
Talim
१९ बैशाख, पोखरा
पोखराको प्रतिष्ठीत ब्यवसायीक संस्थाको रुपमा रहेको पोखराफोटोग्राफर संघले आफ्ना सदस्यहरुका लागि १६० घण्टे भिडियो ईडिटिड. तालिम सुरु गरेको छ ।
पोखरा महानगरपालिका ब्यवसाय पर्बद्धन केन्द्रको सहयोगमा कार्यक्रम संचालन गरिएको हो । संस्था साझेदारी कार्यक्रम अन्र्तगत आयोजित कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका व्यवसाय पर्बद्धन केन्द्र का प्रमुख नवराज अधिकारी ले गरेका थिए ।
देशका जनशक्ति बिदेश पलायन भैरहेको अवस्थामा पोखरा फोटोग्राफर संघले फोटोग्राफी सम्बन्धी तालिमको अवधारणा ल्याउनु निकै श्रहानीय भएको बताउदै देशमा दक्षजनशक्ति उत्पादन गर्ने कुरामा पोखरा महानगरपालिका सधै सकरात्मक रहेको बताउदै यस किसिमका राम्रा कामहरुमा सधै महानगपालिकाको साथ र सर्पोट रहने बताए ।
कार्यक्रममा तालिमका सहभागी घनश्याम पौडेल, संस्थाका सल्लाहकार रविनाथ दाहाल, फोटोग्राफर संघ गण्डकीका बरिष्ठ उपाध्यक्ष तुलसी राम सुवेदी ,नेपाल फोटोग्राफर महासंघ नेपालका उपाध्यक्ष दुर्गा प्रसाद पौडेल, कैलाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खडानन्द अधिकारी लगायतले आआफ्नो शुभकामना मन्तब्य राखेका थिए ।
संस्थाका अध्यक्ष भक्त बहादुर तामाड.को अध्यक्षतामा संचालित कार्यक्रम संस्थाका सचिव लक्ष्मी पति पौडेलले संचालन गरेका थिए भने संस्थाकी उपाध्यक्ष तथा कार्यक्रम संयोजक नन्दकला पौडेलले उपस्थित सवैलाई संस्थाको तर्फबाट स्वागत सहित कार्यक्रमको औचित्यका बारेमा प्रकास पारेकी थिईन । तालिम बेसिक र एडभान्स गरि दुई चरणमा संचालन हुने जनाईएको छ । बेसिक बैशाख १९ देखि संचालन भयो भने एडभान्स जेष्ठ दुई गते देखि संचालन गरिने संस्थाका अध्यक्ष भक्त बहादुर तामाड.ले बताए ।




