
मंसिर २६ पोखरा
नेपाल पत्रकार महासंघ कास्कीको नयाँ नेतृत्वका लागि प्रेस चौतारी कास्की र प्रेस युनियन कास्कीबाट साझा उम्मेदवारका रुपमा माधव बरालको नेतृत्व र प्रेस सेन्टर र समाजवादी पत्रकार संगठनका तर्फबाट राजेन्द्र अधिकारीको नेतृत्वमा प्यानल नै चुनावमा होमिएको छ । अन्य सबै पदहरुमा दुई प्यानलबाट उम्मेदवारी दर्ता भएको छ ।
पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष अग्रज पत्रकार पुण्य पौडेलको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ ।
नेपाल पत्रकार महासंघ, कास्कीको कार्यसमिति सदस्य पदमा पुनम थापा मगर निर्विरोध चयन भएकी छन् ।
उक्त पदमा पुनम विरुद्ध अरु कसैले उम्मेदवारी नदिएपछि पुनम निर्विरोध चुनिएकी हुन् । यस्तै, सदस्य (अन्य समावेशी) तर्फ सूर्य परियार पनि निर्विरोध चुनिएका छन् ।
दुवै जना प्रेस चौतारी र प्रेस यूनियन तर्फका उम्मेदवार हुन् । यद्यपी,े आधिकारिक घोषणा हु्न बाकी नै छ । ।
पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष अग्रज पत्रकार पुण्य पौडेलको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ ।
पत्रकार महासंघ कास्कीको नयाँ नेतृत्वका लागि निम्न उम्मेद्वार मैदानमा छन्







