२७ बैशाख,विराटनगरकोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा ९५० बमोजिम आजै मुख्यमन्त्रीमा नियुक्त भएका उनले कोशी प्रदेश प्रमुख पुरशुराम खापुङ्गसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।उनी झापा निर्वाचन क्षेत्र ५ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचिन भएका हुन् ।कार्कीले आज नै सानो आकारको मन्त्रिपरिषद बनाएका छन ्। एमालेका उपनेता रामबहादुर राना र नेकपा माओवादी केन्द्रका गणेश उप्रेती ‘सुशील’ले पनि मन्त्रीको सपथ लिएका छन ्। तत्काल उनीहरूलाई कुनै मन्त्रालय दिइएको छैन… पुरा पढौ

कोशीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको आह्वान

बैशाख २७ गते पोखराकोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आव्हान गरेका छन् । बुधबार राति खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार २८गते शुक्रबार अपरान्ह ५ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेका हुन् । यसअघि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएकाले पदमुक्त भइसकेको दाबी गर्दै नयाँ सरकार गठनका लागि आह्वान गर्न भन्दै बुधबार नै निवेदन दिएका थिए । पुरा पढौ

त्रिविमा सङ्घीयताअनुरूप पुनःसंरचनाको गृहकार्य हुदै ।

२७ बैशाख काठमाडौँत्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ । विश्वविद्यालयका विगतका कार्ययोजना र उपकुलपति प्रा डा केशरजङ्ग बरालको सोचपत्रबमोजिम पुनःसंरचनाको गृहकार्य थालिएको हो । विश्वविद्यालयले क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयलाई थप जिम्मेवार बनाई परीक्षा प्रणालीमा विकेन्द्रीकरणको प्रक्रियालाई अझ सरलीकरण गर्ने निर्णय गरिसकेको छ । त्रिविका रजिष्ट्रार प्रा डा केदारप्रसाद रिजालले विश्वविद्यालयलाई प्रतिस्पर्धी, स्तरीय र विश्वकै महत्वपूर्ण शैक्षिक गन्तव्यको रुपमा विकसित गर्न तत्काल विश्वविद्यालयले भोगिरहेका शैक्षिक, प्रशासनिक, आर्थिक एवं व्यवस्थापकीय समस्याको दिगो र भरपर्दो समाधानका लागि पहल थालिएको बताए ।… पुरा पढौ