शहीदको सम्झना कवितामा ।

-


     तुलसी राम सुवेदी    
     माघ १६ गते २०८० मा प्रकाशित


१६ माघ पोखरा
आज शहीदहरुको सम्झनामा पोखराका साहित्यकारहरुले कविता बाचन गरि शहीद दिवस मनाए ।
गीताञ्जली साहित्य परिवार पोखराको आयोजनामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश सभासद विन्दु पौडेल रहेकी थिईन ।
आफ्नो रुची पनि साहित्य र आध्यात्मीक क्षेत्रमा भएको बताउदै प्रदेश सभासद विन्दु पौडेलले शहीदहरुको बलिदानको राज्यले कदर गर्न नसकेको बताईन ।


पोखरा १७ स्थित शहीदचोमा रहेको शहीद पार्कमा कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा साहित्यकारहरुले नेपालको अहिलेको अवस्था हुनुमा शहीदहरुको योगदानको बिषयमा चर्चा परिचर्चा र शहीदको सम्झना कविता वाचन गरेका थिए ।
शहीदको सम्झनामा साहित्यकारहरु शंकर ज्ञवाली,नेत्र बहादुर बानिया,ढुण्डीराज ज्ञवाली ,ईश्वरी चापागाई, बसन्त चालिसे , तुलसी राम सुवेदी ,बिष्णुमाया पराजुली,बिष्णु कार्की, शिवप्रसाद गौतम,नरेन्द्र रानाभाट, भानुभक्त भण्डारी ”क्षितिज” र वटुकहरु माधव खनाल,सुवास पौडेल लगायतले शहीदको सम्झनामा कविता वाचन गरेका थिए ।


त्यसैगरि विश्व हिन्दु महासंघ सास्कृतीक संयोजक माता उषा को समुहले सहिदको स्मृतीमा भजन प्रस्तुत गरेका थिए । साथै केदारेश्वर महादेव मणिसेवा आश्रमका बटुकहरुले स्वस्तिक पाठ गरेका थिए भने फुलवारी मन्टेश्वरीका बालबालिकाहरुले सहिदको सम्झनामा रचना प्रस्तुत गरेका थिए ।


त्यसै गरि डा.याम बहादुर पौडेलले शहिदहरुको योगदानका बारेमा चर्चा सहित कार्यक्रमको महत्वका बारेमा बताए ।
नवोदित बाल साहित्यकार देखि पोखराका बरिष्ठ साहित्यकारहरुले आ–आफ्नो रचना प्रस्तुत गर्ने थलोका रुपमा गीताञ्जली साहित्य परिवारले प्रत्येक महिनाको पहिलो सनिवार नियमित रुपमा कार्यक्रम आयोजना गर्ने गरिएको छ ।
गीताञ्जली साहित्य परिवार पोखराको आयोजनामा संचालन भएको कार्यक्रमलाई केदारेश्वर महादेव मणि सेवा आश्रम र विश्व हिन्दु महासंघ सांस्कृतीक समुह कास्कीको सहयोग रहेको थियो ।
संस्थाका अध्यक्ष भानु भण्डारी ”क्षितिज”को अध्यक्षतामा संचालित कार्यक्रमको संचालन सचिव नरेन्द्र रानाभाटले गरेका थिए ।