पत्रकार महासंघ गण्डकीको अध्यक्षमा रमेश पौडेल विजयी

-


     केन्द्रीय आवाज    
     मंसिर २९ गते २०८१ मा प्रकाशित


मंसिर २९ पोखरा
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा रमेश पौडेल विजयी भएका छन् ।
उनले ४०१ मत प्राप्त गरि बिजयी बनेका हुन । उनका प्रतिस्पर्धी महासंघ गण्डकीका निवर्तमान महासचिव गोविन्द प्रसाद सुवेदीले १७८ मत प्राप्त गरे । पौडेल नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष हुन ।
त्यसै गरि उपाध्यक्ष पदमा ४०२ मत प्रकाश पौडेल विजयी भए । उनका प्रतिस्पर्धी एवं महासंघ गण्डकीका निवर्तमान सचिव यदुनाथ बन्जराले १६४ मत प्राप्त गरे ।
यता, महिला उपाध्यक्षमा मायाकुमारी अधिकारी ४०९ मतका साथ विजयी हुँदा प्रतिस्पर्धी कमला खत्री केसीले १४५ मत प्राप्त गरिन् ।
महासचिवमा जमुना वर्षा शर्मा विजयी भएकी छन् । उनी महासंघ कास्कीकी निवर्तमान उपाध्यक्ष हुन् । उनले ३४७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी दीपक परियार २३१ मत प्राप्त गरे ।
सचिवमा भविश्वर पाण्डे ३७८ मतका साथ विजयी हुँदा ताराप्रसाद शर्माले १७१ मत प्राप्त गरे ।
त्यसैगरि सचिव (समाबेशी) मा रोशनी गुरुङले ४२० मत प्राप्त गरी विजयी हुँदा रामबहादुर घले परियारले १४५ मत प्राप्त गरे भने कोषाध्यक्षमा रमेश बस्ताकोटीले ३५२ मत प्राप्त गरी विजयी हुँदा सागरराज तिमिल्सिनाले २०७ मत प्राप्त गरेका छन् ।