समाचार

पोखरालाई हरित सहर का रूपमा विकास गरिदै ।

४ बैशाख पोखरापोखरा महानगरपालिकालाई ‘स्वच्छ सहर ः हरित सहर’ का रूपमा विकास गर्न सम्भावित वृक्षरोपण क्षेत्र पहिचान तथा रणनीति तय गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका उपप्राध्यापक डा शेषकान्त भण्डारीको संयोजकत्वमा गठन गरिएको कार्यदलले सो कार्य अन्तिम चरणमा पुगेको जनाएको हो ।पोखरा महानगरको सहरी वन कार्यक्रमलाई सुदृढ गर्न र स्वच्छ सहर हरित सहरको लक्ष्य हासिल गर्न सम्भावित वृक्षरोपणस्थल पहिचान गर्ने, सहरी वन कार्यक्रम प्रवर्द्धन गर्न उपयुक्त वनस्पति प्रजाति पहिचान गर्ने र महानगर क्षेत्रमा… पुरा पढौ

स्थानीय र प्रदेश सरकारलाई सवल र सुदृढ बनाउन आवश्यक ः मुख्यमन्त्री अधिकारी

बैशाख ३,तनहुँ गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले स्थानीय र प्रदेश सरकारलाई सवल र सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।तनहुँको म्याग्दे गाउँपालिका–४ नारिङ्गेमा निर्माण भएको गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन समारोहमा स्थानीय तहलाई बलियो बनाउने कुरामा आफू सधैँ दृढ रहेको बताए ।मुख्यमन्त्री अधिकारीले भने, “स्थानीय तहलाई सवल र सुदृढ बनाउँदै प्रदेशलाई नजिकको सरकार बनाउने र सङ्घ सरकार मूल आयोजनामा केन्द्रित हुने अठोट र सङ्कल्प विस्तारै कार्यान्वयन हुँदै गएको छ ।”मुख्यमन्त्री अधिकारीले भाषणमा भन्दा काममा विश्वास गर्ने भएकाले गर्न सकिने कुरामात्रै बोल्ने… पुरा पढौ

उदाउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ सम्पन्न

बैशाख ३ गते ,महोत्तरी मिथिला क्षेत्रमा वासन्ती ( चैती) छठ आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य (अर्घ) दिँदै सम्पन्न भएको छ । पञ्चमी तिथिका दिन शनिबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत रहेका व्रतालुुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै यसपालिको चैती छठ पर्व सम्पन्न गरेका हुन् । वासन्ती छठ षष्टी तिथिमा निराहार व्रत र सप्तमीको सूर्योदयसँगै पारन (समापन) गरिन्छ । शरद र वसन्त ऋतु गरी वर्षमा दुई पटक मनाइने परम्पराको छठ पर्व यस वर्ष ९२०८०० को अब… पुरा पढौ

आजको मौसम“ मध्यान्हपछि हावाहुरीको सम्भावना”

३ बैशाख पोखराअहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।जसको प्रभावले आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर गण्डकी, कोशी र कर्णाली प्रदेशका पहाडी भूभागको थोरै स्थान र बाँकी पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यान्हपछि हावाहुरीको सम्भावना छ ।… पुरा पढौ

बिस्केटको ५५ हात लामो लिङ्गो ढालियो, भैरब भद्रकालीको रथ जुधाइयो

बैशाख २ भक्तपुरभक्तपुरको प्रसिद्ध बिस्केट जात्राको प्रमुख मानिने लिङ्गो शनिबार साँझ ढालिएको छ । तान्त्रिक विधिअनुरूप पूजा अर्चना गरी साँझ लिङ्गो ढालेपछिे जात्रा सम्पन्न गरिएको हो । बिस्केट जात्राको चौथो दिन साँझ भेलुखेलस्थित ल्यासिंखेलमा उठाइएको लिङ्गो पाँचौं दिनभर जात्रा, पूजा एवं बली दिएर ढालिएको हो । कूल ५५ हात लामो, नाङ्लो जत्रो फराकिलो लिङ्गो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ढालिएको हो । लिङ्गो ठड्याउनु अघि लिङ्गोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ वटा… पुरा पढौ

