राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढ्दै

-


     केन्द्रीय आवाज    
     असार ३० गते २०८२ मा प्रकाशित


उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह सङ्घीय संसद भवन नयाँ बानेश्वरमा आज बसेको प्रतिनिधिसभा बैठकमा सहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरुको जवाफ दिनुहुँदै । तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौँ, असार ३०
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशभरका बस्तीहरूलाई व्यवस्थित रूपमा विकास गर्न राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको बताएका छन ्। प्रतिनिधिसभामा उनले ७५३ वटै स्थानीय तहमा पूर्वाधार निर्माणमा लगानी विस्तार गरिने जानकारी दिए ।
बञ्चरेडाँडामा ल्यान्डफिल साइट निर्माण जारी रहेको र अन्य शहरहरूमा पनि फोहोर व्यवस्थापन पूर्वाधार बनिरहेको उनले बताए ।
सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत ७४ जिल्लामा २ लाखभन्दा बढी घर निर्माण स्वीकृत भएको र कोहलपुरमा सिटी हल निर्माणको डिजाइन सम्पन्न भइसकेको पनि मन्त्री सिंहले जानकारी गराए।