समाचार

स्याड.जा टक्सार सुवेदी समाज नेपालको साधारण सभा ज्येष्ठ सदस्यलाई सम्मान गर्दै सम्पन्न ।

२७ माघ, कास्कीपुतलीबजार ६ टक्सार स्याड.जा जन्मस्थान तथा पुरख्यौली घर हुने नेपालभर छरिएर रहेका सुवेदीहरुको संस्था स्याड.जा टक्सार सुवेदी समाज नेपालले आफ्ना ज्येष्ठ सदस्यलाई सम्मान गर्दे संस्थाको छैटौें साधारण सभा सम्पन्न गरयो । कार्यक्रममा प्रमुख अतिथि सुवेदी कल्याण प्रतिष्ठान(सुकल्प) नेपालका कुलाधीपती देवी प्रसाद सुवेदीले सुवेदी बन्धुहरुको आत्मीयता र भावनात्मक सम्बन्ध गाढा बनाउन संस्थाको उद्धेश्य अनुरुप समाजका ज्येष्ठ सदस्यहरुको सम्मान सहित उच्च शिक्षा हासिल गर्ने संस्थाका सदस्यहरुको कदर गर्दै गरिएको सम्मान कार्यक्रमले आफु निकै प्रवावित रहेको बताए ।कार्यक्रममा ७० बर्ष माथिका… पुरा पढौ

पत्रकार महासंघ कास्कीका सचिव माधव बराल पुरस्कृत, मीना र हुम गुरुङ्गलाई सम्मान ।

२२ माघ, पोखरा ।नेपाल पत्रकार महासंघ कास्कीका सचिव माधव बराल पुरस्कृत भएका छन् । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसर पारेर प्रेस चौतारी, कास्कीले स्थापना एवं सञ्चालन गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार २०८०’ बाट बराल पुरस्कृत भएका हुन् ।उनलाई २२ हजार २ सय २२ रुपैयाँ नगद सहित सम्मान पत्र र दोसल्लाले नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले पुरस्कार अर्पण गरे । २०५९ सालबाट पत्रकारिता थालनी गरेका पोखरा २८ कालिकाका स्थायी बासिन्दा बरालले… पुरा पढौ

शहीदको सम्झना कवितामा ।

१६ माघ पोखराआज शहीदहरुको सम्झनामा पोखराका साहित्यकारहरुले कविता बाचन गरि शहीद दिवस मनाए ।गीताञ्जली साहित्य परिवार पोखराको आयोजनामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश सभासद विन्दु पौडेल रहेकी थिईन ।आफ्नो रुची पनि साहित्य र आध्यात्मीक क्षेत्रमा भएको बताउदै प्रदेश सभासद विन्दु पौडेलले शहीदहरुको बलिदानको राज्यले कदर गर्न नसकेको बताईन । पोखरा १७ स्थित शहीदचोमा रहेको शहीद पार्कमा कार्यक्रमको आयोजना गरिएको थियो ।कार्यक्रममा साहित्यकारहरुले नेपालको अहिलेको अवस्था हुनुमा शहीदहरुको योगदानको बिषयमा चर्चा परिचर्चा र शहीदको सम्झना कविता वाचन गरेका थिए… पुरा पढौ

दरबार हत्याकाण्डको छानविन हुन्छ : प्रधानमन्त्री

काठमाडौँ, १५ माघ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् । बाराको सिमरा विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले तत्कालीन राजा वीरेन्द्रको वंशविनाश हुनेगरी भएको दरबार हत्याकाण्डको अनुसन्धान हुने बताएको प्रधानमन्त्रीको सचिवालयद्वारा जानकारी दिइएको छ । प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिएको स्पष्ट हुँदाहुँदै पनि यस व्यवस्थाका विरुद्ध उभिने र षड्यन्त्रूर्ण गतिविधि गर्ने  काम भएको भन्दै यस्तो अधिकार कसैलाई नभएको स्पष्ट पारे । पुरा पढौ

१८औ राष्ट्रिय स्वयमसेवी रक्तदाता दिवस पोखरामा भव्यताका साथ मनाईयो ।

१५ माघ,पोखरा“दान गरिएको रगतको प्रत्येक थोपामा जिवन बगेको हुन्छ, रक्तदान नै जिवन दान हो ” भन्ने भावनाले स्थापित नेपाल स्वयंसेवी रक्तदाता समाजको १८ औ राष्ट्रिय स्वयमसेवी रक्तदाता दिवस पोखरमा भव्यताका साथ मनाईयो ।प्रत्येक स्वस्थ्य युवाले आफ्नो १८ आंै जन्म दिन देखि रत्तदानको सुभारम्भ गरेर आफु पनि स्वथ्य रहौं र अरुलाई पनि जिवन दान दिउं भन्ने मुल मन्त्र मानेर मानव सेवामा सर्मपित नेपाल स्वयंसेवी रक्तदाता समाजले आफ्नो स्थापना दिवस हरेक बर्ष बिभिन्न कार्यक्रम गरि मनाउदै आईरहेको छ ।दिनहुं हजारौको संख्यामा नेपाली… पुरा पढौ

