आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे

-


     केन्द्रीय आवाज    
     जेठ १३ गते २०८१ मा प्रकाशित


१३ जेठ काठमाडौँ
नेपालको संविधानअनुसार आर्थिक वर्ष २०८१÷२०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) यही जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने भए छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले आगामी आवको बजेट दुवै सदनको संयुक्त बैठकमा दिउँसो १ बजे अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्ने जानकारी गराए ।

उक्त बैठकका लागि दुवै सदनका सांसदलाई दिउँसो १२ः४५ बजेअघि नै उपस्थित हुन सभामुख घिमिरेले आग्रह गरे ।