गीताञ्जली साहित्य परिवारको १५३ औ साधना प्रभात सम्पन्न ।

-


     तुलसी राम सुवेदी    
     माघ ६ गते २०८० मा प्रकाशित


६ माघ पोखरा
गीताञ्जली साहित्य परिवार पोखराले १५३ औ साधना प्रभात एवम नियमित रचना वाचन कार्यक्रम सम्पन्न ग¥यो ।
पोखरा १० स्थित गितामन्दिर परिसरमा रहेको संस्थाको सभाकक्षमा पोखराका  साहित्यकारहरुले आआफ्नो रचना बाचन गरेका थिए ।
नवोदित बाल साहित्यकार देखि पोखराका बरिष्ठ साहित्यकारहरुले आ–आफ्नो रचना प्रस्तुत गर्ने थलोका रुपमा गीताञ्जली साहित्य परिवारले प्रत्येक महिनाको पहिलो सनिवार नियमित रुपमा कार्यक्रम आयोजना गर्ने गरिएको संस्थाका अध्यक्ष भानुभक्त भण्डारी ”क्षितिज” ले बताए ।
कार्यक्रममा साहित्यकारहरुले देशको समसामयीक बिषयहरुको चित्रण देखि लिएर दुःख ,सुख र माया पिरतीका गुंथाहरु पस्केर कार्यक्रममा रौनकता थपेका थिए ।
त्यसै गरि साहित्यकारहरु छविलाल आचार्य, अल्पबिराम पोखरेली,लक्ष्मण थापा,धर्मराज पौडेल “अल्पायु”,लक्ष्मण आचार्य, तुलसीराम सुवेदी,नारायण बराल,ऋषिराम आचार्य,बिष्णु माया पराजुली,नगेन्द्र रानाभाट,ईश्वरी चापागाई,शिशिर ज्ञावली,हरिचन्द्र आचार्य,शिव प्रसाद गौतम, भानुभक्त भण्डारी ”क्षितिज” र बालसाहित्यकारहरु ईरिवा खतिवडा,अमिशा ज्ञावली लगायतले  रचना तथा नेपाली साहित्यका बारेमा आ–आप्ना धारणा प्रस्तुत गरेका थिए ।
त्यसै गरि बरिष्ठ टिप्पणीकार मदन भण्डारीले कार्यक्रमको सारको टिप्पणी गरेका थिए ।
संस्थाका अध्यक्ष भानुभक्त भण्डारी ”क्षितिज”को अध्यक्षतामा संचालित कार्यक्रमको संचालन सचिव नरेन्द्र रानाभाटले गरेका थिए