
६ भाद्र पोखरा
बिगत लामो समय देखि पत्रकारिता गर्दै आएका पोखराका साहित्यकार तुलसीराम सुवेदीको रचना तथा सम्पादनमा तयार पारिएको नयाँ सांगीतिक प्रस्तुति ’प्रेमको रांको’ सार्वजनिक भएको छ ।
गीतको बाल साहित्यकार सात्वीक सुवेदीले स्रष्टा सुवेदीको युटुव च्यानल फेसन मिडियाबाट अपलोड गरि सार्वजनिक गरेका हुन । यस गीतमा रोमान्टीक प्रेमभाव प्रस्तुत गरिएको छ । आधुनिक र पप संगितको रोमान्टीक मिश्रणले गित आर्कषक बनेको र सबै दर्शकको मन जित्ने आशा लिएको सर्जक सुवेदीले बताए ।
सर्जक तुलसीराम सुवेदी कै निर्देशनमा जापानका बिभिन्न सहरका पर्यटकीय स्थलहरुको प्राकृतिक परिवेशलाई समेटेर तयार पारिएको भिडियो गितमा समावेश गरिएको छ ।
गित युटुब च्यानलसहित विभिन्न डिजिटल प्लेटफर्महरूमार्फत दर्शक तथा श्रोतासामु पुगेको छ ।





