आजवाट पोखरा महोत्सव सुरु, पोखराबाट अन्तराष्ट्रिय उडान हुन नसक्नु दुखद कुरा – सभामुख घिमिरे

-


     केन्द्रीय आवाज    
     पौष २६ गते २०८० मा प्रकाशित


२६ पुष २०८०, बिहीबार

पोखरा । बाह्रौं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । यूनाइटेड क्लबको आयोजनामा बिहीबार देखि बाह्रौं संस्करणको पोखरा महोत्सव सुरु भएको हो । पोखराको अमरसिंह खेल मैदानमा सुरु भएको महोत्सवको प्रतिनिधि सभाका सभामुख देबराज घिमिरेले उद्घाटन गरेका थिए ।

महोत्सवको उदघाटन गर्दै सभामुख घिमिरेले पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान नहुनुको कारण पोखरेली जनताले थाहा पाउनुपर्ने वताएका छन । ठूलो लगानीमा विमानस्थल निर्माण भएको भएतापनि सञ्चालनको एक वर्ष पुगि सक्दा नि अन्तराष्ट्रिय उडान हुन नसक्नु दुखद कुरा भएको वताउदै अन्तराष्ट्रिय उडान हुन नसक्नुको कारण स्थानिय, प्रदेश र केन्द्र सरकारले पत्ता लगाइ पोखरेली जनतालाई जानकारी दिनुपर्ने वताए । के बाधा उत्पन्न भएर विमानस्थलबाट अन्तराष्ट्रिय उडान हुन नसकेको हो यसमा सरकारले जनतालाई जानकारी दिनुपर्ने उनको भनाइ रहेको थियो ।

त्यसैगरी सभामुख देवराज घिमिरे युनाइटेड क्लबको पहलकदमीमा निर्माणाधिन अवस्थामा रहेको पोखरा जुलोजिकल पार्कलाई गण्डकी प्रदेश सरकारले आफ्नो गौरवको योजनामा लिएर अगाडी वढिरहदा सो काम पनि छिटो सम्पन्न गरि पोखरामा खुल्ला चिडियाखाना सञ्चालन गर्न समेत गण्डकी प्रदेश सरकारलाई आग्रह गरे । सभामुख घिमिरेले महोत्सवको माध्यामबाट युवाहरुलाई देश बिकासमा लगाउन सकिन्छ भन्ने कुरा बताउदै घिमिरेले शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनको क्षेत्रमा गरेको काम प्रशंसनीय रहेको समेत वताए ।

सेती नदिलाई पर्यटन संग जोड्न स्थानिय, प्रदेश र केन्द्र सरकार लाग्नुपर्नेमा सभामुख घिमिरेको जोड रहेको थियो । हराउदै गएको रितिरिवाज र परम्पराहरुलाई महोत्सवले जगेर्ना गर्ने भन्दै पोखरा महोत्सवको सफलताको समेत कामना गरे ।
त्यसै गरि गण्डकीप्रदेश सभाका उपसभामुख बिना कुमारी थापाले युनाइटेड क्लवले राज्यको पहुच नपुगेको क्षेत्रमा सामजिक काम गरि जनतालाई सहयोग गरेको वताउदै महोत्सवकै माध्यामबाट यूनाइटेड क्लबले सामाजिक काम गरेर श्रहानिय काम गरेको वताइन ।
प्रतिनिधि सभा शिव नेपालीले आर्थिक चलायमानमा महोत्सवले सहयोग गर्ने वताउदै यूनाइटेड क्लवले महोत्सव मार्फत सामाजिक काममा अग्रसर रहेकोमा अन्य संघ संस्थाहरुले पनि यूनाइटेड क्लबको अनुसरण गर्नुपर्ने वताए ।गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का बिखर्र्चीले पोखरा महोत्सवले कला संस्कृति बचाउने वताउदै पोखरा महोत्सव सग सहकार्य गरेर प्रदेशको कला संस्कृतिको संरक्षणमा लाग्ने समेत वताए । त्यस्तै गण्डकी प्रदेश सभा सदस्य भिम कार्कीले राज्यले गर्नुपर्ने काम युनाइटेड क्लवले गरेको वताउदै पोखरा महोत्सवको आयोजना गरी सामाजिक उत्तरदायित्व संगै व्यापार व्यवशायलाई समेत प्रवद्र्धन गरेको वताए ।

गण्डकी प्रदेशका प्रदेश सभा सदस्य वेद वहादुर गुरुङले पोखरा महोत्सवले महोत्सवहरुका बीचमा पनि छुट्टै पहिचान वनाउन सफल भएको वताए । कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले महोत्सव विशेष उद्देश्यका साथ आयोजना हुने र पोखरा महोत्सवको पनि आफ्नै उद्देश्य रहेकाले महोत्सव मार्फत विभिन्न जनचेतनामुलक क्रियाकलापहरु समेत संप्रेषण गर्नुपर्नेमा जोड दिए ।

पोखरा महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष सन्तोष बास्तोलाले युनाइटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काम मार्फत उत्कृष्ट काम गरेको र आफ्नो वडाले समेत सहकार्य गर्न पाउदा खुसी लागेको वताए । त्यस्तै अमरसिंह मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण कोइरालाले पोखरा महोत्सव आफैमा ब्राण्ड बनिसकेको वताउदै पोखरा महोत्सव संग सहकार्य गरी सामाजिक सेवामा सहकार्य गर्न पाउदा गौरवान्वित भएको वताए ।यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिएभने क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले महोत्सवको उद्देश्यमाथी प्रकाश पारेका थिए ।

यसअघि पोखरा रंगशाला गेटबाट शुरु भएको झांकी रयालीमा रयाली तर्फ ब्रह्मकुमारी इश्वरी विश्वविद्यालय प्रथम, नेपाल मगर संघ माटेपानी द्धितिय, जनप्रिय तमु समाज तथा वातावरण समाज सुधार तृतिय र स्यानी मजुवा आमा समुह र बुद्धचोक महिला समुहले शान्तवना स्थान हासिल गर्न सफल भए ।त्यस्तै झांकी तर्फ डढुवा दुर्छा लम्जुङ पोखरा तमु समाज प्रथम, नेपाल मगर संघ रामबजार द्धितिय, तामाङ बौद्ध समाज तृतिय र सिद्धेश्वर भजन मण्डली र रामबजार ताया मचाया समितिले शान्वना स्थान हासिल गरे । झांकी तथा रयाली ३ सय वढी संघ संस्थाको सहभागीता रहेको थियो ।महोत्सवमा बिहीबार लोक दोहोरी तर्फ जीवन दाहाल, शिवहरी ढुंगाना, गगन गुरुङ, लक्ष्मी नेपाली, सरिता सारु मगर लगायतको प्रस्तुती रहेको थियोभने साँझको लाइभब्याण्ड तर्फ दृश्य र ट्रयाङ्क्युलको प्रस्तुती रहेको थियो ।

महोत्सवमा शुक्रबार लोक दोहोरी तर्फ पशुपति शर्मा, जीवन दाहाल, शिवहरी ढुंगाना, केशव सापकोटा, सुरेशरमन अधिकारी, सन्तोष सुवेदी, ज्योती लोहोनी, पुजा तामाङ, शान्ता बर्देवा लगायतको प्रस्तुती रहने भने सांझको लाइभ ब्याण्ड तर्फ स्थानिय ब्याण्डहरु ब्ल्याक फेदर प्रोभर्वस ब्ल्याक ओको प्रूस्त्ुती रहने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।