समाचार

पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि सरस्वतीलाई ।

७ माघ पोखराअमरसिंह खेल मैदानमा जारी बाह्रौं पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको उपाधि सरस्वती आदर्श विद्या आश्रमले जितेको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनमा सम्पन्न विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधी संगै सरस्वती आदर्श विद्या आश्रमले नगद रु ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।प्रतियोगितामा वेसलाइन एकेडेमीले दोश्रो स्थान सहित नगद ३५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । त्यस्तै प्रतियोगितामा मेरिगोल्ड बोर्डिङ स्कुल र ज्ञान ज्योती विद्या कुञ्जले क्रमश तेश्रो र शान्तवना स्थान… पुरा पढौ

गीताञ्जली साहित्य परिवारको १५३ औ साधना प्रभात सम्पन्न ।

६ माघ पोखरागीताञ्जली साहित्य परिवार पोखराले १५३ औ साधना प्रभात एवम नियमित रचना वाचन कार्यक्रम सम्पन्न ग¥यो ।पोखरा १० स्थित गितामन्दिर परिसरमा रहेको संस्थाको सभाकक्षमा पोखराका  साहित्यकारहरुले आआफ्नो रचना बाचन गरेका थिए ।नवोदित बाल साहित्यकार देखि पोखराका बरिष्ठ साहित्यकारहरुले आ–आफ्नो रचना प्रस्तुत गर्ने थलोका रुपमा गीताञ्जली साहित्य परिवारले प्रत्येक महिनाको पहिलो सनिवार नियमित रुपमा कार्यक्रम आयोजना गर्ने गरिएको संस्थाका अध्यक्ष भानुभक्त भण्डारी ”क्षितिज” ले बताए ।कार्यक्रममा साहित्यकारहरुले देशको समसामयीक बिषयहरुको चित्रण देखि लिएर दुःख ,सुख र माया पिरतीका गुंथाहरु पस्केर… पुरा पढौ

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालनमा हुनेमा आशावादी – राष्ट्रपति रामचन्द्र पौडेल

२ माघ ,काठमाडौँ।राष्ट्रपति रामचन्द्र पौडेलले पोखरा र भैरहवा र अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालनमा हुनेमा आशा व्यक्त गरेका छन् । होटल संघ नेपाल (हान) ले काठमाडौँमा आयोजना गरेको सत्कार दिवसको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । राष्ट्रपति पौडेलले दुवै अन्तर्राष्ट्रिय विमानस्थलहरू पूर्णरूपमा सञ्चालनमा आए बढी भन्दा बढी विदेशी पर्यटकहरू भित्र्याएर मुलुकलाई समृद्ध बनाउन सकिने बताए । उनले अन्तर्राष्ट्रिय विमानस्थलहरू छिट्टै पूर्ण रूपमा सञ्चालनमा आउनेमा आफू आशावादी रहेको समेत बताए । उनले भने, ‘मुलुकका नवनिर्मित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलहरू पूर्ण सञ्चालनमा आई… पुरा पढौ

अरेलीकांडैले च्वास्स.. भोली शान्ति श्री परियारले पोखरा महोत्सव तताउदै ।

पोखरा २ माघ ।पोखराको अमरसिंह मैदानमा जारी बाह्रौं संस्करणको पोखरा महोत्सवमा भोली बुधबार चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियारले दिउँसोको कार्यक्रम मास्टेज तताउने भएकी छिन । त्यसैगरि सांझको लाइभ ब्याण्ड तर्फ मेलिना राइको प्रस्तुती रहने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले बताए । महोत्सवमा गायिका शान्ति श्री परियार संगै लोकदोहोरी कलाकारहरु जिवन दाहाल, तारापति सुवेदी, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, टेक क्षेत्री, लक्ष्मण सिंह ठकुरी, लिला पौडेल, सरला पाण्डे, सबिना गुरुङ, कमला सुनार लगायतको प्रस्तुती रहने छभने सांझको लाइभ ब्याण्डमा मेलिना… पुरा पढौ

मुग्लिन– नारायणगढ सडकखण्डका तीन पुल सञ्चालनमा ।

चितवन २ माघमुग्लिन– नारायणगढ सडकखण्डका तीन पुल सञ्चालनमा आएका छन् । रिग्द्धी, खोर र भोर्ले खोलामा निर्माण सम्पन्न भएका पुल आजदेखि सञ्चालनमा आएका हुन् । यससँगै तीनवटै पुल भएर गाडी गुड्न थालेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए । उनले पुलमा एक तह कालोपत्रको काम बाँकी रहे पनि गाडी गुड्न थालेको बताए । आचार्यका अनुसार सडकखण्डका १२ पुल सञ्चालनमा आइसकेका छन् । कुल १९ पुल मध्ये पहिलो चरणमा चार पुल निर्माण भएका… पुरा पढौ

