समाचार

कूटनीतिक अधिकारीहरूसँग छलफल

जेठ ९ गते काठमाडौँकन्सुलर सेवा विभागले नेपाल स्थित एसियाली विकास बैंक, संयुक्त राष्ट्रसङ्घ र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयका कन्सुलर मामिला हेर्ने कूटनीतिक अधिकरीहरूसँग छलफल गरेको छ । मङ्गलबार भएको छलफलमा विभागका महानिर्देशक प्रकाशमणि पौडेलले कन्सुलर सेवालाई सहज रूपमा प्रवाह गर्न विभागले थालेका नयाँ कदमबारे जानकारी दिएका थिए । उनले कन्सुलरसम्बन्धी सेवाग्राहीलाई नेपाल सरकार, परराष्ट्र मन्त्रालयले गरेका सुधार तथा नयाँ व्यवस्थाबारे विस्तृत रूपमा जानकारी दिएका थिए । छलफलमा संयुक्त राष्ट्रसङ्घलगायत ती कूटनीतिक नियोगका ६० जनाभन्दा बढीको उपस्थिति थियो… पुरा पढौ

जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई बेलायतको सहायोग रहने ।

८ जेठ काठमाडौँसंयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउने बताएका छन् । नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री सुनकको कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा उनले उक्त कुरा बताएको लण्डनस्थित नेपाली राजदूतावासले जनाएको छ । त्यस अवसरमा प्रधानमन्त्री सुनकले आगामी दिनमा बेलायत र नेपालबीच व्यापार, लगानीलगायत आर्थिक सम्बन्ध तथा जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने बताए । उनले बेलायत र नेपालबीचको ऐतिहासिक सम्बन्धका विभिन्न आयामका बारेमा चर्चा गर्दै द्विपक्षीय सम्बन्धलाई… पुरा पढौ

भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन

८ जेठ महोत्तरीभङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ । भारतमा जारी लोकसभा निर्वाचनका सन्दर्भमा उक्त सेवा बन्द भएको थियो । महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुबनी र सीतामढीमा सोमबार निर्वाचन सम्पन्न भएपछि रेलसेवा प्रारम्भ भएको हो । नेपाल रेल्वे कम्पनी लिमिटेडले जेठ ५ देखि ७ गते सम्म रेलसेवा बन्द हुने जानकारी सार्वजनिक सूचना प्रकाशन गरेर दिएको थियो । सूचनमा रेल्वे सेवा पुनः साविकबमोजिम जेठ ८ गतेदेखि नियमित सञ्चालनमा आउने जानकारी दिइएबमोजिम आज बिहानदेखि सञ्चालन भएको हो… पुरा पढौ

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा

७ जेठ तनहुँतनहुँ सदरमुकाम दमौलीस्थित मुख्य चोकका ब्यवसायीक सटरमा गए राति भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गए राति १२ः४५ बजेदेखि आगलागी सुरु भएको थियो । आगलागीका कारण यहाँका करिब २० वटा सटर पूर्णरुपमा जलेका छन् । आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ । तीन घण्टाको प्रयासपछि आगलागी पूर्णरुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । तनहुँ जलविद्युत् आयोजना, मुग्लिन पोखरा सडक योजना, व्यास नगरपालिकाको गरी… पुरा पढौ

स्वास्थ्य सचेतना सगै पर्यटन प्रवद्र्धन गर्दै ल्वाड.घलेलमा कैलास ।

५ जेष्ठ,पोखरापोखराका फोटो ब्यवसायीहरु द्धारा संचालीत कैलाश बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्ना शेर सदस्यरुलाई स्वास्थ्य सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।आन्तरिक पर्यटन पर्वद्र्धनका साथै मानिसमा देखिएका दिर्घकालिन सुगर,ब्लडप्रेसर तथा थाईराईड रोगहरु कसरी लाग्छ र रोकथाप तथा औषधी उपचारका बारेमा के गर्नेर आफु कसरी स्वस्थ्य हुन सकिन्छ भन्ने कुराका बारेमा अन्तरक्रिया सम्पन्न भएको हो । कास्की माछापुच्छ्रे्र गाउपालिका ८ स्थित ल्वाङ्ग सामुदायीक होमस्टेमा संचालित कार्यक्रममा पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानका वरिष्ठ मधुमेह,थाईराईड तथा हर्मोन रोग बिशेषज्ञ डा अमृत… पुरा पढौ

१० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुनेछ ः प्रधानमन्त्री प्रचण्ड ।

४ जेठ काठमाडौँप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी सम्झौता भएको हुंदा निजी क्षेत्रलाई ढुक्क भएर विद्युत् उत्पादनमा लाग्न आग्रह गरेका छन् ।स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल ९इप्पान० को २२ औँ वार्षिक साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले १० हजार मेगावाट विद्युत् निर्यात गर्ने अवस्था समृद्धिको यात्राका लागि ऐतिहासिक उपलब्धि हुने विश्वास व्यक्त गरे । “छिमेकी राष्ट्र भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातका लागि दीर्घकालीन सम्झौता गरेका छौँ । त्यसैगरी भारतको प्रसारण… पुरा पढौ

एक लाख ७७ हजार पर्यटकले गरेर अन्नपूर्ण क्षेत्रको भ्रमण

३ जेष्ठपदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा एक लाख ७७ हजार एक सय ८२ विदेशी पर्यटक भित्रिएका छन् । गत चैतमा सबैभन्दा धेरै ३५ हजार दुई सय ६५ पर्यटकले सो क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । उक्त अवधिमा दक्षिण एसियाली मुलुकका ७९ हजार दुई सय ३२ र अन्य मुलुकका ९७ हजार नौ सय ५० पर्यटकले सो क्षेत्र घुमेका आयोजना प्रमुख डा रविन कडरियाले जानकारी दिए । यो भेगमा असोज–कात्तिक र चैत–वैशाख पदयात्राका लागि… पुरा पढौ

पेट्रोल र डिजेलको मूल्य घट्यो

३ जेष्ठ,पोखरानेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु ७ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु ५ घटाएको हो । मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक सय ७० र तेस्रो वर्गका लागि रु एक सय ७१ कायम भएको छ । डिजेल र मट्टितेल भने पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः एक सय… पुरा पढौ

मदन भण्डारी र जीवराज आश्रितको ३१औैं स्मृति दिवस कास्कीमा विशेष कार्यक्रम

जेष्ठ ३,पोखराआज मदन भण्डारी र जीवराज आश्रितको ३१औैं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो । सोही दिनको स्मरणमा नेकपा (एमाले)ले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ । यसैक्रममा नेकपा एमाले कास्कीले पनि आज जिल्ला पार्टी कार्यालयमा ‘नेपालको कम्युनिष्ट आन्दोलनमा मदन आश्रितको योगदान’ विषयक प्रवचन कार्यक्रम आयोजना गरेको छ ।… पुरा पढौ

नेविसंघको अधिवेशन तय , भदौ ७ मा निर्वाचन हुने ।

२ जेष्ठ पोखरानेपाल विद्यार्थी संघ (नेविसंघ) पृथ्वीनारायण क्याम्पस इकाई समितिको अधिवेशन आगामी भदौमा हुने भएको छ ।अधिवेशनअन्तर्गत जेठ ६ देखि २५ गतेसम्म संघको सदस्यता वितरण, असार १६ देखि साउन ११ गतेसम्म क्याम्सअन्तर्गत इकाई समिति, संकाय समिति र समन्वय समितिलाई पूर्ण दिइने र साउन १५ गते अभिलेख सार्वजनिक गरिने भएको छ । यसैगरी साउन २० देखि २७ गतेसम्म प्रतिनिधि छनोट, २८ गते प्रतिनिधिको सूची प्रकाशन, २९ गते प्रतिनिधि उपर दावी विरोध, ३० गते दाबी विरोधमाथि छानविन, ३२ गते प्रतिनिधिको सूची प्रकाशित… पुरा पढौ