अघिल्ला अधिवेशन भन्दा संसदको यो अधिवेशन उपलब्धिमूलक ः सभामुख

बैशाख २ गते काठमाड.डौसभामुख देवराज घिमिरेले तुलनात्मक रुपमा अघिल्ला अधिवेशन भन्दा प्रतिनिधिसभाको तेस्रो अधिवेशन उपलब्धिपूर्ण भएको बताएका छन् ।प्रतिनिधिसभाको तेस्रो अधिवेशन अन्त्यका अवसरमा आज आयोजित बैठकमा उनले कानुन निर्माण, जनसरोकारका मुद्दा मुखरित गर्ने लगायतका कार्यमा तुलनात्मक रूपमा अघिल्ला अधिवेशन भन्दा तेस्रो अधिवेशन उपलब्धिपूर्ण रहेको बताएका हुन् ।सभामुख घिमिरेले अघिल्ला अधिवेशको तुलनामा तेस्रो अधिवेशन उपलब्धिपूर्ण भए पनि पर्याप्त भने हुन नसकेको बताए । राजनीतिक दलहरूबीचको उच्च समझदारी र विवेकपूर्ण निर्णयका आधारमा आगामी अधिवेशन अझै प्रभावकारी र परिणाममुखी हुने कुरामा उनी आशावादी… पुरा पढौ

मानव सेवा आश्रमका आश्रित लाई भोजन दान गर्दै यूनाइटेड क्लव पोखराको सप्ताह ब्यापी कार्यक्रम शुरु ।

१ बैशाख पोखरा यूनाइटेड क्लब पोखराले आफ्नो १४ औं वार्षिकोत्सवको अवसर पारी सप्ताहब्यापी कार्यक्रम शुरु गरेको छ । सप्ताहब्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन आजएक कार्यक्रमका बिच पोखरा २५ हेम्जामा रहेको मानव सेवा आश्रमका आश्रितहरुलाई भोजन दान गरी सप्ताहब्यापी कार्यक्रमको शुरुवात गरेको छ ।सो अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नं २५ का वडा अध्यक्ष तथा महानगरका प्रवक्ता मोतीराज तिमिल्सिनाले यूनाइटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काम गर्दै आइरहदा १४ औं वार्षिकोत्सव सम्म आइपुग्दा अतिनै श्रहानिय र उदारहणीय काम गरेको वताए ।… पुरा पढौ

सार्कलाई निरन्तर सहयोग गर्ने महासचिव गुटेरेसको प्रतिबद्धता

चैत २८ गते काठमाडौँसंयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०का महासचिव गोलाम सरवारले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेससँग राष्ट्रसङ्घीय मुख्यालय न्युयोर्कमा शिष्टाचार भेट गरेका छन् । सार्कका महसचिवलाई आफ्नो कार्यकक्षमा स्वागत गर्दै महासचिव गुटेरेसले विश्व जनसङ्ख्याको ठूलो हिस्सा ओगटेको सार्क क्षेत्रसँग संयुक्त राष्ट्रसङ्घले सहकार्य गर्न चाहेको बताए । उनले सार्कसँग साझेदारी गर्न आफू तयार रहेको बताउँदै निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । सार्क सचिवालयका अनुसार महासचिव सरवारले राष्ट्रसङ्घबाट सार्कलाई निरन्तर सहयोग एवं समर्थनप्रति प्राप्त… पुरा पढौ

तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक छ– प्रदेश प्रमुख भट्ट

२८ चैत्र पोखरागण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । स्थानीय, प्रदेश र केन्द्र सरकारबीच हुने सहकार्य सहअस्तित्व र साझेदारीले सङ्घीयता कार्यान्वयनमा महत्वपूर्ण योगदान पुग्ने उनले बताए । जिल्ला समन्वय समिति, कास्कीको सातौं जिल्ला सभाका प्रमुख अतिथि भट्टले मुलुक गणतन्त्र र सङ्घीयता कार्यान्वयनको चरणमा नै रहेकाले यसलाई सफल बनाउन सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए । उनले भने, ‘संविधानको मर्म र भावनाअनुसार तीनै तहको सहअस्तित्व, समन्वय र सहकार्यको भावना विकास… पुरा पढौ

मुलुकको विकास र सुशासनका लागि सबैको एउटै मूलमन्त्र हुनुपर्छ ः राष्ट्रपति पौडेल

धरान (सुनसरी), २७ चैतराष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिमा जो जसले गठबन्धन बनाए पनि मुलुकको विकास र सुशासन प्रवद्र्धनका लागि सबैको एउटै मूलमन्त्र र गठबन्धन हुनुपर्नेमा जोड दिए । आजदेखि यहाँ सुरु भएको १२ वर्षे कुम्भमेलाको उद्घाटन तथा उनको सम्मानमा गरिएको नागरिक अभिनन्दन ग्रहण गर्दै राष्ट्रपति पौडेलले निमुखा जनताको निर्बाध स्वतन्त्रता उपयोग गर्न पाउनुपर्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्रको दर्शनलाई सबैले आत्मसात् गर्न आग्रह पनि गरे । “जनता आफैँले बनाएको संविधानमा व्यवस्था भएका सबै अधिकारले निमुखा जनतालाई निर्बाध स्वतन्त्रता उपयोग गर्ने विषयलाई नै सङ्घीय… पुरा पढौ