३७बर्षमा ३८ पटक रक्तदान ।

११ माघ,पोखरारक्तदान नै जिवन दान हो प्रत्येक स्वस्थ्य युवाले आफ्नो १८ आंै जन्म दिनमा रत्तदानको सुभारम्भ गरि मनाउं भन्ने मुल मन्त्रले स्थापित नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले रक्तदान कार्यक्रम सम्पन्न ग¥यो ।गरिएको नेपाल स्वयंसेवी रक्तदाता समाजले दुर्लभ रगत देखि अत्यावश्यक रगतको प्रवन्ध मिलाउदै आएको छ । यो एक स्वयंसेवी संस्था हो जस्ले आपत बिपतका बेलामा समाजका हरेक समुदाय लाई सहयोग पुरयाउदै आएको छ ।आफ्नो ३६ औ जन्मोत्सवको अवसरमा ३७ औ पटक रक्तदान गरी जन्मदिन मनाउन पाउदा आफैलाई आत्म सन्तुष्टी मिलेको… पुरा पढौ

सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिइने

१० माघ काठमाडौँ ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी भइरहेको बताएका छन् । पार्टीको केन्द्रीय स्कुल विभागद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा मन्त्री ज्वालाले जनतालाई सहजरुपमा सेवा उपलब्ध गराउन अनुमतिपत्र छाप्ने अधिकार प्रदेशलाई दिन लागिएको बताए । सवारी चालक अनुमतिपत्रका लागि रकम भुक्तानी र आवेदन अनलाइनमार्फत भर्न सकिने बताए । केही दिनअघि प्रदेशका सम्बन्धित मन्त्री र सचिवसँग बसेर यसका बारेमा छलफल गरेको बताउदै मन्त्री ज्वालाले अब सवारी चालक अनुमतिपत्रलाई प्रदेशस्तरीय बनाउनु पर्ने… पुरा पढौ

आहा रारा पोखरा गोल्डकपमा थ्रीस्टारले ग¥यो बिजयी सुरुवात ।

९ माघ पोखरा ।उपाधि दाबेदार थ्रीस्टार क्लबले तेइसौँ आहा रारा पोखरा गोल्डकपमा विजयी सुरुआत गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा थ्रीस्टारले आयोजक सहारा क्लवलाई २–१ गोलले पाखा लगाएको हो । यो जीतसँगै थ्रीस्टार आन्तिम आठमा प्रवेश गरेको छ । थ्रीस्टारले सेमीफाइनल प्रवेशका लागि शनिबार भुटानको पारो फुटवल क्लबको सामना गर्नेछ । खेलमा थ्रीस्टारलाई विजयी गराउन योगेश गुरुङ र एञ्जल महर्जनले निर्णायक भूमिका निर्वाह गरे । टिम कप्तानसमेत रहेका योगेश गुरुङले खेल सुरु भएको पाचौँ मिनेटमै गोल गरेर थ्रीस्टारलाई अग्रता दिलाएका… पुरा पढौ

सेती नदीमा पर्यटकीय गन्तब्य बनाउन महानगरको साथ रहने – मेयर आचार्य,लक्ष्य हाँसिल गर्दै सकियो बाह्रौं पोखरा महोत्सव

८ माघ २०८०, सोमबार पोखरा । बाह्रौं पोखरा महोत्सवको समापन समारोहमा बोल्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अघिल्लो वर्ष पोखरा महोत्सव सञ्चालन भईरहदा माघ १ गते पोखराको सेती खोँचमा यती एयरलायन्सको जहाज दुुर्घटनालाई स्मरण गर्दै महानगरले उक्त क्षेत्रमा स्मृति स्तम्भ निर्माण गसिकेको र उक्त ठाउमा पोखरा महानगरले जहाज दुर्घटना स्थललाई पर्यटकीय गन्तब्य बनाउने गरि झोलुंगेपुल निर्माण गर्ने र उक्त काममा यूनाइटेड क्लब संग सहकार्य गर्ने कुामा महानगरको साथ रहने बताए ।महानगरले जहाज दुर्घटना भएको क्षेत्र पोखरा १५ र १७ को… पुरा पढौ

आहा रारा पोखरा गोल्डकपको तयारी पुरा ।

माघ ७ पोखरा ।मोफसलको सर्वाधिक लोकप्रिय आहा रारा पोखरा गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । सहारा क्लव पोखराको आयोजनामा यहि माघ ९ गतेदेखि २० गतेसम्म हुने आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करणको तयारी अन्तिम चरणमा पुगेको आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार आयोजक सहारा क्लव पोखरा र थ्रीस्टार क्लव भिड्ने भएका छन् । प्रतियोगिता अन्तर्गत माघ १० गते नेपाली सेनाको त्रिभूवन आर्मी क्लव बिरुद्ध राईजिङ स्टार फुटबल क्लव, माघ… पुरा पढौ