समाचार

सैनिक भुपजीत राईलाई मरणोपरान्त राष्ट्रसङ्घको सम्मान ।

जेठ १८ गते ,न्युयोर्कसंयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रसङ्घीय शान्ति सेनामा खटिएका नेपाली सुरक्षाकर्मी भुपजीत राईलाई मरणोपरान्त डयाग ह्यामरसोल्ड पदक प्रदान गरेका छन् । अन्तर्राष्ट्रिय शान्तिसैन्य दिवसका अवसरमा आज संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा आयोजित कार्यक्रममा महासचिव गुटेरेसले राईलाई प्रदान गरिएको उक्त पदक संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालाई हस्तान्तरण गरे । त्यस अवसरमा कर्तव्य निर्वाहका क्रममा दिवङ्गत हुनुभएका राईको साहस, प्रतिबद्धता र बलिदानको चर्चा गर्दै महासचिवले उनी शान्ति स्थापनामा खटिएका सबैका निम्ति प्रेरणाका रूपमा रहिरहने विश्वास व्यक्त गरे ।… पुरा पढौ

परमादेश पछि पाण्डे गण्डकीको मुख्यमन्त्री नियुक्त, विश्वासको मत पाउने सम्भावना क्षीण ।

पोखरा १६ जेष्ठगण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको हैसियतमा नेता पाण्डेलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सर्वोच्च अदालतले सोमबार ४८ घण्टा भित्र ठूलो दलको हैसियतमा पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो ।सर्वोच्च अदालतको परमादेशअनुसार पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरिएको हो । मुख्यमन्त्री पाण्डेले आजै साँझ पद तथा गोपनीयताको सपथ लिए । । यसअघिका… पुरा पढौ

आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्बको बजेट

काठमाडौँ, १५ जेठ : सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसद्मा बजेट वक्तव्य प्रस्तुत गर्दै कूल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१ दशमलव ३१ प्रतिशत पुँजीगततर्फ रु तीन खर्ब ५२ अर्ब ३५ करोड अर्थात् कूल विनियोजनको १८ दशमलव ९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु तीन खर्ब ६७ अर्ब २८ करोड अर्थात् १९ दशमलव ७४ प्रतिशत बजेट विनियोजन गरिएको… पुरा पढौ

बजेट वक्तव्यः भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना सञ्चालन गरिने

काठमाडौँ, १५ जेठः सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) मा एकीकृत विकासको अवधारणाअनुसार नमुना विकास अभियान सञ्चालन गर्न भरतपुर-बुटवल-पोखरा-भरतपुरलाई तीनवटा कोणमा राखी गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गरिने उल्लेख छ । यस परियोजनाअन्तर्गत निजी क्षेत्रसँगको साझेदारीमा औद्योगिक ‘इकोसिस्टम’ निर्माण गरी औद्योगिक पुनरुत्थान र गुणस्तरीय रोजगारी सिर्जना गरिने छ । गण्डकी… पुरा पढौ

बजेट वक्तव्यः विदेशबाट फर्किएका एक लाख ‘रिटर्नी’ लाई स्वरोजगार बनाइने

काठमाडौँ, १५ जेठः अन्तर्राष्ट्रिय श्रम रोजगारबाट फर्किएका एक लाख ‘रिटर्नी’लाई स्वरोजगार बनाइनेभएको छ । आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले श्रमिकलाई उचित र मर्यादित श्रम अभ्यास गर्ने हक सुनिश्चित गरिने उल्लेख गरे । अर्थमन्त्री पुनले प्रत्येक प्रदेशमा कम्तीमा एक हजार जनालाई सीपमुलक तालिम प्रदान गर्न रु ४३ करोड छुट्याइएको बताए । सरकारले श्रम तथा सामाजिक मन्त्रालयका लागि रु आठ अर्ब १० करोड बजेट विनियोजन गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत स्थानीय तहमा… पुरा पढौ

