
११ माघ,पोखरा
रक्तदान नै जिवन दान हो प्रत्येक स्वस्थ्य युवाले आफ्नो १८ आंै जन्म दिनमा रत्तदानको सुभारम्भ गरि मनाउं भन्ने मुल मन्त्रले स्थापित नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले रक्तदान कार्यक्रम सम्पन्न ग¥यो ।
गरिएको नेपाल स्वयंसेवी रक्तदाता समाजले दुर्लभ रगत देखि अत्यावश्यक रगतको प्रवन्ध मिलाउदै आएको छ । यो एक स्वयंसेवी संस्था हो जस्ले आपत बिपतका बेलामा समाजका हरेक समुदाय लाई सहयोग पुरयाउदै आएको छ ।
आफ्नो ३६ औ जन्मोत्सवको अवसरमा ३७ औ पटक रक्तदान गरी जन्मदिन मनाउन पाउदा आफैलाई आत्म सन्तुष्टी मिलेको संस्थाका अध्यक्ष दिपेन्द्र अधिकारीले बताए ।

पोखरा महानगरपालिका वडा नं १० का अडाअध्यक्ष राजेश गुरुड.को प्रमुख आतिथ्यतामा संचालन भएको रक्तदान कार्यक्रममा २८ युनिट रगत संकलन भएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी गण्डकी प्रदेशका अध्यक्ष सुर्य प्रसाद ढकाल,नेपाल औषधी ब्यवसायी संघ कास्कीका महासचिव अमृत थापा, गिताशान्ति मार्ग टोल बिकास संस्थाका अध्यक्ष बिष्णु शर्मा , रक्त संचार केन्द्रका पोखरा का प्रमुख अर्जुन ज्ञावली, लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रम संचालन हिरामणि भुषाल्ले संचालन गरेको कार्यक्रमा अध्यक्षता संस्थाका अध्यक्ष दिपेन्द्र अधिकारीले गरेका थिए ।
प्रादेशिक रक्तसंचार केन्द्रको प्राबिधीक सहयोगमा संचालन भएको कार्यक्रमको सहयोगी संस्था का रुपमा परिर्वतनका पाईला ईन्भेष्टमेन्ट प्रा.लि रहेको थियो ।
साथै कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष तथा रक्तदाता सम्राट प्रेमसागर कर्माचार्य द्धारा रचित गितको समेत लोर्कापण गरिएको थियो ।






