राजेश सुवेदीको “अभिसार” कृति लोकार्पण

-


     केन्द्रीय आवाज    
     वैशाख २२ गते २०८२ मा प्रकाशित


२२ बैशाख, कोरिया
दक्षिण कोरियामा रहेर नेपाली साहित्य सृजना गरिरहेका राजेश सुवेदीको उपन्यास अभिसार २०२५ मे ४ तारिखका दिन दक्षिण कोरियाको सुवन शहरमा लोकार्पण सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज दक्षिण कोरिया र मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा अनेसास एसिया कमिटी महासचिव ह्यारी बोन्डको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाका अध्यक्ष निर्दोष शिवको अध्यक्षता आयोजना गरिएको कार्यक्रमको विशेष अतिथि साहित्यकार आर एन अधिकारी रहेका थिए । साथै उपन्यासको टिप्पणीकार रहेका अधिकारीले उपन्यासको विविध आयमहरुसंगै उपन्यासको संरचनागत, भाषिक, सामाजिक, मनोबैज्ञानिक र दार्शनिक पक्षहरु बारे बिश्लेषण गरेका थिए ।
यसैगरी कार्यक्रममा उपस्थित अतिथिहरुमा साहित्यकार मोहन कार्की, कोरियन साहित्यकारहरु मुन छाङ गील, Eunju jung, कास्की परिवार दक्षिण कोरियाका अध्यक्ष सन्तोष पौडेल, सनातन साहित्य संगित साधना समूह दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष महेन्द्र सापकोटा लगाएत विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थिती थियो । उरी हिमालयन रेष्टुरेन्टको सभाहलमा सम्पन्न कार्यक्रममा पुस्तक लोकार्पण संगसंगै रचनावाचन तर्फ कवि सरोज सर्वहाराले कविता, रोदुङ यायावरले मुक्तक तथा कमल नेपाल घैंटे ले गजल प्रस्तुत गरेका थिए ।
नेपाल मुक्तक प्रतिष्ठान कोरियाका महासचिव आर पि सि संगमले सञ्चालन गरेको कार्यक्रममा अनेसास कोरियाका सचिव विजयता भण्डारीले स्वागत मन्तव्य राखेकी थिईन । प्रवासको बसाइ र कार्यव्यस्तताको बाबजुद उपन्यास प्रकाशन मार्फत नेपाली साहित्यको विकाशमा सहयोग गरेकोले आयोजक संस्थाहरुद्वारा लेखक सुबेदीलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियोे । साथै कोरियन कवि मुन छाङ गील, Eunju jung ले लेखक सुवेदीलाई बधाई दिँदै कृतिसफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा अनेसास कोरियाका वरिष्ठ उपाध्यक्ष रामचन्द्र शर्मा तथा मुक्तक प्रतिष्ठान कोरियाका वरिष्ठ उपाध्यक्ष दिपक राजले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै लेखक सुवेदीलाई सफल साहित्ययात्राको शुभकामना दिएका थिए । इन्डीगो इंक प्रकाशनद्वारा प्रकाशित उपन्यास सुवेदीको पहिलो कृति हो ।