जनताले अनुभूत गर्ने गरी गणतन्त्रको कार्यान्वयन अपरिहार्यः प्रदेश प्रमुख भट्ट

पोखरा, १५ जेठ गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले जनताले अनुभूत गर्ने गरी गणतन्त्रको कार्यान्वयन अपरिहार्य रहेको बताउनुभएको छ । गण्डकी प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको विशेष समारोहका प्रमुख अतिथि उहाँले संविधान अनुरुप राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन भए मात्र यसको औचित्य स्थापित हुने उल्लेख गर्नुभयो । लोकतान्तिक गणतन्त्र स्थापना भएको १७ औं वर्ष प्रवेशको अवसरमा प्रदेशबासीमा हार्दिक शुभकामना व्यक्त गर्दै प्रदेश प्रमुख भट्टले गणतन्त्र जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल रहेको बताउनुुभयो… पुरा पढौ

सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम सपन्न गर्न सरकार प्रतिबद्ध छ ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १५ जेठप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पु¥र्याउन तथा सङ्क्रमणकालीन न्याय सम्बन्धीका बाँकी काम सपन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा उनले संविधानको मर्म र भावनालाई सम्बोधन गर्ने गरी द्वन्द्व व्यवस्थान र शान्ति स्थापनाका अधिकांश कार्य सम्पन्न भएको बताए । “संविधानले परिलक्षित गरेबमोजिम हामीले द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनाका अधिकांश कार्य सम्पन्न गरेका छौँ”, प्रधानमन्त्री दाहालले भने, “शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्याउन तथा सङ्क्रमणकालीन… पुरा पढौ

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा

१३ जेठ काठमाडौँनेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ । जलवायु परिवर्तनले हुने तापक्रम वृद्धिको असर हिमाली क्षेत्रमा बढी परेको छ । यसबाट हिउँ पग्लने, नयाँ हिमताल बन्ने, विद्यमान हिमालको आकार ठूलो हुने र हिमताल फुटेर बाढी आउने जोखिमसमेत बढेको छ । ‘जर्मनवाच’ नामक अन्तर्राष्ट्रिय संस्थाले सन् २०११ मा गरेको दीर्घकालीन जलवायु जोखिम सूचकाङ्क (२०००–२०१९) को अध्ययनअनुसार नेपाल जलवायु परिवर्तनका दृष्टिकोणबाट उच्च जोखिम भएका मुलुकमध्ये १०औँ स्थानमा छ । जलवायु परिवर्तनजन्य विपद्बाट नेपालले बर्सेनी मानवीय… पुरा पढौ

आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे

१३ जेठ काठमाडौँनेपालको संविधानअनुसार आर्थिक वर्ष २०८१÷२०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) यही जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने भए छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले आगामी आवको बजेट दुवै सदनको संयुक्त बैठकमा दिउँसो १ बजे अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्ने जानकारी गराए । उक्त बैठकका लागि दुवै सदनका सांसदलाई दिउँसो १२ः४५ बजेअघि नै उपस्थित हुन सभामुख घिमिरेले आग्रह गरे । पुरा पढौ

फोटोग्राफर संघ गन्डकीको अन्तरप्रादेशिक फोटोग्राफी अन्तरक्रिया सम्म्पन्न !

१३ जेष्ठ, पोखरा फोटोग्राफर संघ गन्डकीको आयोजनामा अन्तरप्रादेशिक फोटोग्राफी अन्तरक्रिया सम्पन्न भयो ।कार्यक्रम यहि जेस्ठ १०’११ र १२ तिन दिन सम्म सन्चालन भएको थियो । स्याङजाको पुतलीबजार, वालिङ, पाल्पा , रुपन्देही , कपिलबस्तु , नवलपरासी , नवलपुर र चितवनका फोटोग्राफर संघहरु बिच अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रम फोटोग्राफर मञ्च स्याङजा पुतलीबजार ईकाई , स्याङजा फोटोग्राफर मञ्च वालिङ , लुम्बिनी फोटोग्राफर संघ रुपन्देही र कपिल्वस्तु फोटोग्राफर संघ कपिलवस्तु को वुटवलमा , नवलपरासी फोटोग्राफर संघ नवलपरासी भुमही , नवलपुर फोटोग्राफर संघ… पुरा पढौ