
२ माघ ,काठमाडौँ।
राष्ट्रपति रामचन्द्र पौडेलले पोखरा र भैरहवा र अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालनमा हुनेमा आशा व्यक्त गरेका छन् । होटल संघ नेपाल (हान) ले काठमाडौँमा आयोजना गरेको सत्कार दिवसको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
राष्ट्रपति पौडेलले दुवै अन्तर्राष्ट्रिय विमानस्थलहरू पूर्णरूपमा सञ्चालनमा आए बढी भन्दा बढी विदेशी पर्यटकहरू भित्र्याएर मुलुकलाई समृद्ध बनाउन सकिने बताए । उनले अन्तर्राष्ट्रिय विमानस्थलहरू छिट्टै पूर्ण रूपमा सञ्चालनमा आउनेमा आफू आशावादी रहेको समेत बताए ।
उनले भने, ‘मुलुकका नवनिर्मित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलहरू पूर्ण सञ्चालनमा आई मुलुकमा बढिभन्दा बढी विदेशी पर्यटकहरू भित्र्याउन सके समृद्धि छिट्टै हासिल गर्न कठिनाइ हुने छैन ।’
साथै राष्ट्रपति पौडेलले चाँडै नै एअर रुट खुल्ने कुरामा आफु विश्वस्त रहेको बताए ।
नेपालको विशिष्टता, प्राकृतिक सौन्दर्यता, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रवर्द्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारको रूपमा स्थापित गर्नुे उनले बताए । यस वर्ष १० लाख भन्दा बढी पर्यटक भित्रिसकेको सन्दर्भमा आगामी दिन अझ उत्साहजनक हुने कुरामा आफु विश्वस्त रहेको बताए ।