सत्तासाझेदार दल आबद्ध राजनीतिक दलले आफ्ना उमद्धवार जिताउन आह्वान ।

२९ पौष काठमाडौंसत्तासाझेदार दल आबद्ध राजनीतिक दलले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तय भएका आफ्ना उम्मेदवारलाई विजयी बनाउन आह्वान गरेका छन् । सत्तासाझेदार दलकातर्फबाट आज एक अपिल सार्वजनिक गर्दै राष्ट्रियसभाको निर्वाचनका लागि प्रस्तुत उम्मेदवार सबैका साझा भएको उल्लेख गरिएको छ । “नेपालको संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरणका लागि हामीले यो राजनीतिक गठबन्धन निर्माण गरेका हौँ”, अपिलमा अगाडि भनिएको छ, “देशमा दिगो शान्ति, सुशासन, विकास, समृद्धि र सामाजिक न्याय प्राप्त गर्ने हाम्रो साझा लक्ष्य हो ।” अपिलमा ‘देशको उन्नतिका लागि… पुरा पढौ

कास्कीको कालिकामा नेपालकै ठुलो अर्धनारीश्वर शिव मूर्ती स्थापना गरिदै ।

पोखरा २९ पौषपोखरा महानगपालिका २८ स्थित कालिकाको चित्राकोटमा नेपालकै ठुलो अर्धनारीश्वर शिव मूर्ती स्थापना गरिने भएको छ ।बाईसेचौबिसे राजाले शासन गरेको ऐतिहाँसिक महत्व वोकेको चित्राकोटमा एक सय आठ फिट अग्लो मुर्ती निर्माण गर्न लागिएको हो । गहते दुरा रुख सामुदायीक वन उपभोक्ता समितिले आयोजना गरेको स्थानीय भेलामा सामाजिक अभियन्ता, तिमिल्सेना समाजका अध्यक्ष एवं अर्धनारीश्वर महादेव धार्मीक तथा पर्यटन क्षेत्र विकास समितिका संरक्षक दिपक तिमिल्सेनाले अर्ध नारीश्वर महादेव मन्दिर निर्माणका लागि तयार पारिएको डिपिआर वडा नं २८ का वडा अध्यक्ष श्रीकृष्ण… पुरा पढौ

पोखराका फोटोग्राफर हरुले भिडियो ईडिटिङ तालिम लिए !

२८ पौष,पोखरा पोखरा फोटोग्राफर सघ पोखराको आयोजनामा दुई दिने भिडियो ईडिटिङ तालिम सम्पन्न भयो ! तालिममा पोखरा, म्याग्दी लगायतका फोटोग्राफरहरु को सहभागिता रहेको थियो ! दुई दिने भिडियो ईडिटिङ तालिमको समापनका क्रममा तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका आर्थिक बिकास महाशाखा प्रमुख मनोहर कडरियाले प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रमलाई सम्वोधन गर्दै कडरियाले ब्यवसायीहरुले तालिममा सिकेका कुरालाई ब्यवहारमा उतार्नु पर्ने बताउदै यस किसिमका ब्यवसायीक प्रर्वद्धनका कार्यक्रमहरुमा महानगरले सधै साथ दिने बताए । पोखरा फोटोग्राफर सघ ले हरेक बर्ष… पुरा पढौ

नेपालमा पाँचतारे होटल अव १७ मात्र, चारले गरेनन नबिकरण ।

२७ पुस, काठमाडौं । नेपालमा नियमित नवीकरण भएका पाँच तारे होटलको संख्या १७ मात्र कायम हुन पुगेको छ । काठमाडौंका तीन र पोखराको एक पुुरानो पाँच तारे होटलले लाइसेन्स नवीकरण नगर्दा २१ बाट १७ मा झर्न पुगेको हो । पर्यटन विभागले नेपालमा दर्ता तथा नवीकरण भएका पाँच तारा डिलक्स तथा पाँच तारा होटलको विवरण सार्वजनिक गरेको छ । जसमा काठमाडौंमा सञ्चालित याक एण्ड यती, ¥याडिसन, एभरेष्ट र पोखराको द फू लबारी होटलको नाम उल्लेख छैन । विभागले पाँच तारा डिलक्स… पुरा पढौ

आजवाट पोखरा महोत्सव सुरु, पोखराबाट अन्तराष्ट्रिय उडान हुन नसक्नु दुखद कुरा – सभामुख घिमिरे

२६ पुष २०८०, बिहीबार पोखरा । बाह्रौं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । यूनाइटेड क्लबको आयोजनामा बिहीबार देखि बाह्रौं संस्करणको पोखरा महोत्सव सुरु भएको हो । पोखराको अमरसिंह खेल मैदानमा सुरु भएको महोत्सवको प्रतिनिधि सभाका सभामुख देबराज घिमिरेले उद्घाटन गरेका थिए । महोत्सवको उदघाटन गर्दै सभामुख घिमिरेले पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान नहुनुको कारण पोखरेली जनताले थाहा पाउनुपर्ने वताएका छन । ठूलो लगानीमा विमानस्थल निर्माण भएको भएतापनि सञ्चालनको एक वर्ष पुगि सक्दा नि अन्तराष्ट्रिय उडान हुन नसक्नु दुखद कुरा… पुरा पढौ