
२६ चैत्र पोखरा,
बुधबार साझ पोखराको मुख्य बजार सभागृह नजिक एक महिला (युवती) को विभत्स तरिकाले हत्या भएको छ । बुधबार बेलुका ७ को समयमा एक अपरिचित युवकले ति महिलाको टाउकोको पछाडिबाट हतियार प्रहार गरेको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन् ।
आक्रमण बाट गम्भीर घाइते भएकी ति महिला पोखरा ५ जिरो किमी नजिक घर भएका स्व, कृष्ण केसीकी श्रीमती ४२ वर्षीया सिर्जना पौडेल केसी रहेको स्थानीयले जानकारी दिए । उनि पछिल्लो समय पोखरा महानगरपालिकाको फेवाताल किनारा सेदीमा घर बनाएर बस्दै आएकी थिईन ।
मृतक सिर्जना स्थानीय मासु एबम रेस्टुरेन्ट ब्यबसायी स्व. कृष्ण केसी (खसी कृष्णको नामले परिचित) पहिलो श्रीमतीको मृत्यु भएपछी उनले दोश्रो श्रीमतीको रुपमा तनहुँ माइती भएकी सृजनालाई भित्र्याएका थिए । तर, दोश्रो श्री।मती ल्याएपछि परिवारमा बेमेल भएपछी उनले कान्छी श्रीमतीलाई सेदी नजिक घर जग्गाको बन्दोबस्त गरेर राखेको बुझिएको छ ।
यता जेठी श्रीमतीको छोरापनि लागु औषध मुद्दामा हाल कारागारमा जेल सजायं भोगिरहेका छन भने जिरो किमीस्थित घरमा स्व. कृष्णका बुवा आमा मात्र रहेको जनाइएको छ । कान्छी श्रीमतीको रुपमा रहेकी सिर्जनाको ३÷४ बर्षकी छोरी रहेको बुझिएको छ।
बुधबार बजारमा आएकी सिर्जनाले स्थानीय पसलबाट केहि सामन किनेर पोखरा महानगरपालिका – ८, सहभागृहचोक देखि शिवालयचोक तर्फ जाने सडकको दायाँतर्फ सडकपेटीमा उभिरहेको बेला उनी माथि एक्कासी हतियार प्रहार गरिएको थियो।
हतियार प्रहार गरेपछि ति युवक दुई पांग्रे सवारी साधन चढेर भागेको बताइएको छ । हतियारको आक्रमण बाट गम्भीर घाइते भएकी ति महिला घटनास्थलमा चिच्याउदै गर्दा स्थानीय बासिन्दाको ठुलो भिड घटनास्थलमा जम्मा भएको थियो।
एकजना प्रत्यक्षदर्शीले भने, ‘ती युवती उभिरहेको बखत पछाडिबाट एक्कासि हानेर भागेको देखेँ । प्रहारबाट उनी चिच्चाउँदै ढलिन् । हान्ने युवक मोटरसाइकल हो कि स्कुटर ठम्याउन सकिनँ, चढेर तलतिर (शिवालयचोकतर्फ) भाग्यो ।’
घटना लगत्तै त्यहाँ पुगेको प्रहरीले स्थानीयको सहयोगमा सडकमा ढलिरहेकी युवतीको उद्द्वार गरेर अस्पतालमा लागेको भएपनि डाक्टरले उनको मृत्यु भैसकेको बताएको कास्कीका प्रहरी नयां उपरिक्षक एबम सूचना अधिकारी हरीबहादुर बस्नेतले जानकारी दिए ।
प्रहरीले उक्त स्थान घेराबन्दी गरी घटनास्थल मुचुल्का विवरण संकलन गरेर घाइते युवतीलाई अस्पताल पठाएको थियो । डिएसपी बस्नेतले घटनामा हत्याकाण्डमा संलग्नको खोजी भइरहेको बताए